• २३ पुस २०८१, मङ्गलबार

क्लाइम्बिङ स्पोर्टस् एसोसिएसन बागमतीमा नयाँ समिति चयन

blog

काठमाडौँ, पुस २१ गते । नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसिएसन अन्तर्गत बागमती प्रदेश कमिटी र काठमाडौँ उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन भएको छ। दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन्।

बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन चयन भएकी छन् भने उपाध्यक्षमा रवीन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित भएका छन्। सचिवमा नवीना गुरुङ र कोषाध्यक्षमा डोमा तामाङ चयन भएका छन्। सदस्यमा दावा टासी शेर्पा, चन्द्रकृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित भएका छन्।

काठमाडौँ उपत्यका कमिटीको अध्यक्षमा रुपेश अधिकारी चयन भएका छन्। उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा निर्वाचित भएका छन्। सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यमा शोभा सापकोटा थापा, विजयप्रसाद बस्याल, जित बुधवार र गङ्गा थापामगर निर्वाचित भएका छन्।

शनिवार आयोजित कार्यक्रममा निर्वाचित कमिटीले शपथग्रहण गरेको छ। ललितपुरको ज्वागलस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा तामाङ, नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसिएसनका अध्यक्ष रमेश पौडेललगायत अन्य खेलकुद सङ्घका पदाधिकारीहरूको उपस्थिति थियो।