नेपालले एक सय ९२ रनको लक्ष्य पायो
युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ ।
नेपाल र यूएईको दोस्रो खेल आज
नेपाल र पाहुना टोली संयुक्त अरव इमिरेट्स (यूएई) बीचको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेल आज (बुधबार) हुँदैछ । त्रिवी मैदान कीर्तिपुरमा हुने खेलमा नेपाल जित निकाल्दै सिरिजमा फर्कने तयारीका छ ।
कतार विश्वकपमा ८३१ खेलाडी
कतामरा मंसिर ४ गतेदेखि सुरु हुने विश्वकप फुटबलमा कूल ८३१ खेलाडीको सहभागिता रहने भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपमा सहभागी देशले मंगलबारसम्म अन्तिम खेलाडीको नाम दर्ता गराईसक्नु पर्ने प्रावधान राखेको थियो ।
फिफा विश्वकपको दुई सय ९० वटा टिकट बेच्दै एन्फा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्व फुटबल महासङ्घ (फिफा) बाट नेपाललाई प्राप्त कतार विश्वकपको दुई सय ९० वटा टिकट बिक्री गर्ने निर्णय गरेको छ ।
दुवै टोलीको जित्ने दाबी
दशरथ रङ्गशालामा बुधबार साँझ नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल हुँदैछ । साँझ ५:३० बजे सुरु हुने खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् ।
महिला फुटबलकी अग्रज रमा
नेपाली महिला फुटबल टिमले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्न सकेको छैन। पाँच पटकसम्म फाइनलमा पुगे पनि नेपालले चार पटक भारतसँग र एक पटक बङ्गलादेशसँग पराजय बेहोरेको छ। एक पटक सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। यसपालि घरेलु मैदानमा भएको छैटौँ संस्करणमा नेपाललाई उपाधि जित्ने सुनौलो अवसर थियो। किन कि नेपालले पहिलो पटक भारतलाई सेमिफाइनलमा पराजित गरेर कीर्तिमान रच्यो। त्योसँगै उपाधि जित्ने सम्भावना बढेको थियो तर फाइनलमा नेपाल बङ्गलादेशद्वारा ३–१ गोल अन्तरले पराजित हुन पुग्यो ।
नवौँ राष्ट्रिय खेलकुदमा ललितपुरका पदक विजेता खेलाडी सम्मानित
ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता जिल्लावासी खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
चनपा वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नं १५ लाई
चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७९’ को उपाधि चन्द्रागिरी–१५ ले चुमेको छ । नगरपालिकाको सर्वाधिक राशिको तेस्रो संस्करणको सो प्रतिप्रतियोगितामा उसले वडा नं ९ लाई एकका विरुद्ध पाँच गोल गर्दै रु ८० हजारसहित ट्रफी र पदक चुुमेको छ भने वडा ९ दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पारेको छ ।
सिद्धार्थ बैंकलाई फुटसल उपाधि
दोस्रो संस्करणको कामना सेवा फुटसल कपको उपाधि सिद्धार्थ बैङ्कले जितेको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शनिबार भएको फाइनलमा सिद्धार्थले प्रभु बैङ्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हरायो ।
वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रदीप र अभिलाषालाई उपाधि
दीप खड्का र अभिलाषा विष्टले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत एकलतर्फको उपाधि जित्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बन्नुभएको हो ।
पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई जितको लागि तीन सय पाँच रनको लक्ष्य दिएको छ ।
सहज जितसँगै इङ्ग्ल्यान्ड फाइनलमा
प्रारम्भिक ब्याट्सम्यानद्वय जस बट्लर र एलेक्स हेल्सले शानदार ब्याटिङ गरेपछि इङ्ग्ल्यान्डले बिहीबार भारतलाई एकपक्षीय खेलमा १० विकेटले हराएर विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। इङ्ग्ल्यान्डले आइतबार हुने उपाधि भिडन्तमा पाकिस्तानको सामना गर्नेछ। सो खेल खेल्दा इङ्ग्ल्यान्ड र पाकिस्तान दुवै दोस्रो पटक विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्ने दाउमा हुनेछन्। पाकिस्तानले सन् २००९ मा र इङ्ग्ल्यान्डले सन् २०१० मा विश्वकपको उपाधि हात पारेको थियो।
प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य
राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ ।
तण्डुकारको एकल अग्रता
पूर्वराष्ट्रिय च्याम्पियन क्यान्डिडेट मास्टर नवीन तण्डुकारले आइतबार समृद्धि फाइनान्स नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपमा एकल अग्रता बनाउनुभएको छ। पाँचौँ चरणको खेलमा अर्का पूर्वराष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जित हात पार्दै तण्डुकारले अग्रता बनाउनुभएको हो।
प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनी र आर्मी विजयी
प्रदेश १ माथि ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल सम्भावना जीवितै राखेको छ।
जिम्बावेलाई ७१ रनले पराजित गर्दै भारत सेमिफाइनलमा
अष्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकपमा जिम्बावेलाई ७१ रनले हराउँदै भारत सेमिफाइनल प्रवेश गरेको छ।
पाकिस्तान विश्वकपको सेमिफाइनलमा
पाकिस्तान अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ।
नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका १३ रनले पराजित
अष्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकप अन्तर्गत आइतबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेको छ।
साफ यू-१५ महिला फुटबल : नेपालको दोस्रो जित
नेपालले बङ्गलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा नेपालले घरेलु टोली बङ्गलादेशलाई १-० गोलले हरायो ।
प्रधानमन्त्री कप क्रिकेट : एपीएफ सेमिफाइनलमा
कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोलीएपीएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नवौँ राष्ट्रिय खेलकुद : प्रशंसाभन्दा आलोचना
राष्ट्रिय खेलकुदलाई घरेलु खेलकुदको ओलम्पिक भनिन्छ, जुन खेलकुद मेलामा देशभरका प्रायः सबै चर्चित खेलाडी एकै थलोमा भेला हुन्छन् । यस महिना राष्ट्रिय खेलकुदको नवौँ संस्करण सम्पन्न भयो । प्रत्येक दुई वर्षमा गरिने भनिएको राष्ट्रिय खेलकुदको दसौँ संस्करण अब दुई वर्षपछि कर्णाली प्रदेशमा हुने
घोडेपानीमा घोडा दौड प्रतियोगिता
म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा तेस्रो घोडा दौड प्रतियोगिता गरिएको छ । अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न बिहीबार घोडा दौड प्रतियोगिता आयोजना गरिएको हो ।
सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालका अनुसार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
प्रधानसेनापति ट्राइ एडभेन्चर मङ्सिरमा हुने
नेपाली सेनाको आयोजनामा पाँचौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ ।