टी–२० विश्वकपका लागि नेदरल्यान्ड्सको टोली घोषणा
अमेरिका र वेस्ट इन्डिजका जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि नेदरल्यान्ड्सको टोली घोषणा भएको छ ।
राष्ट्रिय महिला टी–२० : एपिएफको दोस्रो जित
साबिक विजेता नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपिएफले बागमती प्रदेशलाई आठ विकेटले हरायो ।
खेलाडीलाई उपचार सहयोग
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।
स्पोर्ट्स कनेक्टको तयारी पूरा
नेपाली खेल क्षेत्रको विकास गर्न सरोकारवाला निकायलाई एकै थलोमा उभ्याउने उद्देश्यले मङ्गलबारदेखि काठमाडौँमा ‘स्पोर्ट्स कनेक्ट’ सुरु हुँदैछ ।
सैनिक आवासीय च्याम्पियन
सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु–१६ अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ ।
टेबलटेनिसको ओलम्पिक छनोट तयारी पूरा
पेरिस ओलम्पिकका लागि दक्षिण एसियाली टेबलटेनिसको अन्तिम छनोट प्रतियोगिता सोमबारदेखि नेपालमा हुँदैछ । मोहनदास बासुकलाको प्रशिक्षकत्वमा नेपालका चार खेलाडी संयोग कपाली, श्यान्टु श्रेष्ठ, नबिता श्रेष्ठ र इभाना थापाले पेरिस ओलम्पिकका चयन हुन प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
उसुमा पदक विजेतालाई सम्मान गरिने
चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नेपालले उसु महासङ्घले नगदसहित सम्मान गर्ने भएको छ ।
खेलकुदमा विषयगत समितिले गर्यो आठ निर्णय
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको विषयगत समितिको बैठकले विभिन्न आठ निर्णय गरेको छ ।
राष्ट्रिय महिला टी–२० : सुदूरपश्चिमको विजयी सुरुवात
सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले आयोजक ललितपुर मेयर–११ लाई डिएलएसका आधारमा १६ रनले हरायो ।
प्रिन्स ओलम्पिक खेल्ने पहिलो ब्याडमिन्टन खेलाडी बन्दै
नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गर्नुहुने भएको छ । विश्व ब्याडमिन्टन महासङ्घ (बिडब्लुएफ) का अनुसार प्रिन्सलाई युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा सहभागिताको मौका दिइएको हो ।
पौडीका पाँच खेलाडी र प्रशिक्षक सम्मानित
नेपालगन्ज स्वीमिङ्ग क्लबले बाँकेका पाँच जना पौडी खेलाडी र दुई जना पौडी प्रशिक्षकलाई सम्मान गरेको छ।
विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
१६औँ संस्करणको शहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले जितेको छ ।
नेपालले विश्वकप तयारीका लागि सात खेल खेल्ने
जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसिसी टी–२० विश्वकप अघि नेपालले तयारीका लागि सात खेल खेल्ने भएको छ ।
राष्ट्रिय महिला टी–२० : ललितपुरको विजयी सुरुवात
आयोजक ललितपुर–११ ले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा ललितपुरले बागमती प्रदेशलाई सात विकेटले हरायो ।
सैनिक आवासीय फाइनलमा
मुलपानी क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा सैनिकले एन्जल हार्ट स्कुललाई ८८ रनले हरायो ।
बजेट अभावमा अलपत्र कभर्डहल
तिनै तहका सरकारबाट आवश्यकताअनुसार बजेट नजुटेपछि मोरङको बेलबारी-८ मा निर्माण भइरहेको मदन भण्डारी स्मृति कभर्डहलको निर्माण कार्य रोकिएको छ ।
समयलाई चिन्न सके सही गन्तव्यमा पुग्न सकिन्छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताउनुभएको छ ।
रङ्गशालामा विश्वकप छनोट खेल हुनेमा शङ्का
एएफसीले दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिएपछि अर्को महिना यसै मैदानमा विश्वकप छनोट अन्तर्गत नेपालले युएईविरुद्ध खेल्ने खेल हुनेमा शङ्का उत्पन्न भएको छ । एएफसीका पदाधिकारीले रङ्गशालाको निरीक्षणपछि विभिन्न पक्षमा प्रश्न उठाएका थिए ।
रारा कप कबड्डीको उपाधि सुर्खेतलाई
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल मुगुको राराताल किनारमा सम्पन्न कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला र पुरुष कबड्डी प्रतियोगिताको दुवैतर्फको उपाधि सुर्खेतले जितेका छ ।
क्रिकेटरले दुई करोड चार लाख ७५ हजार रुपियाँ पाउने
मन्त्री परिषद्को बिहीबार बसेको बैठकले खेलाडीलाई दुई करोड ९७ लाख १० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्दै मल्ल
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विकास मल्लले एसियाली फुटबल महासङ्घ (एएफसी) को कार्यक्रमअनुसार माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्न लाग्नुभएको छ ।
स्वर्ण विजेता बास्केटबल खेलाडी सम्मानित
नेपाल बास्केटबल सङ्घले हालै चीनको युनानमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
रियल च्याम्पियन्स लिगको फाइनलमा
रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले बायर्न म्युनिखलाई २–१ गोलले हराउँदै रियल फाइनलमा पुगेको हो ।
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।