• २८ चैत २०८२, शनिबार

युनिटी लाइफ ठगी प्रकरणका दोषी बागलुङका केसी पक्राउ

blog

नवराज नेपाली
बागलुङ (गलकोट) चैत २८ गते ।
युनिटी लाइफ इन्टरनेसनल लिमिटेड ठगी मुद्दामा सर्वोच्च अदालतसमेतबाट दोषी ठहर भएर फरार रहेका सञ्चालक बागलुङका महेन्द्र केसी पक्राउ पर्नुभएको छ ।

बागलुङ नगरपालिका–३ स्थायी ठेगाना रहेका ५२ वर्षीय केसी हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसीमै बस्दै आउनुभएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार केसीलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरेर जरिवाना र सजायका लागि अदातलमा पेश गरेको छ ।

युनिटी लाइफको ठगी मुद्दामा केसीविरुद्ध सर्वोच्च अदालतको २०८२ वैशाख २ गतेको फैसलाले २५ हजार जरिवाना र दुई वर्ष ६ महिना कैदको सजाय सुनाएको थियो । युनीटी लाईफ ठगी भएलगत्तै फरार रहेका केसी अदालतको आदेशपछि पक्राउ परेका हुन् ।