• १५ असार २०८१, शनिबार

काभा च्याम्पियनसीप भलिबल-नेपाल साउदी अरेबियासँग पराजित

blog

फाइल तस्बिर

काठमाडौँ, असोज २६ गते । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा नेपाल साउदी अरेबियासँग पराजित भएको छ ।कोलम्बोस्थित सुगाथादास इन्डोर रङ्गशालामा आज पाँच सेट चलेको खेलमा नेपाल साउदी अरेबियासँग ३-२ को सेटमा पराजित भएको हो । खेलको पहिलो सेट २२-२५ ले गुमाएको नेपालले दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्यो । 

त्यस्तै खेलको तेस्रो सेट २३-२५ ले गुमाएको नेपाललले चौथो सेट २७-२५ ले जित्यो । त्यसपछिको निर्णायक पाँचौँ सेट नेपालले १६-१४ ले गुमाएपछि नेपाल साउदी अरेबियासँग ३-२ को सेटमा पराजित हुन पुग्यो । प्रतियोतिामा यससँगै चार खेल खेलेको नेपालको यो दोस्रो हार हो । नेपाल श्रीलङ्कासँग ३-० को सोझो सेटमा पराजित भएको थियो । त्यस्तै नेपालले यसअघि बङ्गालादेशलाई ३-१ र अफगानिस्तानलाई ३-२ को सेटमा पराजित भएको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा भोलि उज्वेकिस्तान खेल्ने छ । रासस