• २८ चैत २०८२, शनिबार

‘पहाड’ को ट्रेलर सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २८ गते । चलचित्र ‘पहाड’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रको कथावस्तुलाई चित्रण गरिएको छ । बेरोजगारी मानवविहीन रित्तिएको पहाड र पानीको समस्या ट्रेलरमा देखाइएको छ । चलचित्रले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको निर्देशक तथा लेखक तुलसी घिमिरेले बताउनुभयो । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, सुनील थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नवअभिनेतृ पञ्चमी घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ  । 

वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ । प्रमोद प्रधानले छायाङ्कन गर्नुभएको चलचित्रको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी समाल्नुभएको छ । चलचित्रमा रन्जितसिंह गजमेरले सङ्गीत दिनुभएको छ ।