काठमाडौँ, माघ २२ गते । काठमाडौँको चुनिखेलमा सुविधासम्पन्न किक्रेट एकेडेमी सञ्चालनमा आएको छ । एकेडेमीको मङ्गलबार नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गर्नुभयो ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा रहेको एकेडेमी उद्घाटन अवसरमा क्यानका अन्य पदाधिकारी, राष्टिय किक्रेट खेलाडीलगायतको उपस्थिति थियो ।
उद्घाटन अवसरमा क्यानका अध्यक्ष चन्दले नेपालको क्रिकेट विकासमा क्रिकेट एकेडेमीले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले क्रिकेटको विकासका लागि निजी क्षेत्रको अग्रसरतालाई क्यानले सकारात्मक रुपमा लिएले सरकारले अझै ध्यान दिनुपर्ने बताउनुभयो ।
एकेडेमीले क्रिकेटको अभ्यासका लागि सुविधासम्पन्न आउटडोर र इनडोर खेल मैदानको व्यवस्था गरेको छ । एकेडेमीको मुख्य प्रशिक्षकका रुपमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत तमटा रहनुभएको छ । एकेडेमीमा राष्ट्रिय खेलाडीले समेत अभ्यास गर्न सक्ने गरी पूर्वाधार बनाइएको छ ।