लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल दल कति वटा रहेका छन् ? छ वटा (राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी)
सुशासनका प्रमुख तत्व : विषयगत प्रश्नोत्तर
सुशासनका प्रमुख तत्व १. सुशासनका प्रमुख तत्व उल्लेख गरी मानव अधिकारको संरक्षण र संवर्धनमा सुशासनको महत्वबारे चर्चा गर्नुहोस् । सेवा प्रवाह, विपत् व्यवस्थापन, स्रोतसाधन परिचालनलगायत विविध सार्वजनिक मामिलाहरूको व्यवस्थापन जनमुखी, पारदर्शी, जवाफदेही, सहभागितामूलक एवं विधिसम्मत ढङ्गले सम्पन्न गरी नागरिकलाई शासनको सुखद अनुभूति गराउनुलाई सुशासन भनिन्छ । यो नागरिक हित केन्द्रित भई राज्यको स्रोतसाधन र अधिकारको प्रभावकारी ढङ्गले अभ्यास गर्ने शासकीय पद्धति पनि हो । मानवीय
यस्तो छ आजको मौसम पूर्वानुमान
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीमा नयाँ नेतृत्व
चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ ।
जनकपुरधाम सहर व्यवस्थापन सुधारका लागि प्रदेश सरकारको अग्रसरता
मधेश प्रदेशको राजधानी जनकपुरधामको सौन्दर्यीकरण तथा सडक,फुटपाथ,ई रिक्सा,सरसफाई र छाडाचौपायाको व्यवस्थापनका लागि प्रदेश सरकारले अग्रसरता देखाएको छ ।
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पु¥याउन आएको बताउनुभएको छ ।
प्रदेशमा सरकार छ भने जनतालाई अनुभूति दिलाउन प्रयत्नशिल छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकारले प्रदेशमा सरकार छ भने जनतालाई अनुभूति दिलाउन प्रयत्नशिल रहेको बताउनुभएको छ ।
काम लगाइदिने प्रलोभन देखाई अनैतिक कार्यमा लगाइएका चार महिलाको उद्धार
पोखरा महानगरको वडा ८, जाल्पारोडमा रहेको एक खाजाघरबाट कास्की प्रहरीले चार महिलालाई उद्धार गरिएको छ ।
न्यून आयका परिवारलाई घर निर्माणमा सहुलियत ऋण सुविधा
हेटौँडा उपमहानगरपालिका क्षेत्रमा बसोवास गर्दै आएका न्यून आय भएकालाई लक्षित गरी लागत प्रभावकारी खर्चमा आवास निर्माण गर्न ऋण सहयोग उपलब्ध गराइने भएको छ ।
विद्यार्थीलाई गर्मी छल्न पङ्खा वितरण
तराई मधेशमा गर्मी बढेपछि राजविराज नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई गर्मी छल्न पङ्खा वितरण कार्यक्रम शुरु गरेको छ ।
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभएको छ।
सप्तरीमा एक महिनामा ११ जनाको मृत्यु
सप्तरीमा एक महिनाभित्रै ११ जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ ।
घरदैलोमै जन्म र मृत्युदर्ताको प्रमाणपत्र
दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ ।
हुरीबतासले दर्जनौँ घरमा क्षति, विद्युत सेवा अवरुद्ध
सिन्धुली जिल्लाको विभिन्न ठाँउमा सोमबार बेलुका आएको भीषण हुरीबतासले जनजीवन प्रभावित बनाएको छ ।
राष्ट्रपति पौडेलद्वारा एमाले अध्यक्ष ओलीप्रति समवेदना प्रकट
राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकारद्वारा १५ वटा खुला व्यायामशाला निर्माण
नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले प्रदेशभरि १५ वटा खुला व्यायामशाला निर्माण गर्ने भएको छ।
खोटाङमा हावाहुरीको कहर : ३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध
हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्याएको हो।
रज्जुमार्गको कुरूप रमिता
समाजमा कहिलेकाहीँ अनौठो भाष्य बन्छ । नयाँ सबै ठिक र पुराना सबै गलत । इतिहासका कालखण्डमा कतिपय भौतिक पूर्वाधार धेरैपहिले नै प्रभावकारी रूपमा रचना गरिएको देखिन्छ । नेपालको पूर्वाधार इतिहासमा ती अति उपयोगी मात्र होइन, गौरवका विषय पनि थिए । त्यसमा काठमाडौँ र हेटौँडा रज्जु अर्थात् रोपवे पनि मान्न सकिन्छ । तारका माध्यमबाट समान ढुवानी गर्न सकिने यो मार्ग छ दशकअघि निर्माण भई सञ्चालनमा आएको थियो । यो मालसमान ढुवानी गर्न २०२० सालमै तयार भएको थियो । अमेरिकी सरकारको २९ करोड रुपियाँ
बालेन लहरको मनोविज्ञान
हालै सम्पन्न चुनावमा २०७९ सालमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकको अनुमानभन्दा फरक नतिजा ल्याएको छ । १८२ सिट अर्थात् झन्डै दुई तिहाइ सिटको जितपश्चात् रास्वपाले हासिल गरेको सफलतालाई चुनावी लहर विशेष गरेर बालेन्द्र (बालेन) शाहको पक्षमा आएको लहर भनेर विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चार जगत् र
सुशासनबाटै जनमतको कदर
जेनजी विद्रोहले परम्परागत राजनीतिक संरचना र नेतृत्वमा गरेको बलशाली हस्तक्षेपपछि आमनिर्वाचनमार्फत देशले नयाँ गन्तव्य तय गरेको छ । राजनीतिक स्थायित्वको सन्देशसँगै नयाँ सरकारबाट आमनागरिकले सेवा प्रवाहमा तत्कालै उल्लेख्य सुधार, पारदर्शिता, सुशासन खोजेका छन् । संरचनागत सुधार र लोकतन्त्रको सुदृढीकरणबाट मात्रै यी जनअपेक्षा पूरा हुन सक्छन् । भ्रष्टाचार नियन्त्रण, सार्वजनि
युवा चेत र लोकतन्त्रको परीक्षा
प्रविधि–सुगमता र सूचना–बाढीसँगै युवामा आलोचनात्मक चेत घट्दै गएको विरोधाभास प्रस्ट देखिन्छ । मनोरञ्जनप्रधान डिजिटल संस्कृतिले विचार निर्माणको गहिराइ सतहमा झारेका बेला समाधान मिडिया–सूचना साक्षरता, तथ्य जाँचको अभ्यास र नीतिस्तरको दीर्घकालीन लगानीमा निहित छ ।
इन्धन होइन अब बिजुली
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले हर्मुज (डमरु) को जलमार्ग बन्द गरेको छ । यो जलमार्गले साउदी अरेबिया, इरान, इराक र संयुक्त अरब इमिरेट्स जस्ता प्रमुख तेल उत्पादक देशलाई ओमानको खाडी र अरब सागरसँग जोड्छ । यही मार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल आपूर्ति हुने गथ्र्यो । उक्त जलमार्ग बन्द भएपछि विश्वव्यापी तेल बजार प्रभावित भइरहेको छ ।
मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम
सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ ।
स्थानीयबिच कुटाकुट हुँदा एक जनाको मृत्यु
स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।