• १० मंसिर २०८१, सोमबार

आयोजक डाँगीहाट फुटबल क्लव विजयी

blog

भोजपुरका खेलाडी बल अघि बढाउँदै । तस्विर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला

उर्लाबारी, असोज २८ गते । उद्घाटन खेलमा भोजपुर जिल्ला फुटबल सङ्घलाई १–० ले हराउँदै आयोजक डाँगीहाट फुटबल क्लब छैटौं बेलबारी गोल्डकप २०८० को सेमिफाइनलमा प्रवेश गरेको छ । 

मोरङको बेलबारी –११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको उद्घाटन खेलमा ६८ औं मिनेटमा आयोजक टिमका निशान लिम्बूले गोल गर्नुभयो । कर्नर प्रहार गरेको बललाई अशिम राईको पासमा लिम्बूले गोल गर्नुभएको हो । 

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पाहुना टोली भोजपुरले गोल गर्ने राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेन । अन्तत निशान लिम्बूको गोल नै उद्घाटन खेलको निर्णायक गोल बन्यो । आजको खेलमा निर्णायक गोल गर्ने आयोजक टिमका निशान लिम्बू म्यान अफ द म्याच घोषित हुनुभयो । 

यसअघि एक समारोहबीच बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले फुटबल खेलको उद्घाटन गर्नुभएको थियो । सोमवार सिराहाको सहलेस युथ क्लब र युकेएफि दार्जिलिङबीच खेल हुनेछ । प्रतियोगितामा राष्ट्रिय लिग विजेता चर्च ब्वाइज काठमाडौंसहित ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।