कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन पार्टीका सबै तहका नेता–कार्यकर्ता एकजुट भएर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ।
उज्यालोबाट बञ्चित हुँदै पालिका
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका उज्यालोबाट बञ्चित हुँदै आएको छ।
मुख्यमन्त्री शाहद्वारा चार आयोजनाको सुरुवात
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चार वटा आयोजनाको सुरुवात गर्नु भएको छ । बिहीबार बिहान आफ्नो निर्वाचन क्षेत्र लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा ती आयोजनाको सुरुवात गर्नुभएको हो ।
चाडपर्व हाम्रा अमूल्य निधि हुन् : प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्व नेपाली समाजको अमूल्य सांस्कृतिक निधि भएको बताउनुभएको छ । उँधौली, धान्यपूर्णिमा, ज्यापु दिवस तथा यःमरी पुन्ही पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
बाटो बिना पक्की पुल, तीन वर्षसम्म भएन प्रयोग
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ र २६ जोड्ने विजयपुर खोलामा अहिले दुई पुल प्रयोगविहीन छन् ।
संयोजक दाहालद्वारा उधौलीको शुभकामना
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि तथा धान्यपूर्णिमा पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सुशासनको दिशा
विश्वभरिकै सरकार यताका वर्षमा जनचाहनाको खरो परीक्षामा छन् । प्रत्येक मुलुकका नागरिकको चाहना आफ्नो सरकारले जनहितलाई प्राथमिकता दिन सकोस् भन्ने रहेको हुन्छ । अझ लोकतान्त्रिक व्यवस्थामा जनचाहनाबिनाको सरकार लामो समय टिक्न नसक्ने अनेक उदाहरण ताजै छन् । सत्तामा नपुग्दा जनचाहनाका बहुरङ्गी सपना देखाए पनि सरकारमा पुगेपछि जनताका चाहनालाई वास्ता नगर्ने प्रवृत्ति पनि छ । सत्ताबाहिर रहँदा सुशासनको अनेक मिठा सपना देखाउने सरकारमा पुगेपछि वाचा चटक्कै बिर्सने गरेको पनि पाइन्छ । जननिर्वाचित
विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति होः उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताउनुभएको छ ।
हलचल पश्चिमी गोलार्द्धमा, असर सर्वत्र
दक्षिण एसियाको मौजुदा परिस्थितिलाई गत आइतबार पाकिस्तानको ‘डअन’ अखबारले ‘विषाक्त’ भनेर चित्रण गरेको थियो । जग–जाहेर छ, भारत र पाकिस्तान अवस्थित यस एसिया महादेशको यो भूखण्ड सन् १९४७ यता तनाउमुक्त रहन पाएको छैन
जेनजीले चाहेको विकास
नेपाल अहिले विकासको नयाँ मोडमा उभिएको छ । सडक, पुल, भवन, उद्योग, जलविद्युत् र अन्तर्राष्ट्रिय सहयोगका चर्चा भइरहेका छन् तर यिनै विकास अवधारणाका बिच एउटा पुस्ता हामीकहाँ मौन छैन । उनीहरू प्रश्न गरिरहेछन्–विकास के हो ? क
भारतीय नम्बर प्लेटको कार दुर्घटना : तीन जना घाइते
सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
विषादी नियन्त्रणको आदेश
तरकारी तथा फलफूलमा हालिएको विष मानिसको शरीरमा मन्द असर गर्छ । यस्तो विषले तत्काल असर नगरे पनि बिस्तारै शरीरलाई हानि गरी कालान्तरमा दीर्घ रोग लाग्ने सम्भावना हुने विशेषज्ञहरूको भनाइ छ ।
अपाङ्गता भएकाको अधिकार
विगत दशकमा नेपालले अपाङ्गता समावेशी कानुन, नीतिहरू तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताका दृष्टिले महत्वपूर्ण प्रगति गरेको छ । प्रगति गरे पनि व्यावहारिक कार्यान्वयन, स्रोत परिचालन, पूर्वाधार विकास, सामाजिक दृ
गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा सूचीकृत, १५४ कर्मचारी प्रत्यक्ष लाभान्वित हुने
गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको छ । गोरखापत्र संस्थानका प्रवक्ता तारा बस्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषमा संस्थान सूचीकृत भएको जानकारी दिनुभयो ।
कृषि उत्पादनको सम्मान गर्ने पर्व
माङा पुन्ही सकेपछि नेवार समुदायका मानिसले नेपाल संवत्को दोस्रो चाडको रूपमा यमरी पुन्ही मनाउँछन् । नेवार समुदायले परम्परादेखि मान्दै आएका हरेक चाडपर्व विज्ञान र प्रकृतिमैत्री छ । असार साउनमा रोपिएको धान मङ्सिर महिनामा काटेर भिœयाएपछि नयाँ धानको चामलको पिठोबाट पहिलो परिकारको रूपमा बाफमा पकाएर यमरी खाने गरिन्छ । यमरी/योमारी एक परम्परा
‘महाधिवेशनमा एमालेको कुनै ध्रुव हुँदैन, सहमतिमै नेतृत्व चयन हुन्छ’
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति र एकताका साथ नेतृत्व चयन हुने सम्भावना रहेको बताउनुभएको छ ।
कृषक आन्दोलनले चिनी मिल सञ्चालनमा ढिलाइ
उखु कृषकले अनुदान र उखुको समर्थन मूल्यको विषयलाई आन्दोलन तीव्र पारेपछि रामनगरस्थित एभरेस्ट चिनी मिलको चालु क्रसिङ सिजन (०८२–८३) प्रभावित बनेको छ। किसान आन्दोलनका कारण गत वर्षको तुलनामा यो वर्ष ढिलो गरी मात्र मिल सञ्चालन हुने एभरेष्ट चिनी मिलले जनाएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट राजीनामा दिनुभएको छ ।
जनकपुर-ढल्केवर सडकखण्डको तीन स्थानमा आकासे पुल निर्माण तीव्र
धनुषाको जनकपुर–ढल्केवर ६ लेन सडक खण्डको तीन स्थानमा आकासे पुल निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ ।
पुरातात्विक महत्वका वस्तु जोगाउनै मुस्किल
पुर्खाले पहाड खोपर बनाएको गुफा आर्कषक पर्यटकीय गन्तब्य बनेपनि भित्र रहेका बहुमुल्य सामग्री राखिएका कोठा रित्तो भएपछि पर्यटन व्यवसायी समेत रहनुभएकी गुरूङसहित स्थानीयबासीको प्रयास सफल हुन सकेको छैन ।
अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब
युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ ।
भासिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु
मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो ।
काठमाडौँमा आज दिनभर आंशिक बदली हुने
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जेनजी सहिद दिवस
गोली निलेका सहिदका प्यारा ती लासले धिक्कार्ला धर्तीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला सहिद रोलान् हामीले उन्नति गरेर नगए । – कवि भूपि शेरचन