‘गम्भीर समीक्षासहित जनतामाझ आएका छौँ’
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर आत्मसमीक्षासहित जनतामाझ आएको बताउनुभएको छ । सदरमुकाम
काँक्रेविहारमा अपाङ्गतामैत्री पैदलमार्ग
कर्णाली प्रदेश सरकारले अपाङ्गतामैत्री पूर्वाधार निर्माणमा ध्यान दिएको छ । पूर्वाधार निर्माण गर्दा अपाङ्गतामैत्री नभएको भन्दै सरकारको आलोचना हुने गरेको थियो ।
सूचना प्रविधिको विकास
विगत तीन दशकमा संसारले सबैभन्दा बढी प्रगति गरेको क्षेत्र नै सूचना प्रविधि हो । सूचना प्रविधिको विकास र विस्तारले संसारलाई जोडेको छ । समाजका चौतर्फी आयाममा सूचना प्रविधि नपुगेको क्षेत्र छैन । देशको शासकीय क्षेत्रमा सूचना प्रविधिलाई प्रभावकारी प्रयोग गर्ने मुलुकले आर्थिक तथा सामाजिक विकासमा ठुलो फड्को मारेका छन् । राजकीय सुशासन र पारदर्शिताका निम्ति सूचना प्रविधिको अधिकतम प्रयोग अति महŒवपूर्ण भएको छ । कतिपय मुलुकले सूचना प्रविधिको सही अन्वेषण र उपयोग गरेर राज्यको आय तीव्र्रतर रूपमा वृद्धि गरेका छन् । उद्योग, व्यापार, व्यवसायको क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोगले लागत न्यूनीकरण गरिनुका साथै प्रतिफलमा गुणोत्तर लाभ लिएका छन् । त्यसबाट लगानी विस्तार हुनुका साथै आय, उत्पादन र रोजगारीको क्षेत्र फराकिलो भई राज्यलाई प्राप्त हुने राजस्वसमेत उचाइमा पु¥याइरहेका छन् । सूचना प्रविधिको बढीभन्दा बढी प्रयोगले कम जनशक्तिमा बढी प्रतिफल हासिल हुने छ । कम जनशक्तिबाट बढी फाइदा लिन सकिने हुँदा लागतमा कमी आएको छ भने सेवाग्राहीले पनि प्रभावकारी तवरले सेवा पाउन सकेका छन् । सूचना प्रविधिको यस्तो अनुपम र फराकिलो क्षेत्र भएर पनि नेपाल लक्ष्य अनुुरूप अगाडि बढ्न सकेको छैन । पुँजीको अवरोधलगायतले राज्यका निकायका साथै निजी क्षेत्रले समेत द्रुत सूचना प्रविधिको अनुसरण गर्न सकिरहेको छैन । त्यसैले यो क्षेत्रमा गम्भीर समीक्षा गरेर कमीकमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ ।सूचना प्रविधि क्षेत्रको यस्तै लाभ र समयको माग अनुसार डिजिटल नेपाल फ्रेमवर्कमा सरकारले काम गरिरहेको छ । सरकारका सम्पूर्ण कामकारबाहीलाई डिजिटल संरचनामा लैजाने योजना छ । सरकारी कागजपत्र, फाइल, दस्ताबेज स्क्यान गरेर डिजिटाइजेसन पनि गर्न थालिएको छ । कतिपय पुराना फाइल सुरक्षित गरिने कार्यसमेत हुन थालेको छ । कार्यालयका काममा अनलाइन सेवालाई उच्च प्राथमिकता दिई काम गर्न थालिएको भए पनि त्यसमा अनेक अवरोध भने छन् । कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त, सहरी पूर्वाधारलगायतका क्षेत्रलाई तीव्र डिजिटल गरिने भने पनि लक्ष्य अनुरूप काम हुन सकेको देखिँदैन । इन्टरनेट पूर्वाधार अझ चाहे जसरी सस्तो र द्रूत हुन सकेको छैन । देशको आर्थिक तथा सामाजिक मुहार नै परिवर्तन गर्न सक्ने डिजिटल क्षेत्रमा लक्ष्य अनुसार काम हुन नसकेकोप्रति सम्बद्ध क्षेत्र संवेदनशील देखिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्र विकासका लागि महŒवपूर्ण भए पनि यसमा पर्याप्त बजेट नभएर काम गर्न कठिन भएको बताउनुभएबाटै सुधारका निम्ति अझै धेरै काम गर्नुपर्ने स्पष्ट भएको छ । मन्त्रालयको नियमित समीक्षामा समेत सूचना प्रविधि क्षेत्रको पूर्वाधार विस्तारमा ढिलाइ गर्न नहुने निष्कर्ष आएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सोमबार आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बस्यो । बैठकले सूचना प्रविधि क्षेत्रका समग्र कामकारबाहीलाई समीक्षा गरिँदा दुई वटा पक्ष देखियो । पहिलो त सूचना प्रविधिको क्षेत्रमा बजेट विनियोजन नै कमी देखिएको छ । नयाँ बजेटको पूर्वसन्ध्यामा समीक्षा गरिँदा आगामी आवमा यो क्षेत्रमा बढी बजेट विनियोजन गरिनुपर्ने देखिएको छ । दोस्रो, विनियोजन गरिएको बजेटको पनि समयमै प्रभावकारी रूपमा खर्च गर्न सकिएको पाइएन । आर्थिक, सामाजिक विकासका साथै सुशासन प्रवर्धन गर्न सक्ने र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने सूचना प्रविधि क्षेत्र कुनै पनि हालतमा पछाडि पर्नुहुन्न । डिजिटल फ्रेमवर्कका लक्ष्य साकार पार्न पर्याप्त साधन र स्रोत चाहिन्छ । सूचना प्रविधिको पूर्वाधार विस्तारमा बदलिँदो परिवेशसँगै संवेदनशील भएर आत्मसात् गरिनु पर्छ । सूचना प्रविधिको राम्रो विकास हुन सक्दा युवा जनशक्ति देशभित्रै बसेर संसारको काम गरी अब्बल आयआर्जन गर्न सक्छन् तर कतिपय क्षेत्रमा विनियोजित बजेटको समेत राम्ररी काम हुन नसक्दा पूर्वाधार कमजोर छ । समग्रमै पुँजीगत बजेटको खर्च प्रणाली कमजोर छ । चालु आर्थिक वर्षको १० महिना बितिसक्दा पनि कुल पुँजीगत बजेटको एक तिहाइ पनि खर्च हुन सकेको छैन । पुँजीगत बजेट न्यून हुनुमा अरूलाई दोष दिएर मात्र हुँदैन, सम्बद्ध निकाय नै सव्रिmय हुनु पर्छ । यतिबेला चालु आवका बाँकी लक्ष्य पूरा गर्न लाग्नु पर्छ । साथै नयाँ बजेटमा सही कामका निम्ति पुग्दो बजेटको व्यवस्थापनमा ध्यान जानु वाञ्छनीय छ ।
‘सम्पदा प्रवर्धनमा सङ्ग्रहालयको भूमिका महत्वपूर्ण’
काठमाडौँ, जेठ ७ गते । ऐतिहासिक सम्पदा, चित्रकला, मूर्त-अमूर्त सम्पदासम्बन्धी विविध कार्यव्रmमसहित तीनदिने अन्तर्राष्ट्रिय विश्व सङ्ग्रहालय दिवस सम्पन्न भएको छ । सङ्ग्रहालयसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल काउन्सिल अफ म्युजियम (आइकम) ले सन् १९७७ देखि मे १८ लाई विश्व सङ्ग्रहालय दिवस घोषणा गरी मनाउँदै आएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाली सङ्ग्रहालयसम्बन्धी विभिन्न विकास समिति र पुरातत्व विभागको सहकार्यमा नेपालमा पनि विश्व सङ्ग्रहालय दिवसका सन्दर्भमा दिवस मनाइएको हो । यस वर्ष ‘तीव्र परिवर्तनशील समाजमा सङ्ग्रहालयको भविष्य’ भन्ने नारासहित विश्वभर सङ्ग्रहालय दिवस मनाइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ज्ञान, सिप, सभ्यता र इतिहासका साक्षी बनेका सम्पदाहरूको सङ्ग्रह हुने स्थल सङ्ग्रहालयको प्रवर्धनले देशको पहिचानको परिचय गराउने बताउँदै सङ्ग्रहालयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले तीव्र गतिमा बदलिइरहेको समाजको अपेक्षा अनुसार सङ्ग्रहालयले आफ्नो गरिमा बचाउन र सम्पदाको प्रवर्धनका लागि दिवसका अवसरमा मात्र होइन; बर्सैभरि सम्पदा, कलाको क्षेत्रमा सिर्जनात्मक कार्यव्रmम सञ्चालन गर्दै जान आग्रह गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर बन्न आवश्यक सूचकमा सङ्ग्रहालय पनि एक हो भन्दै पाटन दरबार सङ्ग्रहालय महानगरको जिम्मेवारीमा ल्याउने पहल भइरहेको बताउनुभयो । सङ्ग्रहालय दिवसका अवसरमा रातो मत्स्येन्द्रनाथको जात्रा, देवताको महत्व सम्बन्धमा विद्यावारिधिका लागि शोधपत्र तयार गरेका डा. विधु कायस्थले अमूर्त सम्पदा रातो मत्स्येन्द्रनाथको जात्राबारे चर्चा गर्नुभयो । कलाकार सुशीला सिंहले पाटन दरबार सङ्ग्रहालयमा मत्स्येन्द्रनाथको रथ बनाउने व्रmम र विधिका चित्रकला प्रदर्शनी गर्नुभएको थियो । विश्वमा १७ आँै शताब्दीदेखि सङ्ग्रहालय स्थापना भई हाल एक लाखभन्दा बढी सङ्ग्रहालय खुलेका छन् । देशको आर्थिक समृद्धि हासिल गर्न सङ्ग्रहालयको महŒवपूर्ण भूमिका रहँदै आएको छ । यस वर्ष नेपालमा विश्व अन्तर्राष्ट्रिय दिवस मनाउने व्रmममा रातो मत्स्येन्द्रनाथसम्बन्धी फोटो प्रदर्शनी, गाइड टुरको सुरुवात, लोँहचोक, हुनमानढोका दरबारमा चित्रकला प्रदर्शनी गरिएको थियो । त्यसै गरी प्राचीन तिलौराकोट राजप्रासाद भ्रमण पनि गराइएको थियो । नेपालमा ऐतिहासिक, धार्मिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण मूर्त-अमूर्त सम्पदाको संरक्षण र प्रवर्धनका लागि राष्ट्रिय सङ्ग्रहालय छाउनी, हनुमानढोका दरबार सङ्ग्रहालय, पाटन दरबार सङ्ग्रहालय, राष्ट्रिय कला सङ्ग्रहालय, नारायणहिटी दरबार सङ्ग्रहालय स्थापना गरिएका छन् । त्यसै गरी गोरखा दरबार सङ्ग्रहालय, पुरातत्व विभाग राष्ट्रिय कला सङ्ग्रहालय, राष्ट्रिय मुद्रा सङ्ग्रहालय, कपिलवस्तु सङ्ग्रहालय र देशभर जातीय÷धार्मिक र स्थानीय कला सम्पदाको संरक्षणका लागि विभिन्न जातीय सङ्ग्रहालयसमेत स्थापना गरिएका छन् । ती सङ्ग्रहालय पर्यटक आकर्षणको मुख्य गन्तव्यका रूपमा विकास हुँदा आर्थिक समृद्धिमा समेत टेवा पुगेका छन् ।
फरक क्षमताका बालबालिका अब्बल
जटिल प्रकारको बहुअपाङ्गता भएकी आफ्नो छोरी सामान्य अवस्थाकी हुन नसक्ने भन्ने भएपछि भरतपुर महानगरपालिका–२, क्षेत्रपुरकी सावित्री परियारले भन्नुभयो, “अवस्था देख्दा आशा मारेकी थिएँ, अहिले धेरै प्रगति भएको छ ।”
धनियाँमा अत्यधिक विषादी
काठमाडौँ, जेठ ७ गते । देशको ठुलो तरकारी बजार काठमाडौँको कालीमाटीमा भित्रिएको हरियो धनियाँमा अत्यधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काभ्रेबाट मङ्गलबार ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेकोमा हरियो धनियाँमा विषादी भेटिएको छ । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ उपभोगयोग्य नरहेकोे कालीमाटी प्रहरीको सहयोगमा समितिले नष्ट गरेको जनाएको छ । विषादी छर्केपछि पर्खनुपर्ने अनिवार्य निश्चित समय नपर्खेर बारीबाट सोझै बजारमा हरियो धनियाँमा उच्च परिमाणमा विषादीको अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले जानकारी दिनुुभयो ।
मलेसियामा रोजगारदाता परिवर्तन हुने, नेपालीलाई लाभ
काठमाडौँ, जेठ ७ गते । मलेसिया सरकारले आप्रवासी श्रमिकलाई रोजगारीको विभिन्न क्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ । यसबाट नेपाली श्रमिकले पनि लाभ लिन सक्ने बताइएको छ ।मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुतियन इस्माइलले आप्रवासी श्रमिकको व्यवस्थापन सम्बन्धी १३ औँ संयुक्त समितिको बैठकबाट सो निर्णय भएको हो । मलेसिया सरकारको पछिल्लो निर्णयमा औपचारिक क्षेत्र (उत्पादन, निर्माण, कृषि, बगान) र सेवा क्षेत्रका (होटेल, पर्यटन) लगायतका क्षेत्रमा काम गर्ने आप्रवासी श्रमिकले रोजगारदाता परिवर्तन गर्न अनुमति लिन सक्ने छन् ।यसअघि मलेसिया सरकारले आप्रवासी श्रमिकलाई एकै प्रकृतिको कार्यक्षेत्रमा मात्रै रोजगारदाता कम्पनी परिवर्तन गर्ने अनुमति दिएको छ । जुन कम्पनी पुनर्संरचना, बन्द, विस्तार वा श्रम विभागको निगरानीमा रहेको समितिद्वारा अनुमोदन जस्ता सर्तमा आधारित छन् । दूतावासले मलेसियामा रोजगारदाता कम्पनी परिवर्तन गर्न इच्छुक श्रमिकलाई राम्रो अवसर हुने जनाएको छ । मलेसिया सरकारको पछिल्लो निर्णय अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले गरेका विभिन्न सिफारिससँग मेल खाने छन् ।
स्थानीय तहको बेरुजु साढे दुई अर्ब
बैतडीका स्थानीय तहमा बर्सेनि करोडौँ रुपियाँ बेरुजु थपिन थालेको छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाको अद्यावधिक बेरुजु दुई अर्ब ३९ करोड ५१ लाख रुपियाँ पुगेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० सम्म दुई अर्ब १६ करोड आठ लाख ४६ हजार अद्यावधि बेरुजु रहेकामा आव २०८०/८१ को एक वर्षमा थप २३ करोड बेरुजु थपिएपछि कुल बेरुजु अढाई अर्ब पुगेको हो ।
घरजग्गाको कारोबार वृद्धि
पौने अठतिस अर्ब राजस्व सङ्कलनकाठमाडौँ, जेठ ७ गते । चालुु आर्थिक वर्ष २०८१-८२ को १० महिनामा घरजग्गाको कारोबारबाट पौने ३८ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालुु आवको साउनदेखि वैशाखसम्म घरजग्गा कारोबारबाट ३७ अर्ब ७६ करोड ७१ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो । घरजग्गाको कारोबारमा सामान्य सुधार आएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । चैतको तुुलनामा वैशाखमा घरजग्गा कारोबार र कित्ताकाट दुवैको लिखत पारित बढेको विभागले तथ्याङ्क छ ।विभागका अनुसार चालुु आवको साउनमा तीन अर्ब ८३ करोड ५० लाख, भदौमा तीन अर्ब नौ करोड दुई लाख, असोजमा तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा दुुई अर्ब ७० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । विभागका अनुसार मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख, पुसमा चार अर्ब २५ करोड, माघमा तीन अर्ब ८७ करोड, फागुनमा चार अर्ब १२ करोड र चैतमा चार अर्ब ३९ करोड ४६ लाख रुपियाँको घरजग्गाको कारोबारबाट राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।सबैभन्दा बढी राजस्व वैशाखमा चार अर्ब ५४ करोड २२ लाख र सबैभन्दा कम कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख रुपियाँ राजस्व सङ्कलन भएको तथ्याङ्क छ । विभागका अनुसार वैशाखमा मात्रै ५२ हजार ४२३ वटा नयाँ घरजग्गा किनबेच भएका छन् । गत चैतमा ४९ हजार ८३२ वटा नयाँ घरजग्गा किनबेच भएको थियो । वैशाखमा कुल लाख ४४ हजार ६० र चैतमा एक लाख ४७ हजार ४१६ वटा कारोबार भएको विभागको तथ्याङ्क छ । घरजग्गाको कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुुँजीगत दस्तुुर, अतिरिक्त शुल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यतालगायतका शीर्षकमा राजस्व सङ्कलन हुने गरेको छ । पुँजीगत लाभकरबापत उठ्ने राजस्व मात्रै सङ्घ सरकारको खातामा जाने विभागले जनाएको छ ।
सङ्कटमा नारायणीका जलचर
बढ्दो प्रदूषण र बिनाप्रशोधित ढल नारायणी नदीमा सिधै मिसाउने कार्य तत्काल नरोक्ने हो भने नदीमा रहेका जलचरमा सङ्कट आउने चेतावनी विज्ञले दिएका छन् । नदी तटमा बढ्दो प्लास्टिकजन्य फोहोर र बिनाप्रशोधित ढल नारायणी
भूमिसम्बन्धी विधेयक स्वीकृत
प्रतिनिधि सभाले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत गरेको छ । अध्यादेश निष्व्रिmय भएपछि सरकारले नियमित विधायिकी प्रक्रि
कान्छी गाउँ विजयी
म्याग्दी, जेठ ७ गते । सयौँ वर्षदेखि भूमी (भूमे) पुजन गरी प्रकृतिलाई खुसी बनाउने म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम वासीको परम्पराअनुसार आज सम्पन्न भूमे पूजासहित लिङ्गो जुधाइ प्रतियोगितामा कान्छी गाउँ विजयी भएको छ ।दग्नामको भूमेथानमा स्थानीय एकता युवा क्लबले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गोहरु जुधाउँदा कान्छी गाउँ विजय भएको स्थानीय समाजसेवी धनीलाल गर्बुजाले जानकारी दिनुभयो । दग्नामको भूमे पूजाको मुख्य आर्कषणको रुपमा लिइएको लिङ्गोे जुधाउने प्रतिस्पर्धामा गैरी र कान्छी गाउँबीच भएको लिङ्गो जुधाइमा कान्छी गाउँ विजयी भएको हो । विगत चार सय वर्ष पहिलेदेखि भूमे पुजाका साथै सोही दिन दग्नामका दुई गाउँका बीचमा लिङ्गो जुधाउने प्रतियोगिता हुँदै आएको एकता युवा क्लब दग्नामका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो ।दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजासहित लिङ्गोलाई चिटिक्क सिङ्गारिएको अग्लो बाँसको लिङ्गोे बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा सुरु भएको थियो । यहाँ सामे भुमे, सिद्ध भूमे, देवी, देउराली, भारा, खोला र मण्डलीको पूजाआजा गरी खेतीबाली, राम्रो होस्, प्राकृतिक प्रकोपसहित विनाश नहोस्, स्थानीयको मनोकामना पूरा होस् भनी हरेक वर्षको जेठ महिनामा भूमेपूजा गर्ने गर्दछन् । पूजापछि सोही दिन आयोजना गरिने लिङ्गो जुधाउने प्रतियोगितालाई खुसियाली र भावनात्मक प्रतिस्पर्धासँगै एकताको प्रतीकको रुपमा लिने गरिएको स्थानीय गुन पुनले बताउनुभयो ।दग्नाममा गैरी गाउँ, कान्छी गाउँ, माझीगाउँ र डाँडागाउँ गरी चार वटा टोल रहे पनि यस प्रतियोगितामा भने हरेक वर्ष गैरी र कान्छी गाउँले मात्रै सहभागिता जनाउने गरेका छन् । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजापताकाले सिँगारिएका अग्ला बाँसका लिङ्गा बोकेर मुन्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङगो ठड्याएर प्रतिस्पर्धा गरेका थिए ।पुख्र्यौली नाच, सोरठी भाका र पञ्चेबाजासहितको उत्सवका बीच आज बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउन स्थानीयले लिङ्गो जुधाएका हुन् । प्रतियोगितामा अग्ला–अग्ला सिँगारिएका लिङ्गालाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ ।
नागढुङ्गा–नौबिसे सडक ४ घण्टा बन्द हुने
काठमाडौँ, जेठ ७ गते । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिनुभयो । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उहाँले जानकारी दिनुभयो । “निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो । प्राविधिक रुपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो”, प्रजिअ तिवारीले भन्नुभयो । नारायणगढ–मुग्लिन सडक योजना [पूर्वी खण्ड]ले आज सूचना गरी काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । बन्दको समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा
मुस्ताङ, जेठ ७ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–१ र २ जोड्ने छैरो तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेको छ । मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले कालिगण्डकी छैरो तिब्बती क्याम्पतर्फको खेतीयोग्य जमिन जोगाउन रिटेनिङ वाल निर्माणको क्रममा झोलुङ्गे पुल जोखिममा परेको हो ।घरपझोङ–१ छैरो तिब्बती क्याम्पका शरणार्थीलाई लक्षित गरी निर्माण भएको छैरो तिब्बती क्याम्प जाने झोलुङ्गे पुल पर्खालको निर्माणका क्रममा जमिन चर्किन पुग्दा झोलुङ्गे पुल जोखिममा परेको हो । छैरो तिब्बती क्याम्पस जाने कालिगण्डकी नदीमा निर्माण भएको पुरानो झोलुङ्गे पुल जीर्ण हुँदा त्यस स्थानमा अर्को झोलुङ्गे पुल निर्माण गरिएको थियो । उक्त पुल क्याम्पतर्फ क्षेत्रमा जमिन चर्किन पुग्दा तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेका क्याम्पका मुखिया टसी ढिन्डुकले जानकारी दिनुभयो ।“क्याम्पतर्फको भागमा झोलुङ्गे पुलको बिमा र पुलको डिपिसी धुजाधुजा भएको छ । पुल कुनै पनि बेला झनै ठूलो क्षति हुने खतरा बढेको छ”, मुखिया टसी ढिन्डुकले भन्नुभयो, “पुलमा मान्छे हिँड्न जोखिम छ, यसैले पुलमा मान्छे हिँड्न बन्द गरेका छौँ ।” मुखिया टसी ढिन्डुकले तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा पर्दा क्याम्पका करिब ६० घरधुरीलाई राजमार्ग सडकमा आउजाउ गर्न समस्या परेको बताउनुभयो । क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेकाले त्यसको मर्मत सुधार वा पुनःनिर्माणका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा निवेदन पेस गरेको मुखिया ढिन्डुकले उल्लेख गर्नुभयो ।“पुल जोखिममा परेकाले मर्मत सुधार गरिदिन पहलका लागि प्रशासनलाई निवेदन दिएका छौँ”, उहाँले भन्नुभयो । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले तिब्बती क्याम्प जाने जोखिममा रहेको झोलुङ्गे पुल मर्मत सुधारका लागि कार्यालयले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “हाम्रो कन्ट्रक्सनको कामले झोलुङ्गे पुलमा असर परेको छ”, कार्यालय प्रमुख आत्रेयले भन्नुभयो, “हामी जतीसक्दो छिटो झोलुङ्गे पुललाई यथाशिघ्र मर्मत गर्नेछौँ ।” मुस्ताङको छैरो क्याम्प जाने पुल जमिन च्यातिएर जोखिममा परेसँगै क्याम्पमा बस्ने शरणार्थीलाई दैनिक आउजाउ र मालसामान ढुवानीमा समस्या परेको छ । अहिले पुल जोखिममा परेपछि क्याम्पका शरणार्थीले छैरो गाउँ नजिकको अर्को झोलुङे पुल तरेर करिब आधा घण्टा खर्चिएर राष्ट्रिय राजमार्ग आउनुपर्ने बाध्यता रहेको छ । रासस
सहरी क्षेत्रमै ‘सिङ्कहोल’ को खतरा
कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अर्मलासहित विभिन्न क्षेत्रमा २०७० साल यता सिङ्कहोल अर्थात् जमिन भासिने र गहिरो खाल्डो पर्ने सिलसिला चलिरहेको छ ।
हिउँ बग्ने कालीमा गेग्य्रानको बाढी
हेर्दा टोपी खस्ने गरी चारैतिर देखिने सेताम्मे हिमाल, बाह्रैमास हिउँले ढपक्क ढाकिएका अग्ला पहाडहरूलाई पछाडि पार्दै हिउँ बोकेर रफ्तारमा सागर छुन कुदेकी काली, दायाँबायाँ हिमाली मौलिकता, संस्कृति र रहनसहनमा रमाइरहेका मुस्ताङवासी !
खाँदबारीको सौन्दर्य
ड्रोनबाट खिचिएको सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजार र आसपासका क्षेत्र ।
गणतन्त्र धरापमा पार्ने षड्यन्त्र हुँदैछ : प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ।
विपद् पूर्व तयारीमा जुट्न गृहमन्त्रीको आह्वान
गृहमन्त्री रमेश लेखकले सरकार र गैह्रसरकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्युनीकरणको लागि पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
स्रोत नखुलेको २५ लाख रुपियाँसहित दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले स्रोत नखुलेको रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
विकासशील राष्ट्रमा दिगोरूपमा गरिबीको अन्त्य गर्न चुनौतिपूर्ण
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले विकासशील र अविकसित राष्ट्रहरूमा दिगो रूपमा गरिबीको अन्त्य गर्न चुनौतिपूर्ण बनेको बताउनु भएको छ ।
खाल्डोमा डुबेर दुई बालकको मृत्यु
धनुषाको कमला नगरपालिका–२, सरावेमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ। मङ्गलबार दिउँसो सोही ठाउँका रामबाबु साहका ७ वर्षीया छोरा रितिक साह र उहाँकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिस साहको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
गोरखापत्रको प्रधान सम्पादकमा बस्नेत नियुक्त, भट्टराईको बिदाइ
गोरखापत्र संस्थान व्यवस्थापनले गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादकमा जुनारबाबु बस्नेतलाई नियुक्त गरेको छ।