पहिलो खेलमा सहारा र पुलिस भिड्ने
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक साहारा क्लब पोखरा र विभागीय नेपाल पुसिलबिच हुने भएको छ ।
आहा रारा पोखरा गोल्डकपको खेलतालिका सार्वजनिक
माघ २२ देखि पोखरा रङ्गशालामा सञ्चालन हुने २४ औं आहा रारा पोखरा गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ ।
आयोजक बागमतीलाई हराउँदै सङ्कटा च्याम्पियन
आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई सडन डेथमा हराउँदै सङ्कटा क्लब सभापति कप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।
रुपेश र सिन्दिरा उपाधि नजिक
एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी हेटौँडामा जारी २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार रोमाञ्चक खेलमा जितका लागि एक सय ५८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३७ रनमा समेटियो ।
आर्मी र पुलिस पहिलो क्वालिफायरमा
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ ।
नेपाललाई नेदरल्यान्ड्सले दियो १५८ रनको चुनौतीपूर्ण लक्ष्य
महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा जितका लागि नेदरल्यान्ड्सले नेपाललाई एक सय ५८ रनको चुनौती पूर्ण लक्ष्य दिएको छ ।
अर्जुन ट्रफीका लागि बैतडीको टिम घोषणा
क्रिकेटको सहर धनगढीमा यही माघ १९ गतेबाट आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टिम घोषणा गरिएको छ ।
बुढासुब्बा गोल्डकपको तयारी पूरा
२५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
राष्ट्रिय बुद्धिचालमा महिलातर्फको खेल रोचक बन्दै, पुरुषमा रुपेशको अग्रता कायम
हेटौँडामा जारी २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा महिलातर्फ काठमाडौँकी सिन्दिरा जोशी र एञ्जल महर्जनले संयुक्त पहिलो स्थान कब्जा गर्नुभएको छ ।
सभापति कपको उपाधि जित्ने सङ्कटा र बागमतीको दाबी
दशरथ रङ्गशालामा बिहीबार साँझ हुने प्रतियोगिताको उपाधिका लागि सङ्कटा क्लब र आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमतीबिच प्रतिस्पर्धा हुँदैछ ।
महिला लिगमा एपिएफ च्याम्पियन
विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिग च्याम्पियन बनेको छ ।
केपी ओली कप फुटबल फागुनमा
तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो साता हुने भएको छ ।
महिला हाफ म्याराथनको उपाधि विकलाई
व्यास नगरपालिकाको आयोजनामा बुधबार आयोजना गरिएको महिला हाफ म्यारथन प्रतियोगिताको उपाधि रोल्पाकी आस्मा विकले जित्नुभएको छ ।
टाइगर कप भलिबल : एपिएफ पहिलो क्वालिफायरमा
सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ ।
एनआरटीलाई हराउँदै आयोजक बागमती फाइनलमा
दशरथ रङ्गशालामा मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा बागमतीले एनआरटीलाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर सकिएको हो ।
मध्यपश्चिम विश्वविद्यालयलाई जय नेपाल कप क्रिकेट उपाधि
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको फाइनलमा मध्यपश्चिमले भारतको लखनउ विश्वविद्यालयलाई ५८ रनले हरायो । उपाधिसँगै मध्यपश्चिमले १५ लाख रुपियाँ र उपविजेता लखनउले १० लाख रुपियाँ पुरस्कार पायो ।
अल हिलाललाई नेयमारको बाइ बाइ
ब्राजिलियन स्टार फुटबलर नेयमारले साउदी प्रो क्लब अल हिलाल छाड्ने हुनुभएको छ ।
राष्ट्रिय बुद्धिचाल : रुपेश र सिन्दिराको अग्रता कायम
रौतहटका रुपेश जैसवाल र सिन्दिरा जोशीले हेटौँडामा जारी २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अग्रता कायम राख्नुभएको छ ।
अनिल अप्टिमसको ब्रान्ड एम्बेसडर
नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान अनिलकुमार शाह अप्टिमसको ब्रान्ड एम्बेसडर नियुक्त हुनुभएको छ ।
टाइगर कप भलिबल : गण्डकीसँग एपिएफ स्तब्ध
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ मङ्गलबार भएको खेलमा गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल एपिएफलाई हराएको छ ।
खेल क्षेत्रको विकास प्रदेशकै प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
तुलसीपुर–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल क्षेत्रको विकास प्रदेशकै प्राथमिकतामा रहेको बताउनुभएको छ । तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
मच्छिन्द्रलाई हराउँदै सङ्कटा फाइनलमा
दशरथ रङ्गशालामा सोमबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा मच्छिन्द्र क्लबलाई सडनडेथमा ८–७ गोलले हराउँदै सङ्कटाले फाइनलमा स्थान बनाएको हो ।
आर्मीलाई पेनाल्टीमा हराउँदै पुलिस फाइनलमा
सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो क्वालिफायर खेलमा पुलिसले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २–१ गोलले हरायो ।