सडक निर्माणको माग गर्दै चक्काजाम
सप्तरीको भारदह-हनुमाननगर राजविराज सडक खण्ड अन्तर्गत तिलाठी कोइलाडी-७, मंसापुर सडक खण्डमा स्थानीयले बिहानैदेखि चक्काजाम गरेका छन् ।
भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आइतबार टोकियोले राष्ट्रपति डोनाल्ड ट्रम्पको जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्कीलाई टार्न खोजिरहेको छ भन्दै वासिङ्टनसँग वार्तामा ‘सजिलै सम्झौता’ नगर्ने बताउनुभएको छ ।
नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना
नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा हिमाली जिल्ला रसुवाको पुरानो एक विद्यालयले सुविधासम्पन्न भवन पाउने भएको छ ।
देखेको हैदराबाद, भोगेको नेपाल
भारतको दक्षिण–मध्यभागमा अवस्थित तेलङ्गना राज्य सन् २०१४ जुन २ मा जन्मिएको हो । त्यहाँका २९ मध्ये कान्छो यस प्रदेशले स्थापनाको छोटो समयमै हासिल गरेको विकास र त्यसको गति धेरैका लागि प्रेरणाको विषय बनेको छ ।
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गु रोगको सङ्क्रमण फैलिइसकेको छ । महाशाखाले यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी सङ्क्रण हुने चेतावनीसहित सतर्कताका लागि अनुरोध गरिरहेको छ ।
खानेपानी पुगेपछि स्थानीय हर्षित
बाजुराको त्रिवेणी नगरपालिका वडा–२ चौसालबासीको घरको आँगनमै खानेपानी पुगेपछि यहाँका स्थानीयबासी हर्षित भएका छन् ।
प्रमुख पदमा नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि
यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनदेखि वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका हुन् ।
टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँ : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताउनुभएको छ ।
मुक्तिक्षेत्रमा रहेको माटोका घरको तथ्याङ्क लिइँदै
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले भारी वर्षा हुन थालेपछि माटोको घरको तथ्याङ्क सङ्कलन सुरू गरेको छ । जलवायु परिवर्तनका कारण वर्षाका कारण माटो र ढुंगाले बनेको घरहरूको छाना चुहिने, जिर्ण घरहरू भत्किन थालेपछि बस्तीमा पुगेर जोखिमपूर्ण घरको पहिचान गर्न थालिएको हो ।
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
मादमे खोला जलविद्युत् आयोजनाको ३० लाखको सहयोग एवं मादी गाउँपालिका-१ र स्थानीय सरोकार भएका समितिको सहकार्यमा पदमार्गको स्तरोन्नति अघि बढाइएको हो ।
त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु
कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ ।
एसइई उत्तीर्ण १२९ विद्यार्थीलाई गाउँपालिकाद्वारा साइकल उपहार
रूपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सामुदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई साइकल उपहार प्रदान गरेको छ ।
चिकित्सकद्वारा कार्यस्थलमा एक घण्टा धर्ना
आइतबार चिकित्सकहरूले आ–आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिएका छन् । नेपाल चिकित्सक सङ्घले उपभोक्ता अदालतको निर्णयको विषयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनको घोषण गरेको थियो ।
धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिनुभएको हो ।
तीन गाउँपालिकाका नौ वडामा टेलिफोन सेवा अवरुद्ध
जिल्लाका तीन वटा गाउँपालिकाका नौ वटा वडामा टेलिफेन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकाका ती वडाहरुका बस्तीमा टेलिफोन सेवा अवरुद्ध भए पछि समस्या भएको छ ।
ब्रिक्स राष्ट्रहरूद्वारा ट्रम्पको करमाथि ‘गम्भीर चिन्ता’ व्यक्त
आइतबार रियो डि जेनेरियोमा हुने ब्रिक्स नेताहरूको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अन्धाधुन्ध’ व्यापार शुल्कलाई अवैध र विश्वव्यापी अर्थतन्त्रलाई नोक्सान पुर्याउने जोखिम रहेको भन्दै निन्दा गर्ने अपेक्षा गरिएको छ ।
सामुदायिक वनमा सामूहिक जडीबुटी खेती
तनहुँको देवघाट–५ को तीन सामुदायिक वन उपभोक्ता समितिले जडीबुटी खेती सुरु गरेका छन् । मधुवन, चक्रवर्ती र रानीवन समूहले सुरु गरेका हुन् ।
सोटो नेपालको नयाँ कार्यसमिति चयन
नेपालका ट्राभल तथा टुर अपरेटरहरूको साझा संस्था सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोटो) नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । फारवेस्ट ट्राभल एन्ड टुर्स प्रालिका सञ्चालक तथा सुदूरपश्चिमका पर्यटन व्यवसायी मानबहादुर शाहीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।
ताप्लेजुङको सिस्नेखोलामा बेलिब्रिज जडान कार्य सुरु
ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका जोड्ने सिस्नेखोलामा बेलिब्रिज जडान कार्य सुरु भएको छ । अबको बढीमा चार दिन भित्रमा निर्माण कार्य पूरा हुने गरी बेलिब्रिज जडान कार्य सुरु भएको हो ।
ओखलढुङ्गामा सम्बन्धविच्छेदका १४४ मुद्दा
ओखलढुङ्गामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा १४४ वटा सम्बन्धविच्छेदका मुद्दा ओखलढुङ्गा जिल्ला अदालतमा दर्ता भएका छन् ।
उत्कृष्ट नतिजा ल्याउने ८७ विद्यार्थी सम्मानित
रामपुर नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालय सम्मानित भएको छ । उत्कृष्ट जिपिएसहित उत्तीर्ण ८७ जना विद्यार्थी र १२ विद्यालयलाई नगरपालिकाले सम्मान गरेको हो ।
क्यापिटल क्विन नेपाल–२०२५ को ताज करुणालाई
राजधानी निवासी महिलाहरुको सौन्दर्य प्रतियोगिता क्यापिटल क्विन नेपाल २०२५ को ताज करुणा भुजेल श्रेष्ठले प्राप्त गर्नुभएको छ ।
बाँकेमा छोराद्वारा बाबुको हत्या
बाँकेको बैजनाथ गाउँपालिकामा छोराले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । बैजनाथ गाउँपालिका–२ मकैवारी निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको शनिबार राति हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
पर्साको ठोरी साक्षर गाउँपालिका घोषणा
ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । “हाम्रो अथक मिहिनेत र प्रयासकै कारणले जिल्लाकै पहिलो साक्षर पालिका हुन पाएका छौँ”, ठोरीका गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भन्नुभयोे, “यो गौरवको विषय हो ।