• २२ असार २०८१, शनिबार

गुल्मीदरबारमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

blog

रमेश विश्वकर्मा
गुल्मी, असोज २७ गते । 
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अध्यक्ष कप खेलकुद प्रतियोगिताअन्तर्गत वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार आगामी कात्तिक १२ र १३ गते गाउँपालिकाको वडा नम्बर–३ मा रहेको राजारुन्खा माध्यमिक विद्यालयमा प्रतियोगिता हुनेभएको छ । पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार रुपियाँ, द्वितीयलाई १० हजार रुपियाँ, तृतीय हुनेलाई ८ हजार रुपियाँ र सहभागी सबैलाई ५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा यस गाउँपालिकाभित्र रहेका सातवटै वडाबाट खेलाडी सहभागी हुनेछन् । अध्यक्ष कप भलिबल प्रतियोगिताबाट छनोट हुने खेलाडीलाई जिल्ला भलिबल सङ्घको आयोजनामा हुन लागेको प्रथम पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता पठाइने भएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो ।