पदक विजेता खेलाडी स्वदेश फिर्ता
सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्कनुभएको छ ।
याक र हिउँचितुवा संरक्षणका लागि फुटबल
मनाङमा याक र हिउँचितुवाको संरक्षणका लागि हाइअल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल भएको छ । यही असोज ३ देखि ७ गतेसम्म समुद्री सतहबाट दुई हजार ६ सय मिटर उचाइमा रहेको तिमाङमा पहिलो खेल भएको थियो भने तीन हजार पाँच सय मिटर उचाइमा रहेको मुङ्जीमा अवस्थित मैदानमा दोस्रो मैत्रीपूर्ण खेल प्रदर्शन भएको जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक डा. पारसविक्रम सिंहले जानकारी दिनुभयो ।
यु–२० एसियन कप छनोट : दोस्रो खेलमा नेपाल विजयी
नेपाल एफसी यु–२० एसियन कप छनोटको दोस्रो खेलमा विजयी भएको छ ।
सुदूरपश्चिमको पोस्टमा एपिएफको १९ गोल
विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ ।
सङ्कटा सेमिफाइनलमा
काठमाडौँको सङ्कटा क्लब मोरङको पथरीशनिश्चरेमा जारी पथरी शनिश्चरे गोल्डकप–२०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
एनपीएलका लागि राखेपमा हेल्प डेक्स स्थापना
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हुने बताउनुभएको छ ।
बार्सिलोना छैटौँ खेलसम्म अपराजित
स्पेनिस पावर हाउस बार्सिलोनाले ला लिगामा अपराजित यात्रा जारी राखेको छ ।
अन्तिम समयमा हारबाट जोगियो सिटी
इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा आसिन म्यानचेस्टर सिटी हारबाट जोगिएको छ ।
साफ यु–१७ फुटबल : श्रीलङ्कामाथि नेपालको सहज जित
भुटानको चाङलिमिथाङ स्टेडियममा सोमबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलले हरायो ।
पदक विजेता पुलिसको स्वागत
माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबका खेलाडीको स्वागत गरिएको छ ।
फुटसल प्रतियोगिताको उपाधि रोयल क्लबलाई
स्याङ्जाको वालिङमा भएको जिल्ला स्तरीय फुटसल प्रतियोगिताको उपाधि रोयल क्लबले जितेको छ । यस्तै वीड गाईज समूह दोस्रो भएको छ ।
आइसिसी विश्वकप क्रिकेट: नेपाल क्यानडासँग पाँच विकेटले पराजित
क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो ।
नेपाल पुलिस च्याम्पियन
नेपाल पुलिस क्लबले माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।
कर्णालीमाथि बागमतीको कठिन जित
बागमती युथ क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि कठिन जित निकालेको छ ।
एसिएन कराते च्याम्पियनसिपमा एरिकालाई रजत
नेपालकी कराते स्टार एरिका गुरुङले चीनको हाङझावमा जारी २०औँ एसियाली सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ ।
नेपाल आज क्यानडासँग खेल्दै
आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले आइतबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ ।
गोल्डकप ट्रफी सार्वजनिक
बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा प्रदान गरपने अढाई किलो चाँदीमा दुई तोला सुन जडित गोल्डकप ट्रफी सार्वजनिक गरिएको छ ।
रेडपान्डा ट्रेल म्याराथनका विजेता महिला धावकलाई सम्मान
नेपाल शेर्पा सङ्घ ताप्लेजुङले अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगिताका विजयी महिला धावकलाई सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपालका विवेक दोस्रो
नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो हु्नुभएको छ ।
पुलिसको अपराजित यात्रा जारी
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
खेलाडीले खेल्न पाएनन् नेपालगन्ज रङ्गशालामा
राज्यले अर्बौ लगानी गरेर निर्माण गरेको खेलकुदका भौतिक पुर्वाधार व्यवस्थापन कमजोर हुँदा खेलाडीले प्रशिक्षण समेत गर्न पाएका छैनन् । नेपालगन्ज रङ्गशाला यहाँका खेलाडीहरुको लागि प्रमुख प्रशिक्षण केन्द्र हो ।
राष्ट्रिय भेट्रान बुद्धिचाल सुरु
नेपाल बुद्धिचाल महासङ्घ र धादिङ जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा शनिबारदेखि छैटौँ राष्ट्रिय भेट्रान बुद्धिचाल च्याम्पियनसिप धादिङको महादेवबेसीमा सुरु भएको छ।
मधेश प्रदेशमा पनि बन्यो गल्फ मैदान
मधेश प्रदेशमा गल्फ मैदान ९कोर्स० तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो । बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले शनिबार आयोजित एक कार्यक्रममा उद्घाटन गर्नुभयो ।