• २० पुस २०८१, शनिबार

लिग विजेता पुलिस अन्तिम खेलमा एनआरटीसँग स्तब्ध

blog

उपाधि विजेता पुलिस टोली ।

काठमाडौँ, पुस १६ गते । ललित स्मृति एन्फा यु१८ युथ लिगको उपाधि विजेता नेपाल पुलिस क्लब लिगको अन्तिम खेलमा न्युरोड टिम (एनआरटी) सँग पराजित भएको छ । 

सातदोबाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको लिगको अन्तिम खेलमा एनआरटीले पुलिसलाई २–१ गोलले हरायो । जितसँगै एनआरटी दोस्रो बन्यो । 

एनआरटीको जितमा पुकार गोले र अजित तामाङले गोल गर्नुभयो । यसअघि पुलिसका कप्तान सुवास बमले सुरुवाती गोल गरेपनि पुलिसले अग्रता जोगाउन सकेन । 

यसैगरी मङ्गलबार नै भएको अर्को खेलमा संकटा क्लबले विभागीय टोली एपिएफ क्लबलाई ३–१ गोलले हरायो । जितसँगै संकटा तेस्रो भयो । पराजित एपिएफले छैटौँ स्थानमा रहँदै लिग सक्यो ।