• ३ वैशाख २०८२, बुधबार

१२८ वर्षपछि ओलम्पिकमा क्रिकेट

blog

काठमाडौँ, चैत २८ गते । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक गेम्समा क्रिकेट खेलले त्यति स्थान पाएको थिएन । तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले सन् २०२८ मा आयोजना हुने ओलम्पिक गेम्समा क्रिकेट खेललाई समावेश गर्ने भएको छ ।

ओलम्पिकमा क्रिकेट खेलले एक सय २८ वर्षपछि सहभागिताको मौका पाएको हो । यसअघि सन् १९०० को पेरिस ओलम्पिकमा क्रिकेट खेललाई पहिलो पटक सहभागिता गराइएको थियो ।

आइओसीले सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा टी–२० फरम्याटको क्रिकेट आयोजना गर्न लागेको हो । लस एन्जल्स ओलम्पिकमा क्रिकेटमा ६ टोलीको सहभागिता रहने आइओसीले जनाएको छ ।

टोलीको सहभागिता अन्तर्राष्ट्रिय टी–२० वरियताको आधारमा हुने छ । प्रत्येक टोलीका १५ खेलाडी समावेश हुने छन् । एजेन्सी