• ५ वैशाख २०८२, शुक्रबार

केपी ओली कप क्रिकेट : गण्डकी र हिमालयनको दोस्रो जित

blog

बुधबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

माधवप्रसाद बराल

कास्की, चैत २७ गते । गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेटमा दोस्रो जित निकालेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हरायो । 

एक सय तीन रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा एक सय ६ रन जोड्लै लक्ष्य पूरा गरेको हो । गण्डकी हिरोजका लागि ओपनर साकिब हकले ५३ रनको अविजित अर्धशतकीय पारी खेल्नुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८.४ ओभरमा सवै विकेटको क्ष्ाितमा एक सय दुई रन बनाएको थियो । यसअघि गण्डकीले चितवनलाई चार विकेटले हराएको थियो । यो उसको दोस्रो जित हो । ग्रेट हिमालयन क्रिकेट दुई वटै खेल हारेको छ ।  

यस्तै समूह ‘बी’ तर्फ बुधबार भएको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले चितवनलाई ६ विकेटले पराजित गरेको छ । जितका लागि एक सय १९ रनको लक्ष्य पाएको हिमालयनले १२.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन क्रिकेट क्लबले १८.१ ओभरमा सवै विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । हिमालयनको यो दोस्रो जित हो । चितवनले दोस्रो हार खेपेको छ । समूह ‘बी’ मा गण्डकी हिरोज र हिमालयनले समान चार अङ्क बनाएको छ । सेमिफाइनल प्रवेशका लागि बिहीबार दुई टोली भिड्ने छन् । चितवन र ग्रेट हिमालयनको सम्भावना सकिएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले १० लाख र उपविजेताले पाँच लाखका रुपियाँ पुरस्कार पाउनेछन् । 

यस्तै म्यान अफ दी सिरिजलाई ३० हजार, बेष्ट बलर, बेष्ट ब्याटरलाई जनही १० हजार तथा म्यान अफ दी म्याचलाई पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।