काठमाडौँ, माघ १५ गते । ब्राजिलियन स्टार फुटबलर नेयमारले साउदी प्रो क्लब अल हिलाल छाड्ने हुनुभएको छ ।
दुई वर्षअघि फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ९० मिलियन युरोमा साउदी अरेबिया पुग्नुभएका ३२ वर्षीय नेयमारले क्लबसँगको आपसी समझदारीमा सम्झौता रद्द गरिएको जनाइएको छ ।
नेयमार र क्लबबिच सोमबार राति सम्झौता रद्द गरिएको क्लबले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । अल हिलालसँग नेयमारको सम्झौता सन् २०२५ को मध्यसम्मका लागि थियो । ब्राजिलका लागि सर्वाधिक ७९ गोल गर्नुभएका नेयमारले अबको यात्रा बाल्यकालको क्लब सान्तोष फर्कने योजना बनाउनुभएको छ ।
सन् २०१३ मा सान्तोषबाट स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुनुभएका नेयमार सन् २०१७ मा सर्वाधिक महङ्गो मुल्य दुई सय २२ मिलियन युरोपमा पिएसजी पुग्नुभएको थियो । पछिल्लो समय घुँडाको चोटका कारण उहाँ मैदानमा जम्न सक्नुभएको छैन । एजेन्सी