• २४ कात्तिक २०८२, सोमबार

महिला क्रिकेटरले भारतमा अभ्यास खेल खेल्ने

blog

फाइल तस्बिर ।

काठमाडौँ, कात्तिक २४ गते । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अभ्यासका लागि भारत भ्रमण गर्ने भएको छ ।

अभ्याससँगै नेपाली टोलीले नोभेम्बर १३ देखि १९ तारिखसम्म ६ वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दियो ।

नेपालले नोभेम्बर १३ र १७ मा राजस्थान, १४ र १८ मा उत्तराखण्ड क्रिकेट सङ्घ तथा १५ र १९ मा बङ्गालसँग खेल्ने छ । महिला टोलीले आइसिसी टी–२० विश्वकप छनोटको तयारीका लागि भारतको भ्रमण गर्न लागेको हो । 

शृङ्खला खेल उत्तराखण्डको चिदरवालास्थित आयुश क्रिकेट एकेडेमीमा हुने छ । क्यानले भारत भ्रमणका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय खेलाडी टोली घोषण गरेको छ।

टोलीमा कप्तान बर्मासँगै रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर, अस्मिना कर्माचार्य, इश्वरी विष्ट, साना प्रविन, रोमा थापा, मनिषा उपाध्याय, सीमाना केसी, ममता चौधरी, विन्दु रावल र लक्ष्मी साउद हुनुहुन्छ ।