• ३१ चैत २०८१, आइतबार

नेपाल टी–२० सिरिजको फाइनलमा

blog

नेपालका खेलाडी । फाइल तस्बिर

काठमाडौँ, चैत ३० गते । नेपाल हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

मिसन रोड क्रिकेट मैदानमा शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । 

हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुन: सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् । यससँगै नेपालले तीनबाट पाँच अङ्क बनायो । समान खेलबाट तीन अङ्क बनाएको  हङकङ तेस्रो स्थानमा रह्यो ।

फाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । चार अङ्क बनाएको कुवेत तेस्रो भएको हो । नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो ।