• २७ पुस २०८१, शनिबार

प्रथम छिल्लीकोट दौड हुँदै

blog

छिल्लीकोट दौडमा प्रथम रामजी बस्नेतलाई नगदसहित पुरस्कार वितरण गर्दै नगरप्रमुख टीकाराम खड्का ।

गोकर्ण पौडेल

तुलसिपुर, पुस २७ गते । राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीका अवसरमा छिल्लीकोट दौड आयोजना गरिएको छ। नेपाली सेना १९ बाहिनीको समन्वय तुलसिपुर उपमहानगरपालिका र रणसिहं दल गणको संयुक्त आयोजनामा छिल्लीकोट दौड आयोजना गरिएको हो ।

दौडमा प्रथम रामजी बस्नेत प्रमाणपत्रसहित २०हजार, द्वितीय विशालकुमार महत,१५ हजार र तृतीय एकेन्द्र कार्कीलाई दस हजार र खगिसरा रावल शान्त्वना पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । तुलसिपुर १८ दुधरासदेखि छिल्लीकोटसम्म धावन दुरी १२ किलोमिटर रहेको थियो ।

तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले छिल्लीकोट गढीकारुपमा रहेकाले यसको ऐतिहासिक दरबार क्षेत्रको उत्खनन् गरिनुपर्ने बताउनुभयो । उहाँले छिल्लीकोट क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि साससिक खेल जीपलाइन, होमस्टे सञ्चालनमा आएको र खानेपानी, विद्युत र सडक पूर्वाधार निर्माणकै चरणमा भएको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दौड प्रतियोगिताले खेलाडीहरुमा उत्साहका साथै छिल्लीकोट प्रसार प्रचारमा टेवा पुगेको बताउनुभयो । तुलसिपुर उपमहानगरपालिका १९ वडाध्यक्ष प्रेमनाथ योगीले राष्ट्रिय एकता दिवसले छिल्लीकोटको ईतिहासलाई परिचित गराउने अवसर दिलाएको बताउनुभयो ।

वि‍.सं.१५५०देखि छिल्लीकोटमा मेघनाथ शाहले राज्य गरेको इतिहास छ । छिल्लीकोटका अन्तिम राजा वीरभद्र शाह थिए । १५५० देखि १८४३ सालसम्म दुई सय ९३ वर्ष राज्य गरेको ऐतिहासिक तथ्य छन् । १८४३ कार्तिक १९ गते दामोदर पाण्डे, जगतजित पाण्डे, सर्दार प्रबल राना, सुब्बा फौदसिंह खत्रीसहितको टोलीले बिनायुद्ध छिल्लीकोट राज्यलाई एकीकरण गरि नेपालमा गाभिएको थियो । 

पृथ्वीनारायण शाहले एकीकरण गर्नु पहिले लिगलिग कोटको राजा दौडबाटै छान्ने चलन थियाे ।