• १९ असोज २०८२, आइतबार

तिम्री आमा जस्तै...

blog

आमा बितेपछि घर बस्न लागेन् । जीवनमा शून्यता छायो । मलाई के गरौँ कसो गरौँ भयो । उहा“ले यति चा“डै छोडेर जानुहुन्छ भन्ने सोचेकै थिइनँ । जति सम्झिए पनि चित्त बुझाउन सकिनँ । मैले बुवाको मायाको अनुभव गर्न पाइनँ । आमा नै मेरा लागि संसार हुनुहुन्थ्यो । मैले थाहा पाउ“दा बुवा देखेकी थिइनँ । आमाबिना म अधुरो भए । घरमा बस्दा आमाको यादले धेरै सतायो । दिन रात बिताउन मुस्किल प-यो । म डिप्रेसनको सिकार हु“दै छु भनेर डराएँ । यो पीडाबाट मुक्ति पाउनका लागि कतै घुम्न जाने निधो गरेँ । जागिर, पढाइ, व्यवहार सबै कुरालाई थाँती राखेर घरबाट निस्किए । 

कहिले हिमाली भेग डुलेँ, कहिले तराई त कहिले पहाडी भेग डुलेँ तर आमाको सम्झना मनबाट हटेन । उहा“को स्मृतिमा अलमल्लिइरहँे । मनमा शान्ति नभएपछि कतै खुसी भेटिँदो रहेन छ । आफ्नो नजिकको मान्छेस“ग वियोग हु“दा शरीरको महìवपूर्ण अङ्ग गुमाए झैँ लाग्दो रहेछ । आमाको सम्झनाको धङधङीले मलाई उच्च रूपमा रन्थन्यायो । स्मृतिको ज्वरोको तापव्रmम नाप्नै नसक्ने गरी बढ्यो ।

मेरो यात्रा पहाडी भेगमा थियो । हिँड्दा हिँड्दै सा“झ प-यो । म थाकेर लखतरान भएकी थिए । एउटा झुपडीमा आ“खा प-यो । मलाई जान मन लाग्यो । ढोका ढकढक पारेँ । खुल्न निक्कै बेर लाग्यो । धेरै पटक ढकढक पारँे । बल्लतल्ल खुल्यो । एक वृद्ध मानिस मेरो सामु उपस्थित हुनुभयो । दमको बिराम रहेछ । उहा“ले सास फेरेको म राम्ररी सुन्दै थिए । उहा“ले भित्र छिर्न अनुमति दिनका लागि आनाकानी गर्नुभयो ‘नानी कताबाट आउनुभयो कुन्नि ? म त एक्लै छु । पकाएर दिने मान्छे छैन । सुत्ने ठाउ“ पनि छैन । अन्त कतै जानुहोस् न । यही पर्तिर पनि घर छ ।’ म अन्त कतै जान चाहान्नथे । जसरी पनि त्यहीँ बस्ने निर्णय गरँे र ती ज्येष्ठ नागरिकस“ग अनुरोध गरे ‘बुवा यहा“ म कसैलाई चिन्दिनँ । तपाईंको घरमा बस्छु । आफैँ पकाएर खान्छु ।’ बल्लतल्ल मेरो प्रस्ताव स्वीकृत भयो । अनि मैलेभित्र प्रवेश गर्ने अनुमति पाए । टुकी मधुरो रूपमा बलिरहेको थियो । अ“गेनोमा आ“गोस“गै धुवाँ पतपताइरहेथ्यो । उहा“को नाजुक अवस्थाले मेरो मर्मसम्म स्पर्श ग¥यो । एकदम धेरै माया लाग्यो ।  वृद्ध मानिस अ“गेनोको एक छेउमा बस्नुभयो । म अर्को छेउमा । त्यो अनुहारमा हेर्दा नगन्य चाउरी जम्मा भएको थियो । ती धमिला आ“खाले पनि मतिर हेरिरहेका थिए । दमले सास बढिरहेथ्यो । ‘नानी के खानुहुन्छ त अब ? सकी नसकी बोल्नुभयो, ‘मैले त अघि खाइसकेको ।’ म उहा“लाई दुःख दिन चाहान्नथे । त्यसैले मानवताको भाव बोकेर सदासयतापूर्वक बोले ‘खाने कुरा मैले नै बोकेर ल्याएको छु बुवा । तातो पानी चाहिन्छ ।’ अ“गेनो छेउको चियादानीतिर इसारा गर्नुभयो । दुध छैन भन्ने ठानेर तातो पानीको विकल्प रोजे । मैले ब्यागबाट सातु झिके । हामी दुवै जनालाई भाग लगाए । खान्न भन्दै हुनुहुन्थ्यो । मैले जर्बजस्ती गरे । यो बुढेसकालमा उहा“ एक्लै भएकाले मलाई जिज्ञासा थियो । 

‘बुवा तपाईंले घरबार गर्नु भएन ?’ मैले प्रश्न गरेँ । उहा“ केही क्षण मौन र गम्भीर हुनुभयो । गलत प्रश्न गरेछु कि जस्तो लाग्यो । पतपताइरहेको धुवाँलाई उहा“ले एकनाश हेरिरहनुभयो । म पनि धुवाँस“गै धेरैबेर हराए । आमाको धुमिल आकृति दिमागमा रङमङाइरह्यो । धुवाँस“गै मैले जीवनको अस्तित्वबोध गर्ने जमर्को गरे । टाढा टाढासम्म पुगेर जिन्दगी र मृत्युबिचको सम्बन्धको परिकल्पना गरेँ ।

केही बेरको अन्तरालपछि उहा“ निराश हु“दै बोल्नुभयो, ‘घरबार त गरेको थिए तर आधा बाटो हि“ड्दा हि“ड्दै घरबारविहीन भएँ ।’ अनि यो बुढेसकालमा कसरी एक्लै हुनुभयो त ?’ मैले उहा“तर्फ जिज्ञासु नजर फि“जाएँ । 

‘मैले त्यही पारि गाउ“की मनकुमारीस“ग बिहे गरेको थिए । उनी धेरै राम्री थिइन् । धनको धनी भए पनि हामी प्रेमको धनी थियौ । हाम्री एउटी छोरी थिइनँ । जिन्दगी राम्रोस“गले चलिरहेको थियो । अचानक हाम्रो खुसीमा बादल लाग्यो ।’ उहा“ बोल्दा बोल्दै भक्कानिनुभयो । 

‘खुसीमा बादल ? के भएको थियो र बुवा ?’ म पनि हतप्रभ भए ।  ‘छोरीसहित उनी बेपत्ता भइन् । मैले सबैतिर खोजे कतै फेला पारिन् । उनको वियोगमा यो जिन्दगी काट्न मुस्किल परेको छ । उनले मलाई किन धोका दिइन् होला ? यो प्रश्नले बारम्बार हैरान पारिरहन्छ । हाम्रो मायाप्रीतिमा कसरी आ“धीबेहरी आयो ? म यसबारेमा अन्जान छु । उनी आउ“छिन् भन्ने आशाले पर्खिइरहँे । त्यसैले अर्को बिहे गर्न पनि मन लागेन् । उनकै तपस्यामा जवानी बिताए ।’ बोल्दा बोल्दै ती आ“खामा आ“शु डबडबाए ।

नानीको घर कहा“ हो ? के कामका लागि यता आउनुभएको थियो ? आ“शु पुछ्दै कम्पित स्वरमा भन्नुभयो । मेरा आ“खामा पनि तरलता भरियो । 

‘म पोखराबाट आएकी हु“ बुवा । आमा बित्नुभयो । मनमा चोट प¥यो । पीडाले रन्थनिएर म भौँतारिन थालेकी हु“ । मैले बुवाको अनुहार देख्न पाइनँ ।’ मेरो कुरा सुनेर उहा“ अनकनाउनुभयो । सुस्केरा हाल्दै बोल्नुभयो ‘नानी हामीले जीवनमा धेरै सङ्घर्ष गरेछौँ । तपाईं पनि एक्लै म पनि एक्लै । दैवले पनि धेरै ठगे हामीलाई ।’ 

‘आफ्नो भाग्यमा लेखिएको मेटिँदैन बुवा । हामीलाई समय र परिस्थितिले जहा“ पु¥याए पनि स्विकार्नै पर्छ । गुलाफमा पनि त का“डा छ तर आफ्नो सुन्दरता छरेर मुस्कुराइरहन्छ ।’ यी वाक्य बोलिरहँदा आफू दार्शनिक भएको भान भयो । ‘बुवा छोरीको नाम के थियो त ?’ मैले उनको ध्यान मोड्ने कोसिस गरँे । 

‘ज्योति मेरी छोरी तपाईं झैँ राम्री थिइन् । ती आमा छोरीलाई देख्न पाए म ढुक्कले मर्न पाउने थिएँ । मेरो भाग्यमा लेखिएको छ कि छैन ?’ उहा“ लामो समयसम्म सोचाइमा डुब्नुभयो । सोचाइको अन्तरालपछि केही कुरा याद आए जस्तो सोध्नुभयो, ‘नानीको नाम चाहिँ के हो नि ?’ उहा“को प्रश्न रामवाण झैँ भयो मेरा लागि । नाम मिल्यो, हुलिया मिल्यो । मनमा ढ्याङ्ग्रो बज्यो । मेरो वास्तविक बुवा ती वृद्ध मानिस हुुनुहुन्थ्यो भन्नेमा म सुनिश्चित भएँ । म आ“शुले सजल सजल भएँ । त्यो न्यानो छातीमा घोप्टिएर धेरैबेर रोए ‘म तपाईंको छोरी जस्तै होइन, छोरी नै हु“ । मेरी आमाले तपाईंलाई छोडेर दोस्रो बिहे गर्नु भएछ । तर उहा“को दोस्रो श्रीमान् चा“डै बित्नु भएछ । दोस्रो बिहे गरेपछि कुनै छोराछोरी जन्मिएनछन् । आमा गुमाए पनि बुवालाई देख्न पाएँ ।’ उहा“ भावविभोर हुनुभयो । छोरी म एकदम खुसी भएँ तर तिम्री आमास“ग भेट भएन । उनले अर्को बिहे गरेको तिमीबाटै थाहा पाएँ । कसैको मनमा कोही पस्न सक्दो रहेनछ । उनी मलाई एकदम माया गर्थिन् । कसरी धोका दिइन् होला ? निष्ठुरीले मलाई चटक्कै माया मारिन् ।’ उहा“ भक्कानिनुभयो । हामीबिच खुसी र दुःखको रुवाबासी भयो । मान्छे धेरै आनन्दित र वेदनामा हु“दा दुवै अवस्थामा रुदोरहेछ । जीवनका घटना कहा“बाट कहा“ जोडिँदारहेछन् सम्झिँदा अनौठो लाग्छ । मैले बुवालाई पनि आफूस“गै लाने निर्णय गरँे । 

‘बुवा एक्लै नबस्नुहोस् अब मस“गै जाऔँ । मेरो पनि त कोही छैन । म तपाईंको बुढेसकालको सहारा बन्छु 

‘नानी मैले यही ठाउ“मा लामो समय बिताएँ । हामी गएपछि यो पैतृक सम्पत्तिको के अवस्था होला ? यसमा तिम्रो अधिकार छ अब । म एक्लै बस्ने बानी भइसकेँ । अब तिम्रा लागि बोझ बन्न चाहान्न ।’ 

उहा“को विचार मलाई सान्दर्भिक लाग्यो । यस बारेमा म संवेदनशील भए । मेरो दिमागमा बिजुली चम्किए झैँ एउटा विचार आयो । ती चाउरी परेका हात समाउ“दै भने ‘बुवा कसैलाई घरबारी रेखदेख गर्नका लागि राखौँ अनि आउ“दै जा“दै गरौँला नि । मलाई पनि त यो ठाउ“, यो सम्पत्तिको माया छ ।’ मेरो कुरा सुनेर उहा“ मुस्कुराउनुभयो । हामी भोलिपल्ट नै पोखरातर्फ प्रस्थान ग¥यौँ । आमाको अभावमा छटपटाइरहेकी म बुवा भेटेपछि बिस्तारै निको हुने प्रयासमा थिएँ । जीवनलाई पुनः गतिशील बनाएँ । मलाई जन्म दिने ज्येष्ठ नागरिकको अनुहारमा पनि खुसी भरिन थाल्यो । केही गुमाउनु र केही पाउनु नै खास जिन्दगी रहेछ । कसैको आगमन कसैको प्रस्थानले जीवनको आरोह अवरोहलाई प्रतिविम्बित गर्दोरहेछ । आफ्नो घाउलाई बुवाको मायामा बिर्सिने प्रयास गरे । पढाइ र जीवकोपार्जनको काममा व्यस्त हुन थालेँ अर्थात् मेरो साबिक कार्यलाई निरन्तरता दिएँ । 

अब हामी फेरि अप्ठ्यारो मोडमा प्रवेश ग¥यौँ । मेरो बिहेको कुरा चल्न थाल्यो । उहा“ निराश हु“दै बोल्नुभयो, ‘म गाउ“ फर्किन्छु ज्योति । मलाई उतै प्यारो छ । तिमी राम्ररी गरी खाउ छोरी ।’ म उहा“को त्यो निर्णयस“ग एकदम असहमत भए । किनकि आमा त गुमाएँ । बल्लतल्ल भेटेको बुवा पनि गुमाउ“दा मेरो बा“च्ने आधार हराउने थियो । बुढेसकालको बुवालाई बेसहारा बनाएर म कतै खुसी पाउन सक्दिनथँे । 

मेरो हुनेवाला श्रीमान्स“ग आफ्नो बुवालाई स्विकार्ने भए मात्र बिहे गर्ने सर्त राखेँ । असहज मान्दै बोलेँ ‘विशाल हाम्रो बिहे हुनुअघि एउटा सर्त राख्न चाहान्छु ।’ विशाल केही क्षण मौन भए अनि मेरा आ“खामा नियाल्दै बोले, ‘तिमीले सय वटा सर्त राखे पनि म मान्न तयार छु ।’ 

‘मस“ग बिहे गर्ने हो भने मेरो बुवालाई पनि स्विकार्नु पर्छ । म उहा“को एउटै सन्तान भएकाले यो मेरो उत्तरदायित्व हो ।’ मैले संवेदनशीलताका साथ आफ्नो विचार राखँे । उनी फेरि पनि सोचाइको संसारमा हराएँ । मैले उत्तरको प्रतीक्षा गरिरहे । 

‘तिम्रो सर्त मन्जुर छ । अब हामी दुई परिवार एक हुने छौँ । तिम्रो समस्या नै मेरो समस्या हो । म जीवनभर तिमीलाई साथ दिने छु ।’ उनको उदारवादी सोचाइले मेरो मनमा तरङ्ग ल्याइदियो । उनीप्रतिको सम्मानको टाकुरा अझ अग्लियो । प्रेमको भावना झन झन फैलियो । 

  मेरो प्रस्ताव स्वीकृत भएपछि मात्र हामीले वैवाहिक जीवनको सुरुवात ग¥यौँ । मैले समय मिलाएर सासूससुरा, बुवा, श्रीमान र समग्र परिवारको रेखदेख गरँे । घरपट्टिकाले सुरुमा त बुवालाई असहज व्यवहार गरे तर पछि पछि परिवारको सदस्यको रूपमा अपनाए । जुन काम पनि सुरुमा थाल्नका लागि गाह्रो हु“दोरहेछ । परिवर्तन आफैँबाट ल्याउनुपर्ने रहेछ । म छोरीप्रतिको समाजको सा“घुरो सोचलाई बदल्न चाहन्थेँ । छोरी र बुहारीको उत्तरदायित्व पूरा गर्दै मैले आफ्नो पेसालाई पनि स“गस“गै निरन्तरता दिइरहँे । 

जब म गर्भवती भए । बुवालगायत घर परिवारमा खुसी छायो । हजुरबुवा बन्नका लागि उहा“लाई एकदम हतार थियो । धेरै खुसी देखिनुभयो । श्रीमतीस“ग छुटेर त्यो कोमल मुटुमा लागेको घाउ निको भएको हेर्न चाहान्थेँ म । मेरो हुनेवाला सन्तान बुवाको बिरामको औषधी बन्न सक्ने सम्भावना प्रबल थियो । त्यसैले म व्यग्र रूपमा त्यही दिनको प्रतीक्षा गर्दै थिएँ । जब मलाई डेलिभरीका लागि अस्पताल पु¥याइयो । बुवा पनि अरूस“गै त्यहा“ पुग्नुभयो । सुत्केरी व्यथाले च्यापेपछि आमा बन्नुको कष्ट म पहिलो पटक अनुभव गर्दै थिएँ । तर त्यो पीडाले पनि आनन्द दिइरहेको थियो । किनकि म आमा बन्दै थिएँ । सृष्टिकै मिठो शब्द र सम्मानको भागीदार बन्दै थिएँ । नारीको पूर्णता नै वात्सल्य प्रेमको प्राप्ति रहेछ । मैले अर्को जन्म पाएको महसुस गर्दागर्दै छोरी जन्मिइन् । बुवा मलाई भेट्न बेडमै आउनुभयो । नातिनी नियाल्नुभयो । आ“खाबाट बरर आ“शु झार्दै भन्नुभयो ‘नातिनी त तिम्री आमा जस्तै छिन् ।’