नेपाली कांग्रेस बाँकेद्वारा राष्ट्रियसभाका लागि १७ जनाको नाम सिफारिस
नेपाली कांग्रेसले बाँके जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १७ जनाको नाम सिफारिस गरेको छ।
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह
भौतिक पूर्वाधार तथा यातायात, सहरी विकाश एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ।
सल्लाघारीमा तीन लाख बढी मास उतार्ने तयारी
नेकपा (एमाले) को शनिबारदेखि सुरु हुने ११ औं महाधिवेशनको उदघाटनसत्रमा तीन लाख बढी मास उतार्ने सो दलले जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी (८ विघा) खाली जग्गामा प्रविधियुक्त आधुनिक मञ्चमार्फत कार्यक्रमको उदघाटन पार्टीका अध्यक्ष केपी शर्मा अोलीले गर्नु हुने छ ।
सप्तरीका पालिका प्रमुख रिले अनशनमा
राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै सप्तरीका पालिका प्रमुखहरु रिले अनशनमा बस्नुभएको छ ।
मुख्यमन्त्री शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुभएको छ ।
पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।
स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणः नीति र कार्यान्वयनको प्रभाव
जलवायु उत्थानशील योजना निर्माणमा स्थानीय सरकारहरुले चासो दिन थालेपछि विपद् व्यवस्थापन सहज र प्रभावकारी भएको छ ।
सुविधायुक्त बसपार्क सञ्चालन गर्नै सकस
सर्लाही सदरमुकाम मलङ्गवामा तीन वर्षअघि नै निर्माण भएको सुविधायुक्त बसपार्क सञ्चालन गर्न नगरपालिका कार्यालयलाई निकै सकस परेको छ ।
ऐतिहासिक सम्झौता
तीन महिनाअघि भदौ २३ र २४ गते नेपालमा भएको दुईदिने युवापुस्ता (जेनजी) को आन्दोलनले वैधता पाएको छ । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे ऐतिहासिक सम्झौतासँगै नेपाल नयाँ चरणमा प्रवेश गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी अभियानका तर्फबाट सहिद परिवारका सदस्य
इतिहास जोगाउने अवसर
पार्टी जीवनको यो लामो राजनीतिक यात्रामा नेपाली कांग्रेस यति बेला इतिहासकै सबैभन्दा दुई ठुला महत्वपूर्ण तर निकै भयानक जँघारका बिचमा छ । एकातिर राष्ट्रको जीवन इतिहासकै सबैभन्दा गम्भीर सङ्कटमा छ ।
सञ्चारमन्त्री खरेलको पहल : यसरी सम्भव भयो पत्रकार सुरेश रजकलाई सहिद घोषणा
विसं २०८१ चैत १५ गते चन्द्रागिरिस्थित निवासमा पाँचारे भोजका लागि बिहानैदेखि घरमा चहलपहल थियो । भोजमा सबै परिवार र आफन्तलाई निमन्त्रणा गरिएको थियो ।
विकासको आधार व्यावहारिक शिक्षा
कुनै पनि व्यक्तिको जीवनमा आइपर्ने आधारभूत कार्य गर्न सक्षम बनाउनु शिक्षाको मूलभूत उद्देश्य हो । यस्तो शिक्षा जीवन उपयोगी हुन्छ । नेपालमा हालसम्म पनि शास्त्रीय शैलीको शिक्षा प्रदान गरिन्छ । यस्तो शिक्षाले अरूको बारेमा ज्ञान तथा सूचना त प्र
ताजा जनादेश नै अर्जुनदृष्टि
आउँदो फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने तयारीका साथ सरकार अगाडि बढिरहेको छ । निर्वाचन आयोगले निर्वाचनका सम्पूर्ण कार्यक्रम घोषणा गरिसकेको छ । यस्तो अवस्थामा जनता र लोकतन्त्रमाथि विश्वास गर्ने देशका राजनीतिक दलले आउँदो निर्वाचनलाई एउटा महापर्वको रूपमा ग्रहण गरी यसलाई सफल पार्नु आवश्यक हुन जान्छ ।
मौसमी रुघाखोकीप्रति सजगता
मौसम परिवर्तनसँगै नाक बन्द हुने, नाकबाट पानी बग्ने, घाँटी खस खस हुने, हाँच्छ्युँ आउने, स्वर भारी हुने, थकाइ लाग्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता रुघाखोकीको मौसम सुरु हुन्छ । संसारमा रुघा नलागेको व्यक्ति भेट्टाउन मुस्किलै पर्छ,
हिमाली जीवनमा बढ्दै कहर
सर्वोच्च शिखरसहित हिम पर्वतमाला नेपालमा हुनु गौरवको विषय हो । पछिल्लो समय जलवायु परिवर्तनको असरसँगै बढ्दो तापक्रमले हिमाली जनजीवन कहरमय बन्न थालेको छ । बढ्दो तापव्रmमसँगै हिमाली गाउँ खाली हुने अवस्थामा पुगेको दुःखेसो स्थानीयवासीको छ ।
स्थानीय तहमा थपिदै बेरुजु : एकै व्यक्तिलाई चार लाख सहयोग !
कालीकोट जिल्लाको शुभकालीका गाउँपालिकाको एक वर्षको बेरुजु तीन करोड ३२ लाख पुगेको छ। आर्थिक वर्ष २०८०-८१ को लेखा परीक्षणबाट तीन करोड ३२ लाख ९६ हजार ७०२ रुपियाँ थपिएसँगै हालसम्मको बेरुजु रकम २१ करोड १२ लाख ७० हजार ६९४ रुपियाँ पुगेको छ।
‘देश बनाउने जिम्मेवारी दुई दलकै काँधमा छ’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा काम गर्ने दुई ठुला पार्टी एमाले र काँग्रेस भएकाले पुनः सोही दलको काँधमा जिम्मेवारी आउने बताउनुभएको छ ।
नारायणगढ-बुटवल सडक विस्तार
नारायणगढ बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपुर खण्डमा अब एउटा मात्रै पुल निर्माण बाँकी छ ।
सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए
सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् ।
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ बिहीबार स्थगित भएको छ।
थाइल्यान्ड-कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु
कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ जना थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताउनुभएको छ ।
उत्तरी गोरखाको न्याउली खोलामा पुल निर्माण
उत्तरी गोरखाको आरुघाट-माछीखोला-लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका-७ न्याउली खोलामा मोटरेबल पुल निर्माण भएको छ ।
नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ
नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ ।
दाङ बस दुर्घटना : घाइते २२ जना डिस्चार्ज (नामसहित)
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुल नजिक भएको बस दुर्घटनामा २२ जना घाइते डिसचार्ज भएका छन् ।