रमेश विश्वकर्मा
गुल्मी, असोज २६ गते । गुल्मीको रुद्रवेणी-वामी टक्सार सडक अवरुद्ध भएको छ। यस जिल्लाको सत्यवती गाउँपालिका-६, बोटेगाँउिस्थित रुद्रवेणी-वामी टक्सार सडक खण्डमा सुख्खा पहिरोको खस्द सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार यस सडक खण्डमा सडक माथिबाट रूख सहितको सुख्खा पहिरो खस्न गई बाटो पूर्णरूपमा अवरोध भएको हो। पहिरो खसेको खबर प्राप्त हुनासाथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय जोहाङ गुल्मीबाट प्रहरी नायब निरीक्षक नरेन्द्र विकको कमान्डमा प्रहरी टोली खटिएको छ।
स्थानीय सरकार, स्थानीय मानिसहरू, सवारी सञ्चालकहरू, यात्रुहरू समेतको सहकार्यमा पहिरो हटाउने कार्य भैरहेको छ। एकतर्फी सडक सञ्चालन भएका छन् ।