काठमाडौँ, पुस २२ गते । चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड आगामी माघ १२ गते हुने भएको छ ।
नेपाल भेटेनरी सङ्घको आयोजनामा हुने दौडमा खुला हाफ म्याराथन, १० किमी पुरुष, पाँच किमी महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि पाँच किमि (छात्र), तीन किमी (छात्रा) र ह्विलचियर (महिला/ पुरुष) दौड तथा बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दौड त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएर विभिन्न स्थान हुँदै सोही ठाउँमा पुगेर सकिनेछ । दौडमा सबै विधामा गरी आठ हजार धावकको सहभागिता रहने आयोजकले जनाएको छ । गत संस्करणको खुला हाफ म्याराथनमा पुरुषतर्फ दीपक अधिकारी र महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जित्नुभएको थियो ।