अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गर्नुभएको छ ।
वालिङको पोस्ट्मा एपिएफको गोलवर्षा
विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाविरुद्ध गोलवर्षा गरेको छ ।
जय ट्रफीमा मयनको शतक
मधेश प्रदेशका मयन यादवले ‘जय ट्रफी मेन्स एलाइट कप’ मा शतक प्रहार गर्नुभएको छ ।
डोपिङबारे सचेतना जगाउन वेबसाइट
खेलाडी, प्रशिक्षक, म्यानेजरसँग अन्य खेलकर्मीलाई सचेतना जागउन र डोपिङबारे जानकारी दिन राष्ट्रिय एन्टि डोपिङ एजेन्सी (नाडा)ले सोमबार यससम्बन्धी वेबसाइट सार्वजनिक गरेको छ ।
लिभरपुललाई युनाइटेडको झट्का
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको लिभरपुललाई म्यानचेस्टर युनाइटेडको झट्का लागेको छ ।
धर्मश्री चैतमा, विजेतालाई १२ लाख
प्रतियोगितामा देशभरबाट ६०० जना खेलाडीको सहभागिता रहने व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिनुभयो । एक करोड रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न विधाका खेलाडीलाई पुरस्कार राशी मात्र ५२ लाख रुपियाँ राखिएको आयोजकले जनाएको छ ।
राइट टु प्रोटिन’ दौड माघ दोस्रो साता
चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड आगामी माघ १२ गते हुने भएको छ ।
भिमसेनथापा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु
गोरखाको भिमसेनथापा गाउँपालिकामा चौथो राष्ट्रपटि रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
झिल्टुङ क्रसकन्ट्री माघमा
नवौँ संस्करणको झिल्टुङ क्रसकन्ट्री दौड माघ ५ गते नुवाकोटमा हुने भएको छ । नुवाकोटको कोल्पुटार, बेलकोटगढीमा हुने दौडमा महिला र पुरुषका सात स्पर्धामा प्रतिस्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पुलिस र आर्मीको गोलरहित बराबरी
एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
नवनियुक्त सदस्यहरूलाई राखेपको स्वागत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त आठ जना सदस्यलाई आइतबार स्वागत गरेको छ ।
जय ट्रफी : पहिलो दिन बलर हाबी
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन सहभागी चारवटै टोलीले खेल सुरु गरेका छन् । पर्साको वीरगञ्जस्थित मैदानमा भएको दुई दिवसीय खेलको पहिलो दिन बलरहरु हाबी भएका छन् ।
मोटर स्पोर्ट्समा आशिषहरूको दबदबा
माउन्ट एभरेस्ट मोटरस्पोट्र्स फेस्टिभलमा आशिष भारती अटोक्रस च्यालेन्ज र नेपाल अटोजिमखाना (पुरुषा) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ्ग मोक्ताङल नेपाल अटोजिखाना (महिला) मा प्रथम हुनुभएको छ ।
झिल्टुङ्ग क्रसकन्ट्री दौड माघमा
नवौँ संस्करणको झिल्टुङ्ग क्रसकन्ट्री दौड माघ ५ गते नुवाकोटमा हुने भएको छ ।
जय ट्रफी दुई दिवसीय क्रिकेट सुरु
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा टेस्ट संरचनाको जय ट्रफी प्रतियोगिता आजबाट सुरु भएको छ ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि भुवनेश्वरी माविलाई
परशुराम नगरपालिकाको १५औं राष्ट्रपति रनिङ शिल्डको उपाधि भुवनेश्वरी नमुना मावि परिगाउँले जितेको छ ।
क्लाइम्बिङ स्पोर्टस् एसोसिएसन बागमतीमा नयाँ समिति चयन
नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसिएसन अन्तर्गत बागमती प्रदेश कमिटी र काठमाडौँ उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन भएको छ। दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन्।
यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।
विजय र एरिका सर्वश्रेष्ठ वर्ष खेलाडी
काठमाडौँ, पुस २१ गते । उसुका विजय सिँजाली र एरिका गुरुङ शनिबार १९ औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत हुनुभएको छ । विभिन्न २९ खेलमध्ये पुरुषमा विजय र महिलामा एरिका सर्वश्रेष्ठ खेलाडी चुनिनुभएको हो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) को आयोजनामा तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर हातामा भएको कार्यव्रmममा विजय र एरिकालाई जनही एक लाख रुपियाँसहित ट्रफी प्रदान गरियो । यसै गरी प्रतिभाशाली खेलाडीको अवार्डबाट पुरुषमा तेक्वान्दोका अश्विन राउत र महिलामा कबड्डीकी मानमती विष्ट पुरस्कृत हुनुभयो । दुवैले ट्रफीसहित समान ५०–५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । तेक्वान्दोकी पलेशा गोवर्धनलाई वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डसहित १५ हजार रुपियाँ प्रदान गरियो । गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट एथलेटिक्सका रघुराज वन्त र एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालकी सरिता श्रेष्ठ सम्मानित हुनुभयो । दुवैले प्रशंसापत्रसहित समान ३५–३५ हजार रुपियाँ पुरस्कार पाए । सो कार्यव्रmममा विभिन्न २९ खेलका उत्ति नै खेलाडीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड हात पारे । नेपालका लोकप्रिय खेल फुटबलमा प्रीति राई, व्रिmकेटमा कुशल मल्ल र भलिबलमा निरुता ठगुन्ना वर्षका उत्कृष्ट खेलाडी घोषित हुुनुभयो । यसै गरी फेन्सिङका राजेन्द्र गजुरेल, गल्फका सद्भाव आचार्य, ह्यान्डबलकी सङ्गीता चौधरी, जुडोका विकास विक, कबड्डीकी मानमती, कराँतेकी एरिका गुरुङ, रग्बीका पुजन फेवाली, सुटिङका विशेष खड्का, स्क्वासकी स्वास्थानी श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी इभाना थापा, तेक्वान्दोका अश्विन, टेनिसकी निशा श्रेष्ठ, ट्रायथलनकी श्रेवी महर्जन, भारोत्तोलनकी विद्या राई, कुस्तीका सुरेश चुनारा, उसुका विजय सिँजाली, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका विजय बुर्जा, बक्सिङका चन्द्रबहादुर थापा, क्यानोइङका गणेश गुरुङ, साइक्लिङकी उषा खनाल, डान्स स्पोर्ट्सका श्याम महर्जन र ई स्पोर्ट्सका साहस भण्डारी पनि आआफ्नो खेलमा वर्षका सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो । आयोजक एनएनआइपिएले अर्को संस्करणको स्थानीय आयोजक बनेपा नगरपालिका हुने जानकारी दिएको छ ।
एपिएफको जितमा रश्मिको ह्याट्रिक
काठमाडौँ, पुस २१ गते । रश्मिकुमारी घिसिङको ह्याट्रिकको सहयोगमा नेपाल एपिएफ क्लबले शनिबार बागमती युवा क्लबलाई ५–१ ले हराएर एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा पहिलो जित हात पारेको छ । बागमतीको यो लगातार दोस्रो हार भएको छ । यसअघि बागमती उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा गीता राना र अनिता केसीले पनि गोल गर्नुभयो । बागमतीका लागि पुष्पाकुमारी खड्काले गरेको गोल सान्त्वना मात्र बन्यो । रश्मिकुमारीले खेलको १२ मिनेट बित्दा दुई गोल गरिसक्नुभएको थियो । खेलको ५९ औँ मिनेटमा रश्मिकुमारीले आफ्नो ह्याट्रिक पूरा गर्नुभयो । पहिलो चरणमा सर्वाधिक गोलकर्ता रश्मिकुमारी खेल सकिएपछि ‘प्ले अफर अफ दी म्याच’ घोषित हुनुभयो । पहिलो चरणमा एपिएफले बागमतीलाई ७–० ले हराउँदा पनि रश्मिकुमारी एक्लैले पाँच गोल गर्नुभएको थियो । यसबिच खेलको १७ औँ मिनेटमा पुष्पाले गोल गरी स्कोर २–१ पार्नुभएको हो । एपिएफका डिफेन्डर र गोलरक्षकबिच तालमेल हुन नसकेको फाइदा उठाउँदै पुष्पाले गोल गर्नुभएको हो । यद्यपि खेलको २७ औँ मिनेटमा गीताले गोल गरेपछि एपिएफले १० मिनेटपछि नै पुनः अग्रता दोब्बर बनाएको थियो । एपिएफका लागि पाँचौँ तथा अन्तिम गोल अनिताले ७० औँ मिनेटमा गर्नुभयो ।
एरिका र विजय एनएनआईपीए वर्ष सर्वोत्कृष्ट खेलाडी
करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली १९औँ एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट शनिबार पुरस्कृत हुनुभएको छ ।
बाँके फुटबलमा मनोनित पदाधिकारीको पदभार ग्रहण
बाँके जिल्ला फुटबल संघले मनोनित गरेका पदाधिकारी र महिला फुटबल समितिमा मनोनित पदाधिकारीको पदभार ग्रहण र बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
क्रिकेटर आरिफ र आशिफ विवाह बन्धनमा
नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाधिनु भएको छ ।
अन्तरविद्यालय चेस अर्को सता
किर्तीपुरमा अवस्थित पुष्पसदन आवासीय माध्यमिक विद्यालयले अन्तरविद्यालय स्तरीय चेस प्रतियोगिता आयोजना गर्ने भएको छ ।