वालिङलाई पुलिसले सजिलै हरायो
सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले वालिङलाई ४–१ गोलले हरायो ।
जय ट्रफी फाइनल : पहिलो दिन पुलिसको ८५ रन
मौसमका कारण ढिलो सुरु भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले आफ्नो इनिङ्समा १७ ओभरमा दुई विकेटको क्षतिमा ८५ रन बनाएको छ ।
प्रधानमन्त्री कप : एपिएफको सानदार जित
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा एपीएफले कर्णालीलाई एक सय ११ रनले हरायो ।
यु–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक
मलेसियाको राजधानी क्वालालम्पुरको सिटी सेन्टरस्थित पेट्रोनास ट्वीन टावरमा मङ्गलबार विश्वकप खेल्ने १६ वटै देशका कप्तानले संयुक्त रुपमा विश्वकप ट्रफी सार्वजनिक गरेका हुन् ।
सुदूरपश्चिमको विजयी सुरुवात
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
पिएसएलमा विकेनन् नेपाली क्रिकेटर
पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटको लागि ड्राफमा रहेका नेपालका सात खेलाडी विक्री भएनन् ।
खजुरा मेयर रनिङ शिल्डको उपाधि जनता माविलाई
बाँकेको खजुरामा सम्पन्न भएको सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ को उपाधि जनता मावि सन्तकुटीले जितेको छ ।
बागमतीमाथि आर्मीको सहज जित
सुपर लिग अन्तर्गत एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा आर्मीले बागमतीलाई ३–० गोलले हरायो ।
अग्रिम शैंजुलाई जुनियर चेस उपाधि
नेपाल-भारत मैत्री विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका अग्रिम शैंजुले जित्नुभएको छ ।
राखेप उपाध्यक्ष आचार्यद्वारा पद वहाली
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले सोमबार पद वहाली गर्नुभएको छ ।
अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित
आइसिसी यु–१९ महिला टी–२० विश्वकपका लागि मलेसियामा रहेको नेपाली महिला टोली पहिलाे अभ्यास खेलमा वेस्ट इन्डिजसँग पराजित भएको छ ।
स्पेनिस सुपर कपमा बार्सिलोना च्याम्पियन
स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरेबियामा आइतबार राति भएको खेलमा बार्सिलोनाले चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ५–२ गोलले हराउँदै उपाधि उचालेको हो ।
‘फोर नेसन्स कप’ मा नेपालको पहिलो खेल किर्गिस्तानसँग
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदान दशरथ रङ्गशालामा खेल्न लागेको ‘फोर नेसन्स कप’ मा नेपालको पहिलो प्रतिद्वन्द्वी किर्गिस्तान परेको छ ।
महिला टोलीले त्रिकोणात्मक सिरिज खेल्ने
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ ।
पानवारी एफसीलाई मच्छिन्द्र कप उपाधि
मच्छिन्द्र कपको उपाधि पानवारी फुटबल क्लबले जितेको छ । प्रस्तावित केराबारी रङ्गशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा पानवारीले दमकलाई टाइब्रेकरमा ४–२ गोलले हरायो ।
क्लाइम्बिङ स्पोर्टस् च्याम्पियनसिपको तयारी
राष्ट्रिय क्लाइम्बिङ स्पोर्टस् च्याम्पियनसिप अगामी चैतमा हुने भएको छ ।
जय ट्रफी : आर्मी र पुलिस फाइनलमा
लिग चरणको अन्तिम खेलमा आर्मीले मधेश प्रदेशलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै पुलिसले लिगको अन्तिम खेलमा बागमती प्रदेशलाई पाँच विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विद्यालय चेस च्याम्पियनसिप सुरु
पुष्पसदन अन्तर्राष्ट्रिय विद्यालय चेस च्याम्पियनसिप शनिबारबाट सुरु भएको छ ।
जय ट्रफी : मधेशविरुद्ध आर्मी १२१ रनले अगाडि
‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत शनिबारको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशविरुद्ध एक सय २१ रनको फराकिलो अग्रता लिएको छ ।
हाइस्कुल क्रिकेटमा लुम्बिनीबाट प्यारामाउन्ट छनोट
ई–प्लानेट नेसनल हाइस्कुल टी–१० क्रिकेट च्याम्पियनसिपका लागि लुम्बिनी प्रदेशबाट प्यारामाउन्ट बोर्डिङ हाइस्कुल छनोट भएको छ ।
आर्मीलाई हराउँदै एपिएफ शीर्षस्थानमा
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगको शीर्षस्थान थप बलियो बनाएको छ ।
प्रथम छिल्लीकोट दौड हुँदै
राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीका अवसरमा छिल्लीकोट दौड आयोजना गरिएको छ।
विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
मलेसियामा आयोजना हुने आइसिसी यु–१९ (उन्नाइस वर्षमुनि) महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।