काठमाडौँ, पुस १८ गते । दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको तयारी पूरा भएको छ ।
टोखा नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु हुने लिगमा पुरुष/महिलामा पाँच पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
जसमा पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौल समूहमा खेल हुनेछ । महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजीमा भिडन्त हुनेछ ।
तीन सय खेलाडीको सहभागिता रहने प्रतियोगितामा शीर्ष तीनमा रहने खेलाडीलाई क्रमश: १० अङ्क, सात अंक र तीन अंक प्रदान गरिने छ । प्रत्योक तौलसमूहमा पदक विजेता खेलाडीलाई अर्को लिगमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताका खेलहरू टोखा नगरपालिका वडानं.५ को कार्यालयमा हुनेछ । तीन तीन महिनाको अवधिमा सञ्चालन गरिने लिगको अर्को चरण फागुन र चौथो चरण जेठमा हुनेछ । प्रतियोगितालाई नेपाल तेक्वान्दो सङ्घले प्राविधिक सहयोग गर्नेछ ।