गुल्मीमा तेक्वान्दो प्रतियोगिता
गुल्मीमा शनिबार दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ। जिल्ला आईटिएफ तेक्वान्दो सङ्घ गुल्मीको आयोजनामा दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिताको आयोजना हुन लागेको हो।
सन्दीप लामिछाने थुनामुक्त
राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त हुनुभएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले सन्दीप थुनामुक्त भएको जानकारी दिनुभयो ।
‘सन्दीपले फेरि राष्ट्रिय टोलीको कप्तानी पाउनेछन्’
अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट सङ्घ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताउनुभएको छ ।
सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । यसअघि पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।
हेल्प नेपाल समूह विजेता
हेल्प नेपाल सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ समूह ‘डी’ को विजेता बनेको छ ।
गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ क्रसकन्ट्री दौड माघमा
सातौँ झिल्टुङ क्रसकन्ट्री दौड माघ १४ गते नुवाकोट र गोल्डेन एथलेटिक्स मिट माघ २० र २१ गते काठमाडौंको दशरथ रङ्गशालामा हुने भएको छ ।
रियल म्याड्रिड सुपर कपको फाइनलमा
स्पेनिस पावर हाउस रियल म्याड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबको रियादमा बुधबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
नेपाल ओलम्पिक छनोटको समूह ‘सी’ मा
सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत नेपालको महिला फुटबल एसिया छनोटको समूह ‘सी’ मा परेको छ ।
विश्वकप पछि मेस्सीको गोल
कतार विश्वकप पछि लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि गोल गर्नुभएको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोलले हरायो ।