पारा बास्केटबलमा लुम्बिनी प्रथम
धनगढीमा सम्पन्न अन्तर प्रदेश पारा बास्केटबलमा लुम्बिनी प्रदेशको टिम प्रथम भएको छ । अपाड्ढता भएका व्यक्तिले खेल्ने उक्त पारा बास्केटबल प्रतियोगितामा प्रथमसँगै लुम्बिनी टिमले गोल्ड मेटलसहित नगद २५ हजार रुपियाँ पाएको छ ।
एसिसी प्रिमियर कप क्रिकेट : नेपालले बहराइनलाई हरायो
मलेसियामा जारी उन्नाइस वर्षमुनि (यु–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।
जिल्लास्तरीय फुटबल असोज ३० बाट
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एकपछि अर्को खेलकुदको आयोजना गर्नेक्रम बढेको छ । केही महिनाअघि क्रिकेट र हालै प्रथम जिल्लास्तरीय कबड्डी प्रतियोगिता सम्पन्न गरेको भोक्राहा नरसिंह गाउँपालिकामा असोज ३० गतेबाट जिल्लास्तरीय फुटबल प्रतिमोतियाको तयारी पूरा भएको युवा क्लब नरसिंहले जनाएको छ ।
अध्यक्षकपको उपाधि दिर्घेश्वरमाविलाई
गोरखाको गण्डकी गाउँपालिकामा बुधबारदेखि सुरु भएको प्रथम गाउँपालिका अध्यक्षकप फुटबल प्रतियोगिता ‘२०८०’ को उपाधि दिर्घेश्वर माविले उचालेको छ ।
काठमाडौँ म्याराथनमा होमलाल च्याम्पियन
त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनमा पहिलो स्थान हात पार्नुभएको छ । उहाँले निर्धारीत दूरी दुई घन्टा ३० मिनेट २५ सकेन्डमा पूरा गर्नुभयो । होमलालले उपाधि जितेपछि एक लाख रुपियाँसहित इनड्राइभरले प्रायोजन गरेको इलेक्ट्रिक स्कुटर हासिल गर्नुभयो ।
खड्कालाई कोटेश्वर डोजाङको सम्मान
कोटेश्वर डोजाङले शनिबार नेपाली तेक्वान्दोमा योगदान पुराएको कदर स्वरुप अशोक खड्कालाई सम्मान गरेको छ ।
ओलम्पियन विजेता लामा सम्मानित
काठमाडौंको तारकेश्वर नगरपालिका वडा ४ मा रहेको गुह्येश्वरी तेक्वान्दो डोजाङ, सृजना ज्ञान सागर मावि, सिर्जना तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा ओलम्पियन विजेता विधान लामालाई सम्मानित गरिएको छ ।
साहसिक खेल साइकल प्लाङ्क ब्यालेन्स रौनक (फोटो फिचर)
कपिलवस्तुको बाणगंगामा सञ्चालन भएको दोस्रो साइकल पलाङ्क ब्यालेन्स प्रतियोगिताको उपाधि रुपन्देहीका ११ वर्षीय बालकले जितेका छन् । बुटवल उपमहानगरपालिकाका एभरेष्ट बोडिङ्ग स्कुलका कक्षा ६ मा अध्ययनरत मनिक श्रेष्ठले उपाधि जित्नुभएको हो ।
प्रिया र देवराजलाई प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसको उपाधि
प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसको २१ किलोमिटर दौडमा महिलातर्फ खोटाङका प्रिया राई र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबको देवराज बस्नेत प्रथम हुनुभएको छ ।
गुल्मीदरबारमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
सम्झनलायक होङजाउ एसियाड
उत्कृष्ट व्यापारिक केन्द्र घोषित चीनको होङजाउले एसियाली खेलकुदलाई प्रतिष्ठाको विषय बनाएको थियो । कोरोना महामारीले एक वर्ष ढिला सुरु भएपछि होङजाउले तयारीका लागि थप एक वर्ष समय पनि पायो । त्यसैले होङजाउ एसियाडमा रौनकताको कुनै कमी भएन । होङजाउ एसियाडलाई एक सफल आयोजना मानिएको छ । नेपालको सन्दर्भमा पनि होङजाउ सहभागिता सम्झनलायक बन्यो । हुन त कराँते खेलाडी एरिका गुरुङको रजत पदक र नेपाली महिला कबड्डीले दिलाएको कांस्य पदक मात्र होङजाउ एसियाडमा नेपालका लागि सफलताका रूपमा रह्यो । यसबाहेक नेपाली क्रिकेट टिमले
काभा च्याम्पियनसीप भलिबल-नेपाल साउदी अरेबियासँग पराजित
श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा नेपाल साउदी अरेबियासँग पराजित भएको छ ।कोलम्बोस्थित सुगाथादास इन्डोर रङ्गशालामा आज पाँच सेट चलेको खेलमा नेपाल साउदी अरेबियासँग ३-२ को सेटमा पराजित भएको हो । खेलको पहिलो सेट २२-२५ ले गुमाएको नेपालले दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
प्रिन्स क्वाटरफाइनलमा पराजित
योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वाटरफाइनलमा शुक्रबार नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल न्यूजिल्यान्डका एडवार्ड लाउसँग १३– २१, ११–२१ ले पराजित हुनुभएको छ ।
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलकुद लगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति रहेको बताउनुभएको छ ।
पोखराको प्याराग्लाइडिङ तोरीपानीबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ ।
वाइवाइ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप असोज २९ बाट
‘हाम्रो गोल दुर्व्सनविरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप असोज २९ बाट सुरु हुने भएको छ ।
रुसी ओलम्पिक समिति निलम्बन
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले रुसी ओलम्पिक समिति (आरओसी) लाई निलम्बन गरेको छ । बिहीबार मुम्बईमा बसेको आईओसीको कार्यसमितिको बैठकले आरओसीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
अल नेपाल अन्तर वडा टेबल टेनिस हुने
स्पिन इभेन्ट्सको आयोजनामा अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुनेभएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घको वार्षिक कार्यक्रममा रहेको यस प्रतियोगिता कात्तिक १ देखि ४ गतेसम्म सातदोबाटोस्थित कराते हलमा हुनेछ ।
अध्यक्षकप फुटबल प्रतियोगिता सुरु
गोरखाको गण्डकी गाउँपालिकामा बुधबारदेखि प्रथम गाउँपालिका अध्यक्षकप फुटबल प्रतियोगिता ‘२०८०’ सुरु भएको छ ।
नेपालले इरानलाई जितका लागि ३५४ रनको लक्ष्य दियो
उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ ।
खेल क्षेत्रको प्रवर्द्धनका लागि कुनै कसर बाँकी राख्दिनःँ प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको प्रबर्धनका लागि आफू सरकार प्रमुखको हैसियतले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
काभा भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई हरायो
काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले बुधबार अफगानिस्तानको विजय यात्रामा पूर्णविराम लगाएको छ ।
गौरीडाँडामा फुटबल प्रतियोगिताको तयारी
बर्दिबासको वडा ३ गौरीडाँडामा दोस्रो वडा कप फुटबल प्रतियोगिता हुनेभएको छ । प्रतियोगितामा नगर क्षेत्रका १४ वडामध्ये १३ वडाबाट १४ टिमले भाग लिनेछन् ।
लाओससँग खेल्ने नेपाली फुटबल टिम घोषणा
फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत लाओसविरुद्ध हुने खेलका लागि बुधबार नेपाली टोलीको घोषणा गरिएको छ ।