रिपोर्टर राइनोज च्याम्पियन
नखिपोटस्थिट फुटसल भिजेलमा बिहीबार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० गोलले हरायो ।
रोस नेपाली फुटबल टोलीको प्रशिक्षक
अखिल नेपाल फुटबल सङ्घले प्रशिक्षकका लागि आवेदन परेको विभिन्न देशका प्रशिक्षकहरूबाट रोसलाई छनोट गरेको हो ।
लिग च्याम्पियन चर्च ब्वाइजलाई हराउँदै सङ्कटा सेमिफाइनलमा
दशरथ रङ्गशालामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सङ्कटाले चर्च ब्वाइजलाई ३–० गोलले हरायो ।
प्रधानमन्त्री कप : आर्मीले सुदूरपश्चिमलाई हरायो
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४ रनले हरायो ।
च्याम्पियन्स लिगमा रियलको सहज जित
घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले पाहुना टोली आरबी साल्जबर्गलाई ५–१ गोलले हरायो ।
अर्जुन ट्रफी : उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने
क्रिकेटको सहर धनगढीमा माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
सुपरफोर खेलमा एपिएफको सानदार जित
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुपरफोर खेलमा विभागीय टोली एपिएफले बागमती प्रदेशविरुद्ध शानदार जित निकालेको छ ।
चन्द्रकोटमा राष्ट्रपति रनिङ शिल्ड हुने
गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा छैटाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यस गाउँपालिकाको वडा नम्बर–४, शान्तिपुरस्थित उदय मावि र चक्रेश्वर इङलिस बोर्डिङ स्कुलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुनमा
भूतपूर्व खेलाडी मञ्चले बर्सेनी आयोजना गर्दै आएको म्याराथन यो पटक पनि हुने भएको छ ।
एपिएफले आर्मीलाई हरायो
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको विभागीय डर्बीमा एपिएफले आर्मीलाई २–१ गोलले हरायो ।
‘राइट टु प्रोटिन’ दौडको तयारी पूरा
चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड आगामी माघ १२ गते हुने भएको छ । नेपाल भेटेनरी सङ्घको आयोजनामा हुने दौडको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
जय नेपाल कप : मध्यपश्चिम विद्यालयको दोस्रो जित
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको समूह ‘बी’ को खेलमा मध्यपश्चिमले काठमाडौँ विश्वविद्यालय (केयू) लाई एक सय ३८ रनले हरायो ।
नेपाल र चीनको युवान प्राप्तबिच युथ फुटबल हुने
नेपाली युवा टोलीले आगामी फेब्रुअरी १५ तारिख चीनको युनान प्रान्तको युवा टोलीसँग दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
यु–१९ महिला विश्वकप : नेपालको लगातार तेस्रो हार
समूह ‘डी’ अन्तर्गत मलेसियाको वाइएसडी युकेएम ओभल मैदानमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । लगातार तेस्रो हारसँगै नेपाल विश्वकपबाट बाहिरिएको छ ।
कतारमा ग्रान्ड प्रिक्स फेन्सिङ खेल्दै भीष्मराज र सागर
नेपालका राष्ट्रिय फेन्सिङ खेलाडी भीष्मराज दाहाल (टार्जन) र सागर थापाले कतारको दोहामा माघ १० देखि १२ गतेसम्म आयोजना हुने ग्रान्ड प्रिक्स डु कतार फेन्सिङ प्रतियोगितामा सहभागिता जनाउनु हुनेभएको छ ।
विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले पहिले ब्याटिङ गर्ने
आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज अष्ट्रेलियाविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
चन्दा उठाएर बक्सिङमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै चिरण
किक बक्सिङका खेलाडी चिरण राईले चन्दा सङ्कलन गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारी गर्नुभएको छ । सुनकोशी गाउँपालिका–४ ओखलढुङ्गाका २४ वर्षीय राईले सन् २०२५ फेब्रुअरी १ देखि ५ तारिखसम्म भारतमा हुन गइरहेको प्रतियोगितामा सहभागी हुन आर्थिक सङ्कलन थाल्नुभएको हो ।
सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित
सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा वालिङले बागमती युवा क्लबलाई ३–१ गोलले हरायो । वालिङको जितमा सुस्मा तामाङले ह्याट्रिक गर्नुभयो ।
सन्दीपलाई एक खेल प्रतिबन्धको कारबाही
नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई एक खेल प्रतिबन्धको कारबाही गरिएको छ ।
प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा
बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी
२५औँ पुरुष र १० औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघ १३ देखि १९ गतेसम्म हेटौंडामा हुने भएको छ ।
अन्नपूर्ण र बेनीलाई भलिबल उपाधि
म्याग्दीको बेनीमा सम्पन्न खुला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका र प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबलको उपाधि बेनी नगरपालिकाले जितेको छ ।
कोशी प्रदेशमाथि त्रिभुवन आर्मीको सहज जित
प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले कोशी प्रदेशमाथि सहज जित निकालेको छ ।
राष्ट्रपति रनिङशिल्डको उपाधि सिरानचोक गाउँपालिकालाई
गोरखामा भएको जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोक गाउँपालिकाले हात पारेको छ । गएको आइतबारदेखि भएको १२ औं जिल्ला राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सात स्वर्ण, नौ रजत र तीन कास्य गरी कुल १९ पदक हात पार्दै सिरानचोक गाउँपालिकाले उपाधी हात पारेको हो ।