भारतीय पर्यटकलाई भारु सुविधा : नीतिमा राहत, सीमामा सास्ती
केही दिन अघि अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले विराटनगरमा आयोजित एउटा कार्यक्रममा भारतीय पर्यटकलाई आकर्षित गर्न ५ हजार डलर बराबर हुने भारतीय मुद्रा लिएर नेपाल आउन कुनै समस्या नरहेको सुनाउँदा व्यवसायीहरु उत्साहित बने ।
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
गाजाको नागरिक रक्षा तथा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा परी सात जनाको मृत्यु भएको बताएको छ । अल–बुरेज शरणार्थी शिविरमा रहेको प्रहरी चौकी नजिकै इजरायलले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।
अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचनापछि बेलायतले चागोस टापुहरू मौरिटियसलाई फिर्ता गर्ने आफ्नो बहुप्रतीक्षित योजना स्थगित गरेको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण डिएगो गार्सियास्थित संयुक्त अमेरिका-बेलायत सैन्य अड्डाको भविष्यलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय चासोबिच लन्डनले यस्तो निर्णय लिएको हो ।
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनुभएको छ ।
जेनजी घाइतेलाई निःशुल्क एमबिबिएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबिएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्रष्ट पारेको छ ।
राइजिङ नेपालको निमित्त प्रधान सम्पादकमा लम्साल
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दी राइजिङ नेपालको निमित्त प्रधान सम्पादकमा पत्रकार रमेशकुमार लम्साल नियुक्त हुनुभएको छ ।
कम्युनिस्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ : महासचिव पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कम्युनिस्ट आन्दोलनलाई पुनःजागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताउनुभएको छ ।
तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै
यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट निर्माण’ प्रक्रिया अगाडि बढाइएको छ ।
विराटनगरमा एक अर्बको लगानीमा सलाइन उद्योग सुरु
कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ ।
टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु छोरा गम्भीर घाइते
बाँके जिल्लाको कोहलपुर-१५, अक्कलघरवामा मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा शनिबार भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने चालक युवक गम्भीर घाइते भएका छन् ।
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
पूर्वी अफगानिस्तानको परवान प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका आठ जनाको मृत्यु हुनुका साथै अर्को एक जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता फजल रहिम मुस्किनियारले बताउनु भएको छ ।
युद्धविराम अघि ओडिसामा घातक हमला
अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागु हुन केही घण्टा अघि नै युक्रेनको ओडिसा सहरमा भएको रुसी ड्रोन आक्रमणले शान्तिको प्रयासमाथि गम्भीर प्रश्न उठाएको छ । शनिबार राति भएको उक्त हमलामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
सप्तरीमा ग्यास लिक भएर आगलागी
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा ग्यास लिक भएर आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
लागु औषध मुद्धाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
लागु औषध मुद्धामा अदालतबाट सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले १० वर्षपछि पक्राउ गरी कारागार चलान गरेको छ ।
दुई दिने साहित्यिक कार्यक्रम सम्पन्न
नेपाली भाषा साहित्यको क्षेत्रमा निरन्तर कार्यक्रम गर्दै आएको एपेक नेपालले नेपाल भारत दुई दिने काव्य महोत्सव सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय चेसमा निहानालाई रजत
नेपालका उदयीमान खेलाडी निहाना श्रेष्ठले फिडे वर्ड स्कूल टिम चेस च्याम्पियनसिपअन्तर्गत एशियन कन्टिनेन्टल स्टेजको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रजत पदक जित्नुभएको छ ।
अविश्वासबिच इस्लामाबादमा अमेरिका-इरान वार्ता
मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित सुरु हुन लागेको अमेरिका-इरान उच्चस्तरीय वार्ता गहिरो आपसी अविश्वासबिच पाकिस्तानको राजधानी इस्लामाबादमा केन्द्रित भएको छ ।
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने
अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ ।
कोलम्बिया-इक्वेडर व्यापार युद्ध चर्कियो
दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबिच जारी व्यापार तनाव थप चर्किएको छ । इक्वेडरले कोलम्बियाली सामानमा कर बढाएको भोलिपल्ट नै कोलम्बियाले पनि प्रतिउत्तर स्वरूप इक्वेडरबाट आयात हुने वस्तुमा १०० प्रतिशतसम्मको भन्सार शुल्क लगाउने निर्णय गरेको जनाएको छ ।
लालीगुराँस पार्क पर्यटकको नयाँ गन्तव्य
म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडोपानीको लालीगुराँस पार्क पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ ।
अस्पताल सेवा सुधार कार्यविधि जारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ ।
अवाञ्छित गतिविधि राज्यले सहन सक्दैन : अर्थसचिव उपाध्याय
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्ने बताउनुभएको छ ।
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्क क्षेत्रमा ३० भन्दा बढी नयाँ बस्ती स्थापना गर्ने पछिल्लो इजरायली निर्णयको युरोपियन युनियनले कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इयुले इजरायलको विस्तारले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन र दुई-राज्य विचको लामो समयदेखिको सौभार्दपूर्ण सम्बन्धमा खतरा उत्पन्न भएको बताएको छ ।
चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय
आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र वा पानीमा हुने अवतरण) सँगै सम्पन्न भएको छ ।