• २ माघ २०८१, बुधबार

खजुरा मेयर रनिङ शिल्डको उपाधि जनता माविलाई

blog

खजुरा मेयर रनिङ शिल्डको उपाधी विजेता टोली उपाधीका साथ । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ १ गते । बाँकेको खजुरामा सम्पन्न भएको सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ को उपाधि जनता मावि सन्तकुटीले जितेको छ ।

सो रनिङ शिल्डमा भएका जम्मा ४८ वटा इभेन्टमा जनता माविले कुल ११ स्वर्ण १० रजत र ५ कास्य जितेर उपाधि चुम्न सफल भयो भने ज्ञानोदय मावि खजुरा र आर्दश मावि डिगाउँले क्रमश ६ स्वर्ण ८ रजत र एक कास्य तथा आर्दश माविले ३ स्वर्ण ५ रजत र ४ कास्य पदक जितेर दोस्रो र तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो । 

उपाधि चुम्न सफल भएको जनतालाई ३३ हजार, दोस्रो हुने ज्ञानोदयलाई २० हजार र तेस्रो हुने आर्दश माविलाई १४ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरियो । प्रतियोगितामा अनुशासन प्रावितर्फ नेराआवि गुराँसपुर, अनुशासन निमावितर्फ नेराआवि सिन्दुरी र अनुशासन मावितर्फ ध्रुवतारा विद्यामन्दिर प्रथम भएका छन् ।

उपाधि जित्ने जनता माविसंगै विभिन्न खेल विधाका विजयी खेलाडी तथा विद्यालयलाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले पुरुस्कार, शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 

खजुरा गाउँपालिका वडा नम्बर–२ के गाउँस्थित शुक्र भलिबल स्टेडियम सितापुरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा माध्यमिक तह कक्षा ९ देखि १२, आधारभूत तह कक्षा ६ देखि ८ र प्राथमिक तहमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले रनिङ शिल्डमा प्रतिष्पर्धा गरेका थिए ।