काठमाडौँ, पुस १८ गते । आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
बुधबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई उसैको मैदानमा ३–१ गोलले हरायो । आर्सनलले पुनरागमन जित निकालेको हो ।
आर्सनलको जितमा गाब्रियल जिससले २९औँ, मिकेल मेरिनोले ५०औँ र गाब्रियल मार्टिनेलीले ५३औँ मिनेटमा गोल गर्नुभयो ।
ब्रेन्टफोर्डका लागि ब्रायन एमबोउमोले १३औँ मिनेटमा सुरुवाती गाेल गर्नुभयो । जितसँगै १९ खेलबाट ३९ अङ्क बनाएको आर्सनल दोस्रो स्थानमा उक्लिएको हो ।
शीर्षस्थानमा रहेको लिभरपुलको समान खेलबाट ४५ अङ्क छ । पराजित ब्रेन्टफोर्ड २४ अङ्कसहित १२औँ स्थानमा छ । एजेन्सी