आङ्खोपले जित्यो सङ्घीय मेला भलिबल उपाधि
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-३ को आङ्खोप युवा क्लबले सङ्घीय मेला भलिबल उपाधि जितेको छ। सिदिङ्वाकै वडा ६ को मेहेले किङलाई पराजित गर्दै आङ्खोपले उपाधि जितेको हो।
जय ट्रफीका लागि जनकपुरमा मैदान तयारी अन्तिम चरणमा
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा टेस्ट संरचनामा हुन लागेको जय ट्रफी क्रिकेट प्रतियोगिताका लागि जनकपुरको खेल मैदान तयारीको काम लगभग अन्तिम चरणमा पुगेको छ।
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
रुपन्देहीको भैरहवामा सरकारीस्तरबाट निर्माण गरिरहेको सिद्धार्थ क्रिकेट मैदान स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन सुरु गरेको करिब डेढ दशक बितिसक्दा समेत अधुरै रहेको छ ।
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टले बताउनुभयो ।
बागमतीमाथि आर्मीको सहज जित
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणमा बागमती युवा क्लबमाथि सहज जित निकालेको छ ।
राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष पदमा धुव्र आचार्य नियुक्त हुनुभएको छ।
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) को आयोजनामा हुने एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ ।
थर्ड इमप्याक्ट म्याराथन शनिबार
आइओई पुल्चोक गर्ल्सको आयोजनामा शनिबार ‘थर्ड इमप्याक्ट म्याराथन’ हुने भएको छ ।
घरेलु मैदानमा ‘फोर नेसन्स कप’ खेल्दै नेपाल
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदान दशरथ रङ्गशालामा ‘फोर नेसन्स कप’ खेल्ने भएको छ ।
कांग्रेस सभापति कप फुटबल विजेतालाई २६ लाख
माघ १० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीलाई २६ लाख र उपविजेता टोलीलाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
दोस्रो स्थानमा उक्लियो आर्सनल
आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
बागमती प्रदेशस्तरीय तेक्वान्दो लिगको तयारी पूरा
टोखा नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु हुने लिगमा पुरुष/महिलामा पाँच पाँच गरी १० तौलसमूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
जय ट्रफीमा बागमतीका कप्तान सन्दीप
पुस २१ देखि २९ गतेसम्म वीरगञ्ज र जनकपुरमा हुने ‘जय ट्रफी मेन्स एलाइट कप’ मा बागमती प्रदेशको कप्तानी सन्दीप लामिछानेले गर्नुहुने भएको छ ।
घोडाघोडीमा राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता
कैलालीको घोडाघोडी नगरपालिकामा नगर स्तरीय अतिरिक्त क्रियाकलाप तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।
नरैनापुरमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता
बाँकेको नरैनापुर गाउँपालिकामा जिल्लास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ सुरु भएको छ । भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाउँपालिकाको सहयोगमा सञ्चालित सो प्रतियोगिताको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले उदघाटन गर्नुभयो ।
मदन भण्डारी इन्डो नेपाल भलिबल प्रतियोगिता आजदेखि
मदन भण्डारी इन्डो नेपाल रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री जाने कार्यक्रम तय भए पनि उहाँ व्यस्त हुनुभएपछि अर्थमन्त्री पौडेलले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।
पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
जिल्लाको रामपुरमा खुल्ला पालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो किङ्गस कप भलिबलअन्तर्गत आगामी पुस २४ देखि २७ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
थापाथलीलाई राष्ट्रिय टिम चेस उपाधि
सातौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि थापाथली चेस पार्क क्लबले जितेको छ ।
मदन भण्डारी गोल्डकप भलिबलको ट्रफी सार्वजनिक
च्याम्पियनसिपको तयारी पूरा भएको मङ्गलबार बुटवलमा आयोजित ट्रफी सार्वजनिक तथा पत्रकार सम्मेलनमा बताइएको हो ।
लिग विजेता पुलिस अन्तिम खेलमा एनआरटीसँग स्तब्ध
ललित स्मृति एन्फा यु–१८ युथ लिगको उपाधि विजेता नेपाल पुलिस क्लब लिगको अन्तिम खेलमा न्युरोड टिम (एनआरटी) सँग पराजित भएको छ ।
चेल्सीलाई इपस्विच टाउनको झट्का
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली चेल्सीलाई इपस्विच टाउनको नमिठो झट्का लागेको छ ।
सङ्घर्ष स्पोर्टिङ क्लबलाई उपाधि
ताप्लेजुङको फुङ्लिङमा सम्पन्न प्रथम स्वर्गीय पदमबहादुर गुरुङ स्मृति खुला नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि सङ्घर्ष स्पोर्टिङ क्लब उकालीपानीले जितेको छ ।
चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकप उपाधि
फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज क्लबले जितेको छ । फिदिम माविको मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्बललाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।
लिभरपुलको सनसनीपूर्ण जित
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको लिभरपुलले वेस्टहाम युनाइटेडमाथि सनसनीपूर्ण जित निकालेको छ ।