काठमाडौँ, पुस २१ गते । उसुका विजय सिँजाली र एरिका गुरुङ शनिबार १९ औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत हुनुभएको छ । विभिन्न २९ खेलमध्ये पुरुषमा विजय र महिलामा एरिका सर्वश्रेष्ठ खेलाडी चुनिनुभएको हो ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) को आयोजनामा तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर हातामा भएको कार्यव्रmममा विजय र एरिकालाई जनही एक लाख रुपियाँसहित ट्रफी प्रदान गरियो । यसै गरी प्रतिभाशाली खेलाडीको अवार्डबाट पुरुषमा तेक्वान्दोका अश्विन राउत र महिलामा कबड्डीकी मानमती विष्ट पुरस्कृत हुनुभयो । दुवैले ट्रफीसहित समान ५०–५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
तेक्वान्दोकी पलेशा गोवर्धनलाई वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डसहित १५ हजार रुपियाँ प्रदान गरियो । गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट एथलेटिक्सका रघुराज वन्त र एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालकी सरिता श्रेष्ठ सम्मानित हुनुभयो । दुवैले प्रशंसापत्रसहित समान ३५–३५ हजार रुपियाँ पुरस्कार पाए । सो कार्यव्रmममा विभिन्न २९ खेलका उत्ति नै खेलाडीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड हात पारे । नेपालका लोकप्रिय खेल फुटबलमा प्रीति राई, व्रिmकेटमा कुशल मल्ल र भलिबलमा निरुता ठगुन्ना वर्षका उत्कृष्ट खेलाडी घोषित हुुनुभयो ।
यसै गरी फेन्सिङका राजेन्द्र गजुरेल, गल्फका सद्भाव आचार्य, ह्यान्डबलकी सङ्गीता चौधरी, जुडोका विकास विक, कबड्डीकी मानमती, कराँतेकी एरिका गुरुङ, रग्बीका पुजन फेवाली, सुटिङका विशेष खड्का, स्क्वासकी स्वास्थानी श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी इभाना थापा, तेक्वान्दोका अश्विन, टेनिसकी निशा श्रेष्ठ, ट्रायथलनकी श्रेवी महर्जन, भारोत्तोलनकी विद्या राई, कुस्तीका सुरेश चुनारा, उसुका विजय सिँजाली, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका विजय बुर्जा, बक्सिङका चन्द्रबहादुर थापा, क्यानोइङका गणेश गुरुङ, साइक्लिङकी उषा खनाल, डान्स स्पोर्ट्सका श्याम महर्जन र ई स्पोर्ट्सका साहस भण्डारी पनि आआफ्नो खेलमा वर्षका सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो ।
आयोजक एनएनआइपिएले अर्को संस्करणको स्थानीय आयोजक बनेपा नगरपालिका हुने जानकारी दिएको छ ।