जफर लुम्बिनी लायन्समा अनुबन्ध
क्यानडाका कीर्तिमानी क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग–२०२४ का लागि लुम्बिनी लायन्समा अनुबन्ध हुनुभएको छ ।
नेपालले जित्यो यु–१९ अभ्यास सिरिज
एसिसी यु–१९ एसिया कपको तयारीका लागि भारतको कर्नाटकसँग खेलिएको पाँच खेलको सिरिज नेपालले जितेको छ ।
करातेको एलिट प्रशिक्षक प्रशिक्षण शनिबारदेखि
काठमाडौँ जिल्ला कराते महासङ्घको आयोजना तथा काठमाडौँ जिल्ला सितोरियो कराते सङ्घको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि हुने भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सव सुरु
अर्जुन चौपारी गाउँपलिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सव बिहीबारदेखि सुरु भएको छ । मङसिर –८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाको ३३ विद्यालयका नौसय विद्यार्थीको सहभागिता रहेको छ ।
बेनीमा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु
म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २६ विद्यालयले सहभागिता जनाएका छन् ।
मृतक युवा फुटबलरका परिवारले गरे एन्फामा तालाबन्दी
मकवानपुरको सिस्नेरी पहिरोमा परेर ज्यान गुमाएका ६ जना यु–१३ फुटबल खेलाडीका परिवारले बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा ताला लगाएका छन् ।
सम्मान र पुरस्कारले उत्साहित पूजा
यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा यु–१९ महिला टी–२० विश्वकप प्रतियोगितामा छनोट भइ घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागेको छ ।
पुलिस र एनआरटीको सहज जित
विभागीय टोली नेपाल पुलिस क्लब र एनआरटी क्लबले ललित स्मृति एन्फा यु–१८ फुटबल लिगमा सहज जित निकालेको छ ।
सिन्जालीलाई विश्व च्याम्पियनसिपको तयारी थाल्न राखेपको सुझाव
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले थाउलो विश्वकपका कांस्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाव दिएको छ ।
शिभाली र आइसथ पहिलो
नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडी इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताको गर्ल्स डबल्समा बुधबार पहिलो हुनुभएको छ ।
खेल कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोगर्याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।
अन्तर वडा राष्ट्रिय टेबलटेनिस अर्को साता
चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता मङ्सिर ११ देखि १५ गतेसम्म हुने भएको छ ।
रावतको नेतृत्वमा विद्यालय खेलकुद महासङ्घ
विद्यालयस्तरबाट खेलाडी उत्पादन र खेलकुदको विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासङ्घ बाँके जिल्ला कार्यसमिति गठन गरिएको छ ।
विराटनगर किङ्सको जर्सी सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले मङ्गलबार अपराह्न विराटनगरमा आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम रोयल्सलाई टेलिकमको साथ
नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रयोजन सहयोग गरेको छ ।
स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटर नगदसहित सम्मानित
युएईमा हालै सम्पन्न महिला यु–१९ टी–२० विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाई जनही एक लाख रुपियाँसहित सम्मान गरिएको छ ।
विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै
इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउनुहुने भएको छ ।
थ्रीस्टार र एपीएफ विजयी
ललित स्मृति एन्फा यु–१८ फुटबल लिगमा मङ्गलबार थ्रीस्टार क्लब र विभागीय टोली एपीएफ क्लब विजयी भएको छ ।
चौथो खेल हारेसँगै सिरिज बराबरी
एसिसी यु–१९ एसिया कपको तयारीमा रहेको नेपाल चौथो एक दिवसीय अभ्यास खेलमा मङ्गलबार भारतको कर्नाटक–१९ सँग पाँच विकेटले पराजित भएको छ ।
नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा गर्दै
राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा आयोजना गर्ने भएको छ ।
जनकपुरको ‘फेस अफ बोल्ट्स’ मा पूजा
नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले यु–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई ‘फेस अफ बोल्ट्स’ घोषणा गरेको छ ।
एनपीएलको खेल तालिका सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।
विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित
प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई आज सम्मान गर्नुभएको छ ।
पाकिस्तानविरुद्ध सिरिजमा अष्ट्रेलियाको ‘क्लिन स्विप’
पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिजमा घरेलु टोली अष्ट्रेलियाले ‘क्लिन स्विप’ गरेको छ ।