कीर्तिमानी क्रिकेटर ऐरीको बढुवा
चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा हुनुभएको छ ।
‘भलिबलको विकासमा सरकारको प्राथमिकता’
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताउनु भएको छ ।
गणेश एसियाड क्यानोइङको सेमिफाइनलमा
नेपालका गणेश गुरुङ चीनको हाङझाउमा जारी १९औँ एसियाडको क्यानोइङमा शुक्रबार सेमिफाइनल चरणमा प्रवेश गर्नुभएको छ ।
१९औं एसियाड : करातेमा खराब सुरूवात
बिहीबारदेखि सुरु भएको करातेको पहिलो दिन नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेकोमा तीनै जना प्रतियोगिताबाट बाहिरिएका छन् ।
म्याराथनमा राजन १४औँ र पुष्पा १६औँ स्थानमा
एसियाड अन्तर्गत एथलेटिक्सको म्याराथनमा नेपालका पुरुषमा राजन रोकाया र महिलामा पुष्प भण्डारीको प्रतिस्पर्धा सम्पन्न भएको छ ।
भारोत्तोलनमा विशालको दुर्लभ राष्ट्रिय कीर्तिमान
चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड)को भारोत्तोलन खेलमा नेपालका विशालसिंह विष्टले बिहीबार दुर्लभ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
‘एसियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेन’
चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्याह्न राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो ।
विश्वकप क्रिकेट आजदेखि
विश्वकप क्रिकेट खेल्न विश्वका उत्कृष्ट दस टिम र सो टिमका नामी क्रिकेटर भारतमा छन् । विश्वकप क्रिकेटलाई फुटबलपछि लोकप्रियताको आधारमा दोस्रो सबैभन्दा ठुलो प्रतियोगिता मानिन्छ । अझ क्रिकेटको अपार क्रेज भएको नेपालमा विश्वकप क्रिकेटको प्रतीक्षा फुटबलको विश्वकपसरह नै गरिन्छ । विश्वकप व्रिmकेटको यो १३ औँ संस्करण हो । सन् १९७५ मा पहिलो पटक विश्वकपको आयोजना भएको हो । वेस्ट इन्डिजले पहिलो संस्करण मात्र होइन सन् १९७९ मा दोस्रो विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि पनि जित्यो । सो समय वेस्ट इन्डिज अजय थियो । वेस्ट इन्डिजको धाकलाई चुनौती दिने कोही थिएनन् । यसपालि वेस्ट इन्डिज विश्वकपमा चयन पनि हुन सकेन ।
नेपाल महिला भलिबलमा भारतसँग पराजित
१९औँ एसियाली खेलकुद (एसियाड) महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपाल बुधबार भारतसँग ३–१ ले पराजित भएको छ ।
राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गर्ने सरकारको निर्णय
सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि खारेज गर्ने निर्णय गरेको छ ।
महिला भलिबल : नेपाल भारतसँग पराजित
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको हो ।
नेपाललाई कबड्डीमा पदक पक्का
१९औं एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ ।
१९औँ एसियाली खेलकुद : रसिला प्रिक्वाटर फाइनलमा
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन् ।
नेपालमा भोलिबाट ह्विलचियर क्रिकेट एसिया कप
दोस्रो टि २० ह्विलचियर क्रिकेट एसिया कप २०२३ नेपालमा बुधबार सुरु हुँदैछ । सन् २०१९ मा पहिलो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो ।
नेपाल महिला कबड्डीमा इरानसँग पराजित
१९औँ एसियाड अन्तगत महिला कबड्डीमा पदक जित्ने सम्भावना बलियो बनाएको नेपाल समूह चरणको दोस्रो खेलमा मङ्गलबार इरानसँग पराजित भएको छ ।
‘नेपालले भारतसँग राम्रो क्रिकेट संस्कृति देखायो’
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग सानदार प्रदर्शन गरेको छ ।
१९औँ एसियाड क्रिकेट : नेपाल क्वार्टरफाइनलमा भारतसँग २३ रनले पराजित
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा जितका लागि भारतले नेपाललाई दुई सय तीन (२०३) रनको लक्ष्य दिएको छ ।
नेपाल भारतविरद्ध पहिले फिल्डिङमा
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला
मुठ्ठीदानमार्फत ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला सम्पन्न भएको छ ।
१९औँ एसियाड : भारतसँग पहिलो टी-२० खेल्दै नेपाल
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो पटक भारतसँग टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । एसियाड अन्तर्गत क्वार्टरफाइनल खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
बङ्गलादेशलाई हराएसँगै महिला कबड्डीमा नेपालको पदक सम्भावना
महिला कबड्डीमा को समूह ‘बी’ मा सोमबार नेपालले बङ्गलादेशलाई ३७-२४ ले हराएसँगै पदक जित्ने आशा जगाएको हो । पहिलो हाफमा २१-१६ को अग्रता लिएको नेपालले दोस्रो हाफमा १६-८ को जित निकालेको थियो ।
गोरखामा यु – १३ अन्तर विद्यालय लिग फुटबल सुरु
गोरखा नगरपालिका –९ स्थित दल भञ्ज्याङमा यु – १३ अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता सुरु भएको छ । द ओसन क्लबको आयोजनमा शनिवार सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिनमा पाँच खेल सम्पन्न भएका छन् ।
अमेरिकामा सन्दीपालाई दुई स्वर्ण
नेपालकी सन्दीपा अम्गाईले २३ औँ ग्लोबल ओपन कुकिवन कपमा दोहोरो स्वर्ण पदक जित्नुभएको छ ।