• २८ चैत २०८२, शनिबार

इरानमा फसेका ३१२ जना भारतीय माझी स्वदेश फिर्ता : विदेश मन्त्री

blog

नयाँ दिल्ली, चैत २८ गते । इरानमा फसेका ३१२ जना भारतीय माझीलाई इरानबाट आर्मेनिया हुँदै सुरक्षितरूपमा स्वदेश फिर्ता गरेको विदेश मन्त्री एस जयशंकरले शनिबार बताउनु भएको छ । उहाँले सुरक्षित निकासी सम्भव बनाउन सहजिकरण गरेकोमा आर्मेनियाली अधिकारीलाई धन्यवाद दिनु भएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत जयशंकरले जानकारी सार्वजनिक गर्नु भएको हो । यसअघि अप्रिल-४ मा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले विदेश मन्त्रालय (एमइए) को कूटनीतिक प्रयास पछि आर्मेनिया हुँदै इरानबाट स्वदेश फर्के पछि चेन्नईमा भारतीय माझीलाई स्वागत गर्नु भएको थियो । 

पत्रकारसँग कुरा गर्दै पियुष गोयलले पश्चिम एसियामा चलिरहेको द्वन्द्वको बिचमा इरानमा फसेका माझीका परिवारका लागि माझिको फिर्ती खुशीको अवसर भएको बताउनु भएको छ । अप्रिल-२ मा, विदेश मन्त्रालयले एक हजार २०० भन्दा बढी भारतीय नागरिकलाई इरानबाट सुरक्षितरूपमा स्थानान्त्रण गरिएको जनाइएको छ जसमध्ये ९९६ जनालाई आर्मेनिया सारिएकालाई विदेश मन्त्रालयले सहयोग गरिरहेको बताइएको छ । रासस/एएनआई