आर्सनल र सिटी विजयी
उपाधि दौडमा रहेको आर्सनल र म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा जित निकालेको छ । आइतबार राति भएको खेलमा शीर्ष टोली आर्सनलले टोट्टनहामलाई उसैको मैदानमा ३–२ गोलले हरायो ।
टी–२० विश्वकप : न्युजिल्यान्ड टोलीको घोषणा
आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डले खेलाडी टोलीको घोषणा गरेको छ ।
राष्ट्रिय फुल कन्ट्याक्ट कराते अर्को साता
नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रको आयोजनामा १८औँ राष्ट्रिय पुरुष तौल समूह तथा १७ औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता वैशाख २४ गतेदेखि हुने भएको छ ।
यू–१६ क्रिकेटमा १६ टोली
काठमाडौँ जिल्ला क्रिकेट सङ्घको आयोजनामा वैशाख १९ देखि ३० गतेसम्म जयकुमार नाथ शाह मेमोरियल यू–१६ अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले फाइनलमा बङ्गलादेश रातोसँग खेल्ने छ ।
प्रधानमन्त्री कप एनभीए भलिबल लिगको तयारी
नेपाल भलिबल सङ्घको आयोजनामा आठौँ प्रधानमन्त्री कप/एनभीए पुरुष तथा महिला भलिबल लिग जेठमा हुने भएको छ ।
हक्कीमा गण्डकी र आर्मी विजयी
छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली आर्मी क्लबले जित निकालेको छ ।
आयोजक क्लबका राजन सुवेदी अगाडि
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ स्थापना दिवसको अवसरमा जारी नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगितामा पूर्वी नेपाल झापा जिल्लाका राजन सुवेदी अगाडि रहनुभएको छ ।
‘खेलाडीले प्रेसर अझै म्यानेज गर्नसक्थे’
नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीले अझ राम्रोसँग प्रेसरलाई म्यानेज गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको दोस्रोे खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ ।
जापानमा सुष्मालाई स्वर्ण : नेपाललाई एघार पदक
नेपालकी सुष्मा श्रेष्ठले आइतबार २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा स्वर्ण पदक जितेकी छन् ।
नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १६१ रनको लक्ष्य
वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा जितका लागि नेपालाई वेस्ट इन्डिज ‘ए’ ले एक सय ६१ रनको लक्ष्य दिएको छ ।
नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै
वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
नेपाल र वेस्ट इन्डिज ए बीच प्रतिस्पर्धा हुँदै
नेपाल र वेस्ट इन्डिज ए बीच आज पनि प्रतिस्पर्धा हुँदै छ । खेल मध्याह्न सवा १२ बजेबाट त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ ।
भोजपुर गोल्ड कप उपाधि चर्च ब्वाइजको पोल्टामा
सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ ।
विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावना बोकेका धेरै खेलाडी रहेकाले ट्वान्टी–२० विश्वकपका लागि अन्तिम १५ खेलाडी छनोट गर्न चुनौतीपूर्ण हुने बताउनुभएको छ।
राष्ट्रिय बुद्धिचाल : नवीनसहित ११ खेलाडी अग्रस्थानमा
ललितपुर स्पोर्ट्स क्लब र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको संयुक्त आयोजनामा जारी नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले अग्रता बनाउनुभएको छ ।
एपिएफलाई महिला भलिबल उपाधि
नेपाल एपीएफ क्लबले सातौँ केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
महिला हक्कीमा आर्मीको विजयी सुरुवात
छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
पत्रकार राईलाई खेलकुद मिडिया अवार्ड
पत्रकार निशा राईलाई धरान खेलकुद मञ्च मिडिया अवार्ड २०८०’ द्वारा सम्मान गरिएको छ ।
जापानमा उकेश र टार्जनलाई कांस्य
२०औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ । जापान वाटाको आयोजनामा भइरहेको सो प्रतियोगितामा टार्जन कायात मगर र उकेश थापा मगरले पुरुष ३० केजी मुनि तौल समूहमा कांस्य पदक जित्नुभएको हो ।
पथरीशनिश्चरे गोल्डकप जेठमा
मोरङको पथरीशनिश्चरे नगरपालिकामा अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्ड कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।
टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन
प्रदीप खड्का र अभिलाषा विष्ट १०औँ सिटिजन्स वैँक खुला टेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बन्नुभएको छ ।
रोहित पौडेलको शतकमा वेस्ट इन्डिजविरुद्ध नेपाल ४ विकेटले विजयी
त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको जित निकालेको हो।