इन्धनजन्य सामग्रीको मूल्यवृद्धिले निर्माण उद्योग सङ्कटमा
इन्धनजन्य सामग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग सङ्कटग्रस्त बनेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ संखुवासभाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
दक्षिणकालीमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु
दक्षिणकाली नगरपालिकामा सवारी दुर्घटना हुँदा ३४ वर्षीय चालक सुरज खड्काको घटनास्थलमै मृत्यु भएको छ ।
नेपालमा पाइने जडिबुटीबाट औषधी उत्पादनको ठूलो सम्भावना छः मन्त्री चौधरी
वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधी उत्पादनको ठूलो सम्भावना रहेको बताउनुभएको छ ।
नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल घटाउन आवश्यकः स्वास्थ्य सचिव देवकोटा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल कम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
'इस्लामावाद वार्तामा कुनै सहमति भएन'
इस्लामावादमा भएको पछिल्लो चरणको वार्तामा संयुक्त राज्य अमेरिका र इरानबिच कुनै सहमति हुन नसकेको अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले बताउनुभएको छ ।
सुशासनको चाहना
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको छ । शुक्रबारको सम्बोधनमा उहाँले मुलुकमा अब सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । यसैका लागि नव युवा पुस्ता (जेनजी) ले आन्दोलन गरेको हो । आन्दोलनसँगै मुलुकमा उत्पन्न जटिल परिस्थितिको निकासका लागि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरियो । छ महिनाभित्र निर्वाचन गर्ने घोषणासहित तत्कालीन प्रतिनिधि सभा विघटन भएको थियो । फागुन २१ गते
दुईदिने बिदाका अवसर
नेपालमा तत्कालीन प्रधानमन्त्री देवशमशेरले शनिबार सार्वजनिक बिदा दिने प्रचलन आरम्भ गरेका थिए । आजसम्म मुलुकमा यसैले निरन्तरता पाएको छ । यसमा क्रमभङ्गताका लागि पटक पटक आइतबारसमेत सार्वजनिक बिदा थपिएका छन् । ती छोटा अवधिमै संशोधन भएका छन् । वर्तमान सरकारले २०८२ साल चैत २३ गते सोमबारदेखि सरकारी कार्यालय र शैक्षिक संस्था बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने र हप्तामा श
आशाको दियो
नेतृत्व लिएको ७२ घण्टा नबित्दै वालेन्द्र (बालेन) शाह नेतृत्व सरकारले २०४८ सालदेखि सार्वजनिक पदधारण गरेका नेता तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने समाचार सुनेपछि मनमा एक किसिमको आशा पलायो । हाम्रो शासनप्रणालीमा इमानदारी योग्यता होइन, अवरोध बन्दै आएको छ । नझुक्ने व्यक्ति ‘अनुकूल’ हुँदैन । सत्य बोल्नेले मूल्य चुकाउनु परेको छ । हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ ‘अ
सदाचारी राज्य निर्माण
नेपालको सामाजिक, राजनीतिक र प्रशासनिक विकासक्रम नियाल्दा सुशासन, पारदर्शिता र उत्तरदायित्वको कमी दीर्घकालीन समस्या रहँदै आएको छ । सनातन संस्कृति र सभ्यताको मर्मविपरीत समाजका सबै क्षेत्रमा नैतिकताको क्षयीकरण भइरहेको छ । मौका पाएमा लामो हात गराउने संस्कृति नै विकास भएको छ । सरकारी, निजी र सामाजिक क्षेत्रमा लुटपाट संस्थागत भएको छ । नियम, कानुन र स्थापित सामाजिक मूल्यमान्यताले गर्न नमिल्ने काम पनि मिलाएर गर्ने गरिएको छ । कतिपय सार्वजनिक नीति स्वार्थकेन्द्रित हुने गरेका छन् । योग्य र सक्षम पदाधिकारी पनि सत्यनिष्ठाको कसीमा चुकेका छन् । चुनावी घोषणापत्र
संसदीय निगरानीका विचारणीय पक्ष
सरकारका तीन अङ्गमध्ये संसद्ले कानुन निर्माण गर्छ । सरकार तथा कार्यपालिकाले कानुन लागु गर्छ भने न्यायपालिकाले संवैधानिक कसीमा रहेर कानुनको व्याख्या गर्छ । यी तीन अङ्ग शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम पृथक् पृथक् काम गर्छन् भने एक अङ्गबाट हुने स्वेच्छाचारितामा अर्को अङ्गले नियन्त्रण र सन्तुलनको सिद्धान्तबमोजिम काम गर्छन् । यही शक्ति सन्तुलनको मान्यताबमोजिम कार्यपालि
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ।
अमेरिका र इरानबिच वार्ता सुरु
अमेरिका र इरानबिच पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता सुरु भएको छ । ४० दिन लामो युद्ध अन्त्य गर्ने प्रयासमा अमेरिका र इरानका प्रतिनिधिमण्डल सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्चस्तरीय वार्तामा सहभागी भएका हुन् । वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानले दुवै पक्षबिच सार्थक वार्ता हुने अपेक्षा गरेको छ । वार्ता निर्धारित समयभन्दा ढिला सुरु भएको इरानी सरकारी समाचार संस्था ‘टिएनए’ ले पुष्टि गरेको छ ।
एरिका कराते वान प्रिमियर लिगको फाइनलमा
चीनको लेसानमा शनिबार भएको सेमिफाइनलमा एरिकाले महिला ६८ केजी तौल समूहमा इटालीकी फेराकुटी क्लियोलाई ८–३ ले हराउनुभयो ।
हुम्लाबाट ४२ प्रकारका जडिबुटी निकासी
हुम्लाबाट ४२ प्रकारका जडिबुटीहरू जिल्ला बाहिर निकासी भएका छन् । जिल्लामा उत्पादन हुने यी जडिबुटी चालु आर्थिक वर्षमा सङ्कलन भएर नेपालगञ्जसम्म निकासी भएका हुन् ।
इन्धनको मूल्य वृद्धिले उद्योग ठप्प हुने अवस्थामा
मध्यपूर्वी देशमा जारी युद्धका कारण इन्धनको मूल्य वृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको निर्माण व्यवसायी सङ्घ कैलालीले जनाएको छ ।
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक सङ्घले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो निर्णयमा पुनर्विचार गर्न माग गरेको छ ।
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनुभएको छ ।
राइजिङ नेपालको निमित्त प्रधान सम्पादकमा लम्साल
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दी राइजिङ नेपालको निमित्त प्रधान सम्पादकमा पत्रकार रमेशकुमार लम्साल नियुक्त हुनुभएको छ ।
टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु छोरा गम्भीर घाइते
बाँके जिल्लाको कोहलपुर-१५, अक्कलघरवामा मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा शनिबार भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने चालक युवक गम्भीर घाइते भएका छन् ।
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
पूर्वी अफगानिस्तानको परवान प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका आठ जनाको मृत्यु हुनुका साथै अर्को एक जना घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता फजल रहिम मुस्किनियारले बताउनु भएको छ ।
सप्तरीमा ग्यास लिक भएर आगलागी
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा ग्यास लिक भएर आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
करेन्ट लागेर सप्तरीमा श्रीमानको मृत्यु, श्रीमती घाइते
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निवासी ६८ वर्षीय राजकुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो।
चलचित्रमा चरित्र खोज्दै दर्शक
अग्लो र कसिलो शरीर । बलिष्ठ पाखुरा । मिलेको जिउ र आकर्षक चेहरा । एक समय यस्तो मान्यता थियो, चलचित्रका नायकनायिका भनेपछि । त्यही मान्यतामा स्थापित भएका नायकहरू हुन्– ‘माइतीघर’ का सिपी लोहनी, ‘सिन्दूर’ का विश्व बस्नेत, ‘जीवन रेखा’ का शिव श्रेष्ठ र ‘जुनी’ का भुवन केसी । राजेश हमाल, आर्यन सिग्देल, निखिल उप्रेती, विराज भट्टलगायत नायकहरू यही मान्यताको निरन्तरता हुन् ।