राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), मङ्सिर ६ गते । विश्व बालदिवसको अवसर पारेर स्याङ्जामा बालबालिकाका समूह बीच पञ्चेबाजा प्रतियोगिता गरिएको छ ।
प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाको जनता माविका बालबालिका प्रथम भएका छन् ।
आँधिखोला गाउँपालिकाको जनहित मावि द्वितीय, पुतलीबजार नगरपालिकास्थित लामागे पञ्चेबाजा समूह तृतीय र पुतलीबजारकै सरस्वती मावि नागडाँडा सान्त्वना भएका छन् ।
एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आयोजित प्रतियोगितामा पालिकागत रुपमा बालबालिकाहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार, ४ हजार सहित प्रमाणपत्र प्रदान गरिएको एकीकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो ।
बाल अधिकार सहित बालबालिकाको आवाजलाई गायन र पञ्चेबाजाको संगित मार्फत थप बुलन्द बनाउन र बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको एकीकृत सेवा कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिका संयोजक सुधीर पौडेलले कला र संस्कृतिको संरक्षणसँग पुस्तान्तरणका लागि बालबालिकाहरूलाई सीप सिकाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार, ४ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।