• २५ कात्तिक २०८२, मङ्गलबार

गोरखापत्रका पत्रकार अधिकारीलाई मातृशोक

blog

स्वर्गीय यमुना अधिकारी

गोरखापत्र अनलाइन 

काठमाडौं, कात्तिक २५ गते । गोरखापत्रका पत्रकार प्रकृति अधिकारीलाई मातृशोक परेको छ । 

उहाँकी आमा यमुना अधिकारीको मङ्गलबार बिहान ७६ वर्षको उमेरमा ललितपुर सातदोबाटोमा रहेको निजी निवासमा निधन भएको हो । 

पारिवारिक स्रोतका अनुसार, केही समयअघि उहाँलाई मस्तिष्कस्राव भएपछि उपचारमा हुनुहुन्थ्यो । स्वर्गीय यमुनाको पार्थिव शरीरलाई आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

विसं २००६ मा दाङमा जन्मनुभएकी यमुनाका तीन छोरा हुनुहुन्छ ।