अमेरिकामा मौसमी फ्लुको प्रकोप : अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमानअनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ ।
युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नु पर्छ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ ।
बुधरामको बन्धक जिन्दगी [कथा]
मङ्सिर महिना । गाउँभरि धान दाइँको चटारो छ । वर्षभरिको कमाइ घर भित्र्याउने ध्याउन्नमा किसान लागेका छन् । बुधराम थारूको परिवार पनि धान दाइँमा लागेको छ । मात्र दुइटा गोरुले बुधरामको धानको घान मेलो अलिकति पनि निख्रिरहेको छैन । ऊ घरी घरी घाना समेट्दै बर्बराउँछ, “खै यो के धान हो सस्सुर, निख्रँदै ननिख्रिने ।”
मुस्ताङका पशुपालक कृषक पहाडी र हिउँ चितुवाको चपेटामा
घरपझोङ गाउँपालिका–२,मार्फाका पशुपालक कृषक सन्तोष परियारले गोठमा राखिएको भेडाच्याङ्ग्रालाई चितुवाले मार्छ भन्ने कल्पना गर्नुभएको थिएन । बस्ती नजिकै, मानिसको चहलपहल हुने स्थानमा गाउँभित्रको भेडाच्याङ्ग्रा राख्नुभएका परियारले कल्पनौ नगरेको क्षति ब्यर्होनुपर्यो ।
संरक्षणमा नयाँ पहल : पण्डितपुरको उत्खनित प्राचीन भग्नावशेष खुल्ला नै राखिने
सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पश्चिम नवलपरासीको प्राचीन कोलनगर (पण्डितपुर) मा यस पटक उत्खननमा भेटिएका प्राचीन बस्ती तथा भवनका भग्नावशेषहरूलाई खुल्ला नै राख्ने तयारी गरिएको छ ।
जीवन बदल्ने सूत्र
पूर्वीय दर्शन र सनातनी शैव परम्परामा आधारित हिन्दु धर्मावलम्बी तथा ओमकार परिवारभित्र तन्त्र र मन्त्रको शक्ति साधना र मोक्ष प्राप्तिको ईश्वरीय मार्ग हो । कतिपय गलत भ्रम र अन्धविश्वासले भने तन्त्र र मन्त्रभित्रको विज्ञान र ऊर्जा आविष्कार सूत्रलाई गलत ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।
पाल्पा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
पाल्पाको निस्दी–गाउँपालिका–४,मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा घटनास्थल मै तीन जनाको मृत्यु भएको थियो ।
तीनधाम तीर्थ
केही सहयात्री मिलेर भारतको द्वारका, रामेश्वरम्, जगन्नाथपुरीसहित तीन धामको दर्शन गर्न २०७९ पुस २२ गते त्यसतर्फ लाग्यौँ । हिन्दुहरूको आस्था र विश्वासको प्रतीकका रूपमा रहेका यी आध्यात्मिक धरोहरको दर्शन, गङ्गासागरमा स्नान गर्ने लक्ष्य थियो । यस
बहुदलीय जनवादको मूल मर्म
नेकपा एमालेको एघारौं महाधिवेशन आजबाट सुरु हुँदैछ । देशभरबाट एमालेका महाधिवेशन प्रतिनिधि राजधानीमा भेला भएका छन् । भेलाले नयाँ नेतृत्व चुन्ने छ । एमालेको राजनीतिक कार्यक्रम मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद हो । जनताले देशको राजनीति, राज्यसत्ता र सार्वजनिक तथा राजकीय मामिलामा अन्तिम एवं निर्णायक फैसला गर्न पाउनु पर्छ भन्ने बहुदलीय जनवादको मूल मर्म हो । देशको सार्वभौमिक
मानव जीवन जोखिममा
जलवायु परिवर्तनका कारक मुलुक वा महादेश यसबाट उत्पन्न सङ्कट जति ढाकछोप गर्न खोजे पनि पनि अब लुक्न नसक्ने अवस्थामा पुगेका छन् । सर्सर्ती हेर्दा जलवायुजन्य प्रकोप भनेको बाढी, पहिरो, डुबान मात्र हो भन्ने मानेर यसैलाई बढी प्रचारमा ल्याउँदा वास्तविक सङ्कट भने छायामा परिरह्यो । विश्व जलवायु परिवर्तनको खास सङ्कट हो तापक्रम वृद्धि र यसबाट भइरहेको मानवीय क्षति । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढि
स्वरसम्राट् नारायणगोपाल
नेपाल आमाको गर्भलाई धन्यवाद नदिई रहन सकिन्न उनको उर्वर कोखबाट नारायणगोपाल जस्तो सुमधुर स्वरका धनी सुपुत्रको जन्म भयो । ती होनाहार पुत्रको जन्म विसं १९९६ असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । निधन भने २०४७
आज देशभरको मौसम मुख्यतया सफा रहने
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था – देशभर मुख्यतया सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
नवनियुक्त श्रममन्त्री भण्डारी भन्नुहुन्छ- द्वन्द्व व्यवस्थापन गर्न सघाउँछु
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताउनुभएको छ।
नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली
नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमारसिंह इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पद वहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयका सचिव मदन भुजेललगायत उच्चपदस्थ कर्मचारीले स्वागत गर्नुभएको थियो ।
नेपाली कांग्रेस बाँकेद्वारा राष्ट्रियसभाका लागि १७ जनाको नाम सिफारिस
नेपाली कांग्रेसले बाँके जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १७ जनाको नाम सिफारिस गरेको छ।
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह
भौतिक पूर्वाधार तथा यातायात, सहरी विकाश एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ।
सल्लाघारीमा तीन लाख बढी मास उतार्ने तयारी
नेकपा (एमाले) को शनिबारदेखि सुरु हुने ११ औं महाधिवेशनको उदघाटनसत्रमा तीन लाख बढी मास उतार्ने सो दलले जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी (८ विघा) खाली जग्गामा प्रविधियुक्त आधुनिक मञ्चमार्फत कार्यक्रमको उदघाटन पार्टीका अध्यक्ष केपी शर्मा अोलीले गर्नु हुने छ ।
सप्तरीका पालिका प्रमुख रिले अनशनमा
राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै सप्तरीका पालिका प्रमुखहरु रिले अनशनमा बस्नुभएको छ ।
मुख्यमन्त्री शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुभएको छ ।
पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।
स्थानीय तहमा विपद् जोखिम न्यूनीकरणः नीति र कार्यान्वयनको प्रभाव
जलवायु उत्थानशील योजना निर्माणमा स्थानीय सरकारहरुले चासो दिन थालेपछि विपद् व्यवस्थापन सहज र प्रभावकारी भएको छ ।
सुविधायुक्त बसपार्क सञ्चालन गर्नै सकस
सर्लाही सदरमुकाम मलङ्गवामा तीन वर्षअघि नै निर्माण भएको सुविधायुक्त बसपार्क सञ्चालन गर्न नगरपालिका कार्यालयलाई निकै सकस परेको छ ।
ऐतिहासिक सम्झौता
तीन महिनाअघि भदौ २३ र २४ गते नेपालमा भएको दुईदिने युवापुस्ता (जेनजी) को आन्दोलनले वैधता पाएको छ । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे ऐतिहासिक सम्झौतासँगै नेपाल नयाँ चरणमा प्रवेश गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी अभियानका तर्फबाट सहिद परिवारका सदस्य