सुनसरीलाई वक्रकुण्ड गोल्डकपको उपाधि
वक्रकुण्ड गोल्डकपकोउपाधि सुनसरीले उचालेको छ । सोमबार भएको फाइनल खेलमा सुनसरीले इलामलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो ।
सहिद भीमनारायण गोल्डकप वैशाखमा
१६औं संस्करणको सहिद भीमनारायण गोल्डकप आगामी वैशाख २३ गतेदेखि हुने भएको छ ।
एसीसी प्रिमियर कपको तयारीमा नेपाल
ओमानमा चैत ३० बाट सुरु हुने एसीसी प्रिमियर कपको तयारीका लागि नेपालले गुजरातमा फ्रेन्डसिप कप खेलेको थियो । एसीसी प्रिमियर कपलाई नेपालले आइसिसी टी–२० विश्वकपको तयारीमा रुपमा समेत लिएको छ ।
एरिका अमेरिकामा नौ लाख नगदसहित सम्मानित
नेपालकी कराते स्टार एरिका गुरुङ अमेरिकामा नौ लाख रुपियाँभन्दा बढी नगद पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
इस्टविक नेपालको बलिङ सल्लाहकार प्रशिक्षक
नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षकमा वेस्ट इन्डिजका रोड्रिक ओ’ इस्टविक नियुक्त हुनुभएको छ ।
फ्रेन्डसिप कप : नेपाल च्याम्पियन
एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा आइतबार भएको फाइनल खेलमा नेपालले आयोजक गुजरात क्रिकेट सङ्घलाई १८ रनले हरायो ।
आयरल्यान्डद्वारा सिरिजमा ‘क्लिन स्विप’
आरउल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज ‘क्लिन स्विप’ गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई ६९ रनले हरायो ।
फ्रेन्डसिप कप : नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य
एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले जितका लागि घरेलु टोली गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ ।
फ्रेन्डसिप कप : नेपाल गुजरातविरुद्ध ब्याटिङ गर्दै
एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले घरेलु टोली गुजरातविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।