• २२ माघ २०८१, मङ्गलबार

थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याउँदै नेपाल

blog

तस्बिर क्यान

काठमाडौँ, माघ २२ गते । त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्यान्डले नेपाल सामू जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय छ रन बनाएको हो ।

थाइल्यान्डका लागि चनिदा सुथिराङले अविजित २७ र थिपाथ्चा पूथावोङले अविजित २५ बनाउनुभयो। साथै नानपत कोन्चारोन्काइले १९ रनको योगदान दिनुभयो । 

नेपालका लागि मनीषा उपाध्यायले तीन विकेट लिनुभयो भने पूजा महतो र रचना चौधरीले समान एक÷एक विकेट हात पार्नुभयो । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ । १३ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा नेपालले ५६ रन बनाएको छ ।