• ३१ चैत २०८१, आइतबार

झापा एफसीको चौथो बराबरी

blog

झापाका खेलाडी ।

काठमाडौँ, चैत ३० गते । नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीले लगातार चौथो बराबरी खेलेको छ ।

दशरथ रङ्गशालामा शनिबार भएको खेलमा झापा पोखरा थन्डर्ससँग १–१ गोलको बराबरीमा रोकियो । प्रतिस्पर्धात्मक खेलमा पोखराले सुरुवाती अग्रता लिएको थियो । पोखराका लागि स्टेफन समीर बिनोङले ५२औँ मिनेटमा गोल गर्नुभयो ।

झापाका लागि अर्सिक लाजारले ६५औँ मिनेटमा बराबरी गोल फर्काउनुभएको थियो । पोखराको दोस्रो बराबरी हो । बराबरीसँगै पोखराले पाँच खेलबाट पाँच नै अङ्क बनाएको छ । झापाको चार अङ्क छ ।