नक्कली लाइसेन्स प्रकरण : तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा अनियमितता गरेको आरोपमा बागलुङका हिमबहादुर बस्नेत थापासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
बोक्सी आरोप र अभद्र व्यवहारमा चार प्रतिवादी पक्राउ
सप्तरी प्रहरीले बोक्सीको आरोपमा महिलामाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।
ढुटोमा लुकेको स्वास्थ्यको कथा
विक्रम संवत् २०३२ तिरको कुरा हो । ललितपुर जिल्लाको चापागाउँ पुग्दा पोषणविज्ञ मिरियम दिदीले प्रायः त्यहाँका महिला र पुरुषको मुखको कापमा खटिरा भएको, जिब्रोमा बिमिरा भएको देखिन् । मिरियम दिदीले कारण पत्ता लगाउँदै जाँदा त त्यहाँ एक वर्षअगाडि एउटा बिजुलीले चल्ने मिल आएको रहेछ । मानिस “सेतो चामल राम्रो हुन्छ” भनेर त्यही मिलमा चामल कुट्न जान थालेछन् । पहिले–पहिले ढिकीले कुट्दा चामल रातो हुन्थ्यो । पोषण पनि रहन्थ्यो तर सेतो चामल खाँदा त सबै पोषण खत्तम भएछ । मिलमा कुटेको चामलको ढुटो गाईबस्तुलाई दिने गरेछन् । चामलको ढुटोमा रहेको विभिन्नथरीका भिटामिनबारे गाउँ
लुम्बिनीमा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक पारित
लुम्बिनी प्रदेश सभाको शुक्रबार बसेको बैठकले एक विधेयक पारित गरेको छ भने अन्य एक वटा विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ।
दलित समुदायसँग माफीको मार्गचित्र
नेपालको राज्यसत्ता शताब्दीयौँदेखि परोक्ष/प्रत्यक्ष अपराध बोकेर हिँडिरहेको छ । त्यो हो, जातीय विभेदको अपराध । यो अपराध केवल सामाजिक व्यवहारमा सीमित छैन, यो कानुनमा लेखियो, संस्कारमा रोपियो र संस्थागत बनाइयो । परम्परागत र छिटपुट कानुनमा रहेको कुरा १९१० को मुलुकी ऐनले संस्थागत ग¥यो । त्यही संस्थागत कानुन आममान्छेको मनमस्तिष्कमा आजपर्यन्त प्रतिध्वनित छ । राज्यको सं
मुसिकोटमा एआईबाट ३७९ जनाको क्षयरोग स्क्रिनिङ्ग
गुल्मीको मुसिकोट नगरपालिकाका ३७९ जनाको एआई प्रविधीबाट निःशुल्क क्षयरोग स्क्रिनिङ्ग गरिएको छ । क्षयरोग मुक्त नेपाल अभियानअन्तर्गत एआईबाट निःशुल्क क्षयरोग स्क्रिनिङ्ग गरिएको हो ।
हायू भाषा–संस्कृति जोगाउने चुनौती
लोपोन्मुख जाति भन्नेबित्तिकै राउटे, चेपाङ, वनकरिया, झाँगड, सतार झट्ट सम्झिन्छ । ती समुदायबारे बारम्बार आउने समाचार र डकुमेन्ट्रीले आममानिसमा उनीहरूबारे धेर–थोर सुन्न, बुझ्न र चिन्न सजिलो हुनु स्वाभाविकै हो । लोपोन्मुख जाति हायू समुदायबारे भने अहिले पनि थाहा पाउनेको सङ्ख्या नगन्यै मान्नुपर्ने अवस्था छ । हायू समूदायबारे त्यतिबेला थाहा पाउने अवसर मिल्यो, जब सो समुदायका १६ जनाको परिवार सिन्धुलीको गोलन्जोरबाट गत साउनको दोस्रो साता एकाएक बेपत्ता भयो । केही दिन सञ्चारमाध्यममा ती समाचारले स्थान पाए । आमसर्वसाधारणको चासो पनि एकाएक हायू समुदायप्रति बढ्यो । रामेछाप र सिन्धुलीमा रहँदा चासो नदिइएको हायू समुदायको एउटा परिवार एकाएक हराएपछि उनीहरूको खोजीमा स्थानीय जनप्रतिनिधि सक्रिय भए । सँगसँगै मु
सेनाको गोली लागि गैँडा मर्यो
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको गोली लागेर एक गैँडाको मृत्यु भएको छ। निकुञ्ज गस्तीका क्रममा आत्मरक्षाका लागि चलाइएको गोली लाग्दा गैँडाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभयो।
‘महोत्सवले नेपाल–चीन सम्बन्ध सुदृढ बनाएको छ’
चिनियाँ प्राध्यापक झान जुन चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीमा पत्रकारिता तथा सञ्चार विभाग प्रमुख तथा मिडिया विशेषज्ञ हुनुहुन्छ । युनिभर्सिटी अफ क्यालिफोर्निया, स्यान डियागो र कलेज अफ विलियम एन्ड मेरीमा समेत अध्ययन अनुसन्धानको अनुभव लिनुभएकी उहाँसँग चीन र नेपालबिचको सांस्कृतिक सम्बन्ध र विभिन्न महोत्सवबारे गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
‘पहाड’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘पहाड’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रको कथावस्तुलाई चित्रण गरिएको छ । बेरोजगारी मानवविहीन रित्तिएको पहाड र पानीको समस्या ट्रेलरमा देखाइएको छ । चलचित्रले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको निर्देशक तथा लेखक तुलसी घिमिरेले बताउनुभयो । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, सुनील थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नवअभिनेतृ पञ्चमी घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।
लेखकको सम्झना
लेखक तथा पत्रकार स्वर्गीय पदम श्रेष्ठको ४५ औँ पुण्यतिथिमा शुक्रबार राजधानीमा शोकसभा सम्पन्न गरिएको छ । नेपाली लोकबाजा सङ्ग्रहालयद्वारा आयोजित शोकसभामा द्वीप प्रज्वलनसहित स्वर्गीय श्रेष्ठको तस्बिरमा माल्यार्पण गरिएको थियो ।
‘साहित्यिक पठनशैली लोकप्रिय’
पछिल्लो समय सामाजिक सञ्जाल तथा सूचना प्रविधिको विकाससँगै पत्रिका पसलसम्म पुगेर पढ्नेको सङ्ख्या बाक्लिँदै गएको देखिन्छ । पुस्तक पसलमा पढ्ने लत बसेका अग्रजदेखि अनुजसम्म प्रशस्तै भेटिन्छन् ।
युनिटी लाइफ ठगी प्रकरणका दोषी बागलुङका केसी पक्राउ
युनिटी लाइफ इन्टरनेसनल लिमिटेड ठगी मुद्दामा सर्वोच्च अदालतसमेतबाट दोषी ठहर भएर फरार रहेका सञ्चालक बागलुङका महेन्द्र केसी पक्राउ पर्नुभएको छ ।
परराष्ट्रमन्त्री खनालसँग तीन देशका विदेशमन्त्रीको भेटवार्ता
वौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको राजधानी पोर्ट लुइसमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ ।
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
चियाको समर्थन मूल्य तोक्न आग्रह
नेपाली चियाको समर्थन मूल्य तोक्न किसानले आग्रह गरेका छन् । चिया रोप्न थालेको करिब १६२ वर्ष पुग्दा पनि अहिलेसम्म सरकारीस्तरबाट नेपाली चियाको न्यूनतम समर्थन मूल्य तोकिएको छैन ।
भाटभटेनीको भरतपुर शाखा पुनः सञ्चालन
जेनजी आन्दोलनका क्रममा पूर्ण क्षति भएको भाटभटेनी सुपरमार्केटको भरतपुर शाखाले शुक्रबारदेखि सेवा पुनः सुरु गरेको छ । जलेर पूर्ण रूपमा नष्ट भएको भाटभटेनीलाई पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको हो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ग्राहकको सेवाका लागि भाटभटेनी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “हामीले ग्राहकको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरेका छौँ,” उहाँले थप्नुभयो, “नयाँ सेवा सुरु हुँदै गर्दा विगतको भन्दा पनि परिष्कृत भएर सेवा दिने प्रण गरेका छौँ ।” यो शाखामा मात्रै झन्डै एक अर्ब रुपियाँ बराबरका क्षति भएको पनि उहाँले जानकारी दिनुभयो ।
ई. पेन्सन प्रमाणीकरण : साढे तीन लाख सेवाग्राहीलाई सहज
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ई. पेन्सन प्रमाणीकरण प्रणाली सुरुवात गर्नुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली सुरुवात गर्नुभएको हो ।
आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने एडिबीको प्रक्षेपण
एसियाली विकास बैङ्क (एडिबी) सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यो गत वर्ष २०२५ को ४.६ प्रतिशतभन्दा न्यून हो । एडिबीको एसियाली विकास परिदृश्य, अप्रिल २०२६ मा त्यस्तो प्रक्षेपण गरिएको हो । ‘गत वर्षको नागरिक अशान्तिलगायत राजनीतिक अनिश्चितता एवं पश्चिम एसियामा जारी द्वन्द्वको प्रतिकूलताका कारण सन् २०२६ मा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा शिथिल रहने’ नेपालका लागि एसियाली विकास बैङ्कका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले बताउनुभयो ।
मल आपूर्ति सहजीकरणका लागि आग्रह
कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिमा सहजीकरणका लागि भारतसँग आग्रह गर्नुभएको छ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मन्त्री चौधरीसँग गर्नुभएको शिष्टाचार भेटवार्तामा उहाँले सो आग्रह गर्नुभएको हो ।
आरोहणको पर्खाइमा चौसट्ठी देशका आरोही
यस वर्षको वसन्तयाममा सगरमाथालगायतका हिमाल आरोहणका गर्न नेपालसहित ६४ देशका ५४४ पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म सगरमाथासहित २३ वटा हिमाल आरोहण गर्न ६९ समूहका ५४४ आरोहीले अनुमति लिएका हुन् । अनुमति लिनेमा १४१ महिला र ४०३ जना पुरुष छन् । वसन्तयाममा पर्वतारोहणका लागि विशेष आकर्षण रहने सगरमाथा आरोहणका लागि यस वर्ष ४३ जना महिला र १६१ पुरुष गरी २०४ जनाले अनुमति लिएका छन् । यस वर्ष सगरमाथा आरोहण गर्न नेपालसहित ४१ देशका आरोही आरोहणको तयारीमा रहेको विभागले जनाएको छ ।
प्रतिनिधि सभा विषयगत समिति गठन
प्रतिनिधि सभाको नियमावली तर्जुमा प्रक्रिया जारी रहेकै अवस्थामा विषयगत समिति गठन भएका छन् । प्रतिनिधि सभा नियमावली, २०७९ अनुसार नै समिति गठन भएका हुन् । विषयगत समिति १० वटा रहेका छन् । नियमावली संशोधनको प्रक्रिया भने जारी छ । यसअघिकै व्यवस्था अनुसार १० विषयगत समिति गठन भएका हुन् ।
सञ्चार माध्यमलाई उत्तरदायी बनाइने
नेपाली मूलधारका सञ्चार माध्यमका सम्पादकले मिडियामा प्रकाशित गर्ने समाचार लैङ्गिक उत्तरदायी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय महिला (युएन ओमन) बेजिङ ३० लगायत चार संस्थाले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा १० मिडियाका सम्पादकले लैङ्गिकयुक्त समाचार प्रकाशित गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
हर्मुज जलमार्गमा शुल्क नलगाउन ट्रम्पको आह्वान
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलमार्गमा तेल ट्याङ्करलाई शुल्क लगाउन नहुने जनाउँदै यदि त्यसो गरिरहेको छ भने तुरुन्तै रोक्न आह्वान गर्नुभएको छ । ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज हुँदै जाने तेल ट्याङ्करहरूमा शुल्क लगाएको रिपोर्टलाई उद्धृत गर्दै यस्तो बताउनुभएको अलजजिरा टेलिभिजनले जनाएको छ ।