• २० माघ २०८१, आइतबार

साफ महिला उपविजेता टोली सम्मानित

blog

महिला टोली । फाइल तस्बिर

काठमाडौँ, माघ १४ गते । गोर्खा समाज बेल्जियमले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

समाजले नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा प्रशिक्षकसँगको समन्वयमा टोलीलाई सोमबार दुई लाख २२ हजार तीन २२ रुपियाँसहित सम्मान गरेको हो । 

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको नेपाली महिला टोली घरेलु मैदानमा भएको साफको फाइनलमा बङ्गलादेशसँग २–१ गोलले पराजित भएको थियो ।