मिस्टर महानगर बडिबिल्डङ असारमा
काठमाडौँ महानगरपालिका वडानं. २२ को आयोजनामा असार ६ र ७ गते मिस्टर महानगर बडिबिल्डङ च्याम्पियनसिप हुने भएको छ ।
नेपालगन्जमा प्रदेशसभा सदस्य कप क्रिकेट प्रतियोगिता सुरु
भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा प्रथम प्रदेशसभा सदस्य कप क्रिकेट प्रतियोगिता नेपालगन्जको विशाल चोक खेल मैदानमा सुरु भएको छ ।
एम्स बैठकसँगै नेपाल हेरिटेज रनको तयारी
विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक नेपालमा आयोजना हुनलागेको सन्दर्भ पारेर हेरिटेज रन सुरु गर्न लागिएको हो ।
अन्नपूर्ण फेदीमा म्याराथन हुने
अन्नपूर्ण प्रथम हिमाल आरोहणको हीरक वर्ष पूरा भएको अवसरमा यो क्षेत्रमा विभिन्न कार्यक्रम हुने भएको छ ।
आइपिएलको रोकिएका खेल आजदेखि
भारत र पाकिस्तानबिचको बढ्दो सीमा तनावका कारण रोकिएको भारतीय प्रिमियर लिग (आइपिएल) का खेलहरू शनिबार (आज)देखि पुन: सञ्चालन हुने भएको छ ।
महिला टी–२० विश्वकप छनोट : नेपाल सुपर तीनमा
हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर तीनमा प्रवेश गरेको छ ।
नेपाल सेमिफाइनलमा बङ्गलादेशसँग स्तब्ध
भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रङ्गशालामा शुक्रबार भएको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले स्तब्ध बन्यो ।
काठमाडौँद्वारा उपाधि रक्षा
गोदावरीस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रङ्गशालामा भएको फाइनलमा काठमाडौँ महानगरपालिकाले आयोजक गोदावरी नगरपालिकालाई सडनडेथमा ८–७ गोलले हरायो ।
जेठ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने
बिभिन्न विधामा झण्डै एकसय विद्यार्थी छनोट गर्नेगरी बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङले जेठ ४ र ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
चर्च ब्वाइज क्लब सेमिफाइनलमा
चर्च ब्वाइज क्लब काठमाडौँ धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आयोजक टोली गोदावरी मेयर कपको फाइनलमा
आयोजक गोदावरी नगरपालिका उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बागमती प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट हुने
बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जेठ ४ गते हेटौँडामा बागमती प्रदेश स्पोर्ट्स अवार्ड हुने भएको छ ।
नयाँबस्ती ‘सी’ डिभिजनमा घटुवा
नयाँबस्ती युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट ‘सी’ डिभिजनमा घटुवा भएको छ ।
महिला टी–२० विश्वकप छनोट : बहराइनमाथि नेपालको जित
थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले बहराइनलाई डकबर्थ लुइस (डिएलएस) का आधारमा ६ विकेटले हरायो ।
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
मोरक्कोको राजधानी राबतमा मङ्गलबार सम्पन्न एआइपीएस स्पोर्ट्स मिडिया अवार्ड–२०२४ को ‘वेस्ट इन्भेस्टिगेन’ विधामा नेपालका पत्रकारद्वय बीपी अनमोल र दीप सुवेदीले तयार पारेको लेखले ‘स्पेशल मेन्सन’ प्राप्त गरेको छ ।
ब्वाइज युनियनलाई सफलता
एन्फा मैदान सातदोवाटोमा बुधबार भएको खेलमा ब्वाइजले श्री कुमारीलाई ५–३ गोलले हरायो ।
उपाधि भया एफसी पोखराको पोल्टामा
भया एफसी पोखराले अर्जुनचौपारी गाउँपालिका–१ खेलमैदानमा आयोजित प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि जितेको छ ।
मिसन–२०२६ : खेलाडीलाई ‘एक्सक्युज’ छैन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन एसियाड–२०२६ को बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आगामी एसियाडमा दोहोरो अङ्कमा स्वर्ण पदक जित्ने लक्ष्यमा साथ दृढ भएर लाग्न अनुरोध गर्नुभएको छ ।
साफ यु–१९ फुटबल : भारतसँग नेपालको फराकिलो हार
भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रङ्गशालामा मङ्गलबार राति भएको खेलमा नेपाल घरेलु टोली भारतसँग ४–० गोलले पराजित भयो ।
सन्दीप लामिछानेले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँगको सम्झौतालाई निरन्तरता नदिने घोषणा गर्नुभएको छ। आइसिसी विश्वकप लिग-२ का लागि नेपाली टोलीको बिदाइ लगत्तै उहाँले सामाजिक सञ्जालमार्फत् क्यानसँगको केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गर्नुभएको हो।
आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई बुधबार बिदाइ गरेको छ । नेपाली टोली आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्नेछ ।
कीर्तिपुर नगरपालिकालाई पराजित गर्दै काठमाडौँ महानगर फाइनलमा
कीर्तिपुर नगरपालिकालाई ३–० ले पराजित गर्दै काठमाडौँ महानगरपालिकाको फुटबल टीम ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को फाइनलमा प्रवेश गरेको छ ।
रारा गोल्डकपमा एलएक्स सिटी विजयी
एलएक्स सिटी धनकुटाको राजारानीमा जारी १२औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्लानिङ ब्वाइज ‘ए’ डिभिजनमा बढुवा
प्लानिङ ब्वाइज युनाइटेड क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।