बुवा बचाउन हिँडेका छोराको एम्बुलेन्स दुर्घटनामा मृत्यु
जुम्लाको हिमा गाउँपालिका–६ का भीमबहादुर अधिकारीले ७१ वर्षीय बुवा कलबहादुरको उपचारका लागि बुधबार एम्बुलेन्समा सुर्खेत हुँदै नेपालगन्जको यात्रा तय गर्नुभयो । झन्डै एक हप्ता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गर्दा पनि सुधार नभएपछि चिकित्सकले कलबहादुरलाई न्युरो सर्जरीका लागि नेपालगन्ज ‘रिफर’ गरेका थिए ।
हुम्लामा पाँच दिनपछि हवाई सेवा सुचारु
हिमाली जिल्ला हुम्लामा पाँच दिनदेखि अवरुद्ध हवाई सेवा सुचारु भएको छ। खराब मौसम तथा एयरलाइन्सका जहाज नेपालगन्जमा उपलब्ध नभएकाले हवाई सेवा अवरुद्ध भएको हो।
अवैध उत्खनन रोक्न सरकार उदासीन
जुम्लाका विभिन्न नदी तथा खोलामा बढ्दै गएको ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन नियन्त्रण गर्न स्थानीय सरकार उदासीन देखिएको छ । स्थानीय तहमा दोस्रो कार्यकालका जनप्रतिनिधिको अवधि सकिन अझै एक वर्षभन्दा बढी समय बाँकी रहँदा पनि यो समस्या समाधानका लागि ठोस नीतिगत पहल हुन सकेको छैन ।
रैथाने बाली प्रवर्धन योजना
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले रैथाने बाली खेतीको प्रवर्धन गर्ने भएको छ । गाउँपालिकाले भटमास, सेतो कोदो, फापरजस्ता पुरानो रैथाने बालीको संरक्षण तथा प्रवर्धन गर्न लागेको हो ।
बजेट अभाव : पुल निर्माण सुस्त गतिमा
बर्दियाका मधुवन नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बाघाट पुल निर्माणको गति सुस्ताएको छ । केही दिनयता पुल निर्माण रोकिएको छ । पुलको डिजाइनमा समस्या भएको र पुनः डिजाइन गर्नुपर्ने भएकाले पुल निर्माण तत्काल रोकिएको पुल सेक्टर कार्यालय नेपालगन्जले जनाएको छ । यद्यपि निकै लामो समयदेखि यो पुल निर्माणको गति निकै सुस्त हुँदै गएको थियो । मधुवन नगरपालिका–८ का वडाध्यक्ष मेकबहादुर गुरुङले केही समययता पुल निर्माणको काम रोकिएको बताउनुभयो ।
देशभर ‘शून्य बाँकी फाइल’ अभियान
सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको छ ।
‘देशको समृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्छु’
प्रतिनिधि सभा सदस्य चन्देश्वर मण्डलले देशको समृद्धिका लागि सरकारले गर्ने कार्यहरूमा समर्थन रहने बताउनुभएको छ । गोरखापत्रसँगको कुराकानीमा उहाँले देशको समृद्धि र विकासका लागि आफूले सदनमा सक्रिय रूपमा आवाज उठाउने भन्दै सरकारको गुण र दोषका आधारमा समर्थन वा विरोध रहने बताउनुभयो । सिङ्गो देश र पूरै मधेशमा समृद्धिका लागि प्रतीक्षारत जनभावनालाई मुखरित गर्ने गरी कामकाज हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । उहाँले देशमा सामाजिक विकृतिको अन्त्यसहितको सामाजिक न्याय, भ्रष्टाचारमुक्त समाज निर्माण र विधिको शासन आवश्यक रहेको बताउनुभयो ।
रुवी ठाकुर उपसभामुख बनेपछि गाउँमा खुसियाली
मधेशकी छोरी एवं सांसद रुवीकुमारी ठाकुर सङ्घीय संसद्को उपसभामुखमा निर्वाचित भएपछि उहाँको परिवार तथा गाउँमा खुसियाली छाएको छ । जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियाका २५ वर्षीय सांसद ठाकुर उपसभामुख जस्तो गरिमामय पद
बाँकेको हल्कारापूर्वा : ३४ घरमा छ सय बढी भैँसीपालन
बाँकेको डुडुवा गाउँपालिका–३ अन्तर्गत पर्ने हल्कारापूर्वा गाउँ जिल्लाकै सबैभन्दा बढी भैँसीपालन हुने गाउँका रूपमा परिचित छ। केवल ३४ घरपरिवार रहेको यादव समुदायको यस गाउँमा अहिले छ सयभन्दा बढी भैँसी छन्।
माइक समातेको हातमा कानुन बनाउने जिम्मा
पाँचथर जिल्लाबाट प्रतिनिधि सभामा पुग्ने पहिलो महिला बन्नुभएकी भूमिका सुब्बा लिम्बू नेपाली गीतसङ्गीतमा परिचित नाम हो । विसं २०१५ देखि २०७९ सम्म सम्पन्न भएका कुनै पनि निर्वाचनबाट पाँचथरबाट महिला प्रतिनिधि सभा सदस्यमा पुगेका छैनन् ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
मुख्यमन्त्री कप भलिबल : सेमिफाइनल खेल हुँदै
दाङको घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत शनिबार बिहान सेमिफाइनल खेल हुने भएका छन् ।
हिमाल र सूर्योदय हेर्न आकर्षकस्थल
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने व्यवस्थित पदमार्गको अभाव छ ।
हक्कीको राष्ट्रिय टिम र जर्सी सार्वजनिक
नेपाली राष्ट्रिय हक्की टिम र खेलाडीले लगाउने जर्सी सार्वजनिक गरिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ०७ पैसा र बिक्रीदर १४८ रुपियाँ ६७ पैसा तोकिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
चौबिस घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ ।
मापदण्ड पूरा नगरेका कन्सल्टेन्सी ‘सिल’
काभ्रेपलाञ्चोकको बनेपामा सञ्चालित दुई वटा एजुकेसनल कन्सल्टेन्सी (शैक्षिक परामर्श कम्पनी) मा सिल गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोक, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास कार्यालयको टोलीले शुक्रबार गरेको अनुगमनका क्रममा अवैध रूपमा सञ्चालित दुई वटा कन्सल्टेन्सीमा सिल गरिएको हो । एकाइ प्रमुख सविता दङ्गालले अवैध रूपमा सञ्चालित एसएसडब्लु निहोन ड्रिम सेन्टर र ग्रिन माउन्टेन एजुकेसन कन्सल्टेन्सीलाई सिल गरिएको बताउनुभयो । “अनुगमनका क्रममा दुई कन्सल्टेन्सीले नेपाल सरकारले जारी गरेको शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ र प्रदेश सरकारले जारी गरेको निर्देशिका, २०७९ मा उल्लेख भएको मापदण्ड पूरा नगरेको पाइएकाले ती दुई संस्थामा सिल गरेका हौँ,” एकाइ प्रमुख दङ्गालले भन्नुभयो ।
‘सामाजिक न्याय जनचाहना’
भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ । सर्वप्रथम म नेपाली जनताले पटक पटक गरेका ऐतिहासिक आन्दोलन, सङ्घर्ष र पछिल्लो पटकको जेनजी आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपु¥याउन भएका सबै आन्दोलन र सङ्घर्षको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।
मानवताका साझा धरोहर
करुणा, सरलता र नम्रताको दर्शनलाई हामी पूर्वीय आध्यात्मिक परम्पराको समग्र सन्दर्भमा हेर्छौं भने, यो कुनै एक मात्र धर्मको सीमित विचार होइन, बरु मानव सभ्यताको गहिरो अनुभवबाट जन्मिएको साझा चेतना हो । प्राचीन चिनियाँ द
नक्कली लाइसेन्स प्रकरण : तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा अनियमितता गरेको आरोपमा बागलुङका हिमबहादुर बस्नेत थापासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
बोक्सी आरोप र अभद्र व्यवहारमा चार प्रतिवादी पक्राउ
सप्तरी प्रहरीले बोक्सीको आरोपमा महिलामाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।
ढुटोमा लुकेको स्वास्थ्यको कथा
विक्रम संवत् २०३२ तिरको कुरा हो । ललितपुर जिल्लाको चापागाउँ पुग्दा पोषणविज्ञ मिरियम दिदीले प्रायः त्यहाँका महिला र पुरुषको मुखको कापमा खटिरा भएको, जिब्रोमा बिमिरा भएको देखिन् । मिरियम दिदीले कारण पत्ता लगाउँदै जाँदा त त्यहाँ एक वर्षअगाडि एउटा बिजुलीले चल्ने मिल आएको रहेछ । मानिस “सेतो चामल राम्रो हुन्छ” भनेर त्यही मिलमा चामल कुट्न जान थालेछन् । पहिले–पहिले ढिकीले कुट्दा चामल रातो हुन्थ्यो । पोषण पनि रहन्थ्यो तर सेतो चामल खाँदा त सबै पोषण खत्तम भएछ । मिलमा कुटेको चामलको ढुटो गाईबस्तुलाई दिने गरेछन् । चामलको ढुटोमा रहेको विभिन्नथरीका भिटामिनबारे गाउँ