काठमाडौँ, चैत २९ गते । देशभरका हलमा चलचित्र ‘राम नाम सत्य’ प्रदर्शनमा आएको छ । नयाँ वर्षका अवसर पारेर देशभर यो फिल्म प्रदर्शनमा आएको हो । सस्पेन्स, प्रेम र एक्सनले भरिएको फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, खुसी कार्की, सुपुष्पा भट्ट, दिनेश डिसी, सुधीर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्तकुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जिसी, हेमा खड्का, दीपक कोइराला, विनुता विमली, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ ।
यस्तै चलचित्रमा बाल कलाकार आयुषविक्रम शाही, अधिराज चन्द, संरचना चन्द र शृङ्खला विष्ट पनि हुनुहुन्छ । माइकल इन्टरटेनमेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र श्वेता विमलीको लगानी छ । फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुनुहुन्छ ।
चलचित्रको निर्देशन माइकल चन्दले गर्नुभएको हो । चन्दको यो निर्देशनमा पदार्पण चलचित्र हो । चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको सङ्गीत छ ।